२२ भदौ, विराटनगर ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिकाबाट प्रहरीले सट्टेबाज दाजुभाइलाई समातेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याल रहेका छन् ।
मोरङ प्रहरीका अनुसार उनीहरू एउटै घरका दाजुभाइ हुन् । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजीसम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएका उनीहरूलाई घरबाटै भदौ १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्युटरको सिपियू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गगरेको छ ।
दुवै जनालाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतको भनाइ छ ।