सरकारविरुद्ध बालेनको स्टाटसः आफै धामी, आफै झाक्री

२२ भदौ ८१, आइतबार

२३ भदौ , काठमण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि संघीय सरकार, सत्तारुढ दलहरु र तिनका नेताकार्यकर्ता माथि खनिएका छन् । कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको भन्दै उनले सामाजिक संजालमा आक्रोश पोखेका छन् । उनले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गरेका छन् ।

’खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै,’ बालेनले फेसबुकमा लेखेका छन्, ’अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’

Advertisement

बालेनले काठमाडौं महानगरपालिकालाई गाली गरेर न्याय पाउन नसक्ने पनि उल्लेख गरेका छन् । बरु यस्तो कानुन बनाउने नेतालाई नै प्रश्न गर्न उनले सुझाएका छन् । ’तपाईंहरू न्याय खोज्नुहुन्छ भने काठमाडौं महानगरलाई गाली गरेर तपाईंले न्याय पाउनुहुन्न । तपाईंकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर ।

निकास दे भनेर आफ्नै नेतालाई भन्नुहोला,’ उनले भनेका छन् । नयाँ मापदण्डअन्तर्गत गर्ने कुनै घर नभत्कने भएकाले निश्चिन्त रहन पनि बालेनले आग्रह गरेका छन् । भत्काउने नै भए सरकारले मुआब्जा दिनुपर्ने उनको भनाइ छ । ’५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन ।

Advertisement

तपाईंको लागि हामी छँदै छौँ,’ उनले भनेका छन्, ’केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोहीअनुसार फेरि सूचना जारी गरीहाल्नेछौँ । त्यतिन्जेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो ।’

यस्तो छ बालेनको स्टाटसः

आफै धामी, आफै झाक्री ।
१) कानुन बनाउने कसले हो ?
२) सरकारको नेतृत्व कसले गरेको हो ?
३) अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषदमा को छ ?

खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।

तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला । अन्त्यमा , तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन ।

तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो । पछिल्लो समय बालेन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामक देखिएका छन् ।

कहिले गिरीबन्धु टि स्टेटको जग्गा प्रकरण त कहिले एमाले प्रदेश सांसद रेखा शर्माले बालिका शोषण गरेको आरोप, न्यूरोडमा फुटपाथ विवाददेखि काठमाडौंको फोहोर व्यवस्थापन, सडक मर्मत तथा विस्तार लगायतका विषयहरुमा बालेनले ओलीमाथि सिधा निशाना साध्दै आएका छन् । आफ्ना अध्यक्षमाथि खनिदा बालेनमाथि पनि एमाले कार्यकर्ताले सामाजिक संजालमै खेदो खन्ने गरेका छन् ।

यस्तै केही विषयहरुमा उपमेयर सुनिता डंगोलले पनि बालेनको आलोचना र असन्तुष्टि जनाउँदै आएकी छिन् । पछिल्लो पटक फेसबुकले बालेनको स्टाटस हटाएर फेरि फर्काइदिएको संदर्भमा भने बालेनले सरकारलाई दोष दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र बालेनको फलोवर्स घट्ने र बढ्ने क्रमसमेत चलेको थियो। ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top