×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

स्वीडेनमा २ वर्ष मुनिका बालबालिकालाई मोबाइल हेर्न प्रतिबन्ध

२३ भाद्र २०८१

२३ भदौ ,एजेन्सी ।

प्रविधिको विकाससँग हात हातमा मोबाइल र इन्टरनेट पुगेपछि नेपालमा पनि पछिल्लो समय अधिकांश बालबालिकाहरुले लामो समय स्क्रिनमा बिताउने गरेका छन् । अभिभावहरुले समेत आफ्ना बालबालिकालाई भुल्याउन मोबाइल दिने गरेका छन् । यहाँसम्मकी बालबालिकाहरुलाई खाना खान र खुवाउँदा समेत मोबाइल अनिवार्य जत्तिकै बनेको छ ।

Advertisement
Advertisement

तर यसरी लामो समय स्क्रिनमा बस्दा बालबालिकाहरुलाई गम्भिर स्वास्थ्य समस्या निम्तिने देखिएको छ । यसरी स्क्रिनमा बस्दा नकारात्मक असर परेको भन्दै युरोपेली देश स्वीडेनले २ वर्षसम्मका बालबालिकालाई स्क्रिन टाइममा पूर्ण रुपमा प्रतिबन्ध लगाएको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं ।
स्वीडेन सरकारले धेरै अनुसन्धानहरूले स्क्रिनको अत्यधिक प्रयोगले बालबालिका र किशोरकिशोरीहरूमा निद्रासम्बन्धी विकार, चिन्ता, डिप्रेसन र अटिजम समेत निम्त्याइरहेको भन्दै प्रतिबन्धको निर्णय गरेको छ । यसले शारीरिक गतिविधि पनि लगातार घट्दै गएको भन्दै स्वीडेन सरकारले आफ्नो एडभाइजरीमा बालबालिकालाई टिभी र मोबाइल फोनलगायत कुनै पनि स्क्रिन प्रयोग गर्न नदिने बताएको छ ।

अमेरिका, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया र फ्रान्स जस्ता देशहरूले यसअघि नै बालबालिकाका लागि एडभाइजरी जारी गरिसकेका छन्। फ्रान्समा दुई वर्ष नभई तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिन देखाउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने चर्चा छ । यी युरोपेली देशहरु त जागिसकेका छन् ।

हाम्रो जस्तो देश कहिले जाग्ला ?योे कुरा हाम्रो देशका बालबालिकाका लागि समेत त्यतिनै महत्त्वपूर्ण छ भन्ने बारेमा नेपालका आँखा विशेषज्ञ र मनोचिकित्सकहरुले पनि जोड दिने गरेका छन् । चिकित्सकहरुले अभिभावहरुलाई कमभन्दा कम समय स्क्रिनमा राख्न सुझाव दिने गरेका छन् ।एडभाइजरी अनुसार कति घण्टा स्क्रिन हेर्नुपर्छ?

२ देखि ५ वर्ष बीचका बालबालिकाहरुः दिनमा अधिकतम एक घण्टा

६ देखि १२ वर्ष सम्मका बालबालिकाहरूः दिनमा अधिकतम २ घण्टा

किशोरहरूः दिनमा अधिकतम ३ घण्टा

चिकित्सकका अनुशार लामो समयसम्म स्क्रिन हेरिरहँदा आँखामा डिजिटल स्ट्रेन, सुख्खा आँखाको रोग, मायोपिया अर्थात् अदुर दृष्टि दोषको सम्भावना हुन्छ । चीन र कोरिया जस्ता देशहरूमा ५० प्रतिशत बालबालिका मायोपियाबाट पीडित छन्। अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) पनिे बढी स्क्रिन समयका कारण हुने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।

जापानमा २०२२ मा गरिएको एक अध्ययन अनुशार एक घण्टा भन्दा कम स्क्रिन टाइममा पनि तीन वर्षको उमेरमा पनि एएसडीको खतरा ३८ प्रतिशत बढेको थियो । जबकि दुई घण्टा भन्दा बढी स्क्रिन समय जोखिमको हिसाबमा तीन गुणा बढी थियो। यसको मतलब, जति धेरै स्क्रिन समय बिताउँछन् बालबालिकामा अटिजमको जोखिम त्यति नै बढी हुने गर्दछ ।

अत्यधिक स्क्रिन समयमा रहदा हुने हानी

– धेरै समयसम्म स्क्रिन हेर्दा दिमागमा असर पर्छ। मनमा नकारात्मक कुराहरू हावी हुन्छन्, जसले दिमागलाई असर गर्छ।

– स्क्रिनको लतले बालबालिकामा चिन्ता पैदा गरिरहेको छ। बालबालिकाको रिस बढ्दै गएको छ । यसको एउटा कारण राम्रोसँग सुत्न नसक्नु हो ।

– एकाग्रता घट्दै जान्छ। डिप्रेसनको सिकार भइरहेका छन् । चिडचिडाहट वा निराश महसुस हुन सक्छ ।

– स्क्रिनमा धेरै समय बिताउनुका कारण उनीहरु मिलनसार हुन् सक्दैनन् र तपाईले उनीहरुलाई केहि भन्नु भयो भने उनीहरु चिच्याउन थाल्छन् । अत्याधिक स्क्रिन समयले व्यक्तित्व विकासमा पनि बाधा पु¥याउँछ र अध्ययनमा पनि बाधा पु¥याउँछ ।
समाधान के हो ?

– बालबालिकालाई मोबाइल नदिनुहोस्, उनीहरुसँगै समय बिताउनुहोस् ।

– यदि तपाईंसँग समय छैन् भने कम भन्दा कम समय स्क्रिनमा बस्न दिने प्रयास गर्ने

– ठूलो स्क्रिन वा टिभी एक विकल्प हुन सक्ने

– मोबाइल दिँदा आफैं सुपरिवेक्षण गर्ने, के हेरिरहेका छन् छ र कति समय हेरिरहेका छन् ?

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top