×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

महिला फुटबलमा कोशीको उडान

२३ भाद्र २०८१

२३ भदौ, विराटनगर । 
ललितपुरमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले आफ्नो जितको लय कायमै राखेको छ । आइतबार भएको खेलमा कर्णाली प्रदेशमाथि सानदार जित निकाल्दै कोशीले लय जारी राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० ले हराएको हो । यसअघि लिगको उद्घाटन खेलमा कोशीले स्याङ्जाको वालिङ नगरपालिलाई ४–० गोलले हराउँदा समीक्षा मगरले दुई गोल गरेकी थिइन् भने सन्जुमाया तामाङले एक गोल गर्दा वालिङकी यमकुमार विकले एक गोल उपहार दिएकी थिइन् ।

Advertisement

दोस्रो खेलमा कोशीले बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको थियो । कोशीको जितमासमीक्षा मगरले एक गोल गर्दा एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । तेस्रो खेलमा कोशीलाई जिताउन पूर्णीमा राईको दुई गोल गर्दा समीक्षा मगर र प्रतीक्षा राईले दुई गोल थपिन् । पूर्णीमाको गोलमार्फत कोशीले पहिलो हाफ १–० को अग्रता लिएको थियो ।

तर, ६७औं मिनेटमा समीक्षाले गोल गर्दै अग्रता २–० मा पुर्‍याइन् । समीक्षाको जारी लिगमा यो चौथो गोल हो । त्यसको पाँच मिनेटपछि नै पूर्णीमाले व्यक्तिग दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । ७५औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीलाई सानदार जित दिलाइन् ।

यससँगै कोशी प्रदेशले लिगमा अपराजित यात्रालाई कायमै राखेको छ । शतप्रतिशत जित निकालेर शीर्ष स्थानमा रहेको कोशीले तीन खेलबाट नौ अंक पुर्‍याएको छ । यसभन्दा महिला लिगमा विराटनगर महानगरपालिकाको नामबाट खेल्ने गरेको कोशी प्रदेशले यो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

यसअघि कोशीले बाग्मती प्रदेशको चितवनमा सम्पन्न प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो । गत वैशाखमा भएको प्रतिस्पर्धाअन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई २–० गोलले हराउँदै कोशीले स्वर्ण जितेको थियो । त्यसबेला जेनिफर मगर र समीक्षा मगरले एक–एक गोल गरेका थिए ।

कोशीले जारी संस्करणको महिला लिग जितेमा खेलाडीहरूलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने प्रदेश सरकारले घोषणा गरिसकेको छ । खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त पुरस्कार राशि घोषणा गरेका थिए ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । जसमा कोशीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका,सुदूरपश्चिम र कर्णाली प्रदेश छन् ।

लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

भर्खरको समाचार

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top