×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?

२३ भाद्र २०८१

२३ भदौ ,विराटनगर ।

आन्तरिक र भूराजनीतिकरुपले संकटमा परेको भेनेजुएलामा यतिबेला त्यहाँका विपक्षी दलका नेताहरुको त्राहीमाम छ । विपक्षी नेताहरु कोही देश छाडिरहेका छन् भने कोही विदेशी नियोगहरुमा शरण लिइरहेका छन् । अर्कातिर त्यहाँस्थिति विदेशी दूतावास तथा नियोगहरु पनि सरकारी फौजको घेराबन्दीमा परेका छन् ।

Advertisement
Advertisement

यसबीच भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा ६ जना राजनीतिज्ञले शरण लिएका छन् । ती राजनीतिज्ञ भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोकाविरोधी हुन् । भेनेजुएलाका विपक्षी दलका नेताहरूले दूतावासको भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले आफूहरूलाई घेराबन्दीमा राखेको बताएका छन् । भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर शनिबार भेनेजुएला सरकारले अर्जेन्टिनी दूतावासमा ब्राजिलको रेखदेख व्यवस्था पनि खारेज गरेको छ । भेनेजुएलाको चुनावी नतिजालाई शंकास्पद मान्ने देशमध्ये अर्जेन्टिना पनि एक हो ।

भेनेजुएलाका विपक्षी दलहरूको दाबी छ– आफूहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर उनलाई मान्यता दिन अस्वीकार गरियो । यसैबीच गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले दाबी गरेको छ । गोन्जालेजले राष्ट्रपति निकोलस मादुरोले जुलाई २८ मा गराएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका थिए ।

विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए । उनलाई सुनुवाइका लागि अभियोजनकर्ता समक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनी अदालतसामु उपस्थित भएका थिएनन् । केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि आफूलाई राजनीतिक शरण दिन एडमन्डो गोन्जालेजले स्पेनी सरकारलाई आग्रह गरेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेकी थिइन् ।

सरकार उनलाई सुरक्षित रुपमा देश बाहिर जान दिन राजी भएको र उनी देश छाडेर गएको पनि उनको भनाइ थियो । गोन्जालेज भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको स्पेनका विदेशमन्त्री मानुएल अल्बेरेसले बताएका थिए ।भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गरेका थिए ।

स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले उरुटियाको आग्रहमा उनको सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरे । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताए । उरुटियाका वकिल जोस भिसेन्ते हारोले पनि उनी स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गरेका छन् । गत जुलाई २८ मा भएको निर्वाचनमा मादुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।

आयोगको घोषणा विपरीत उरुटियाले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए । संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मडुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन् । चुनावपछि उरुटिया राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दाबी गरेको र उनलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि भेनेजुएलाका अभियोजनकर्ताहरूले उरूटियाविरूद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेताको बचाउ गर्ने वकिल जोएल गार्सियाले उरुटियालाई सरकारले आरोप लगाएका सबै आरोप लगाइएको खण्डमा ३० वर्षको जेल सजाय हुन सक्ने बताएका छन् ।अधिकारीका अनुसार मादुरो ५२ प्रतिशत मतका साथ तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । विपक्षीले आफ्नै मतदान रेकर्ड सार्वजनिक गरेको छ, जसमा गोन्जालेज उरुटियाले ६७ प्रतिशत मत प्राप्त गरेको उल्लेख छ ।

भेनेजुएलाको निर्वाचन प्राधिकरणले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको आरोप लगाउँदै निर्वाचन परिणामको पूर्ण विवरण दिन नसक्ने बताएको छ । पर्यवेक्षकहरूले भने त्यस्तो कुनै पनि ह्याकिङको कुनै प्रमाण नभएको बताएका छन् । भेनेजुएलामा निर्वाचनपछि भएको हिंसामा २७ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । प्रशासनले करिब दुई हजार ४०० जनालाई पक्राउ गरेको जनाएको छ ।

चुनावअघि, उरुटिया कम चर्चामा रहेको सेवानिवृत्त कूटनीतिज्ञ थिए । मडुरोप्रति वफादार ठानिएका सरकारी संस्थाहरूले प्रमुख विपक्षी नेता माचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाएपछि उनी अन्तिम समयमा राष्ट्रपतिपदको उम्मेदवार बनेका थिए । भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मादुरोेलाई विजयी घोषित गरिएको थियो । प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मादुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आएका छन् ।

खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पीडित उनको कार्यकालमा कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् । केही दिनअघि मादुरोको जहाज अमेरिकाले कब्जामा लिएको थियो । अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डका अनुसार उक्त जहाज फर्जी कम्पनीमार्फत १३ मिलियन अमेरिकी डलरमा अवैध रूपमा खरिद गरिएको थियो ।

उक्त जहाजलाई गत वर्ष तस्करी गरी अमेरिकाबाट क्यारेबियन क्षेत्र हुँदै भेनेजुएला पु¥याइएको पनि उनको भनाइ छ । उक्त जहाज मदुरो र उनका सहयोगीले प्रयोग गर्दै आएका थिए । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै ’चोरी’ को संज्ञा दिएको छ । भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले ’विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठह¥याएको बताएका छन् । भेनेजुएलामा मादुरोको शासन, विपक्षीहरुको भागाभागको स्थिति, मादुरोको चुनावी परिणामलाई मान्यता नदिएको अमेरिकाले उनको जहाज कब्जा गरेको संदर्भमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top