NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?

आइतवार भदौ २३ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२३ भदौ ,विराटनगर ।

आन्तरिक र भूराजनीतिकरुपले संकटमा परेको भेनेजुएलामा यतिबेला त्यहाँका विपक्षी दलका नेताहरुको त्राहीमाम छ । विपक्षी नेताहरु कोही देश छाडिरहेका छन् भने कोही विदेशी नियोगहरुमा शरण लिइरहेका छन् । अर्कातिर त्यहाँस्थिति विदेशी दूतावास तथा नियोगहरु पनि सरकारी फौजको घेराबन्दीमा परेका छन् ।

यसबीच भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा ६ जना राजनीतिज्ञले शरण लिएका छन् । ती राजनीतिज्ञ भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोकाविरोधी हुन् । भेनेजुएलाका विपक्षी दलका नेताहरूले दूतावासको भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले आफूहरूलाई घेराबन्दीमा राखेको बताएका छन् । भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर शनिबार भेनेजुएला सरकारले अर्जेन्टिनी दूतावासमा ब्राजिलको रेखदेख व्यवस्था पनि खारेज गरेको छ । भेनेजुएलाको चुनावी नतिजालाई शंकास्पद मान्ने देशमध्ये अर्जेन्टिना पनि एक हो ।

भेनेजुएलाका विपक्षी दलहरूको दाबी छ– आफूहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर उनलाई मान्यता दिन अस्वीकार गरियो । यसैबीच गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले दाबी गरेको छ । गोन्जालेजले राष्ट्रपति निकोलस मादुरोले जुलाई २८ मा गराएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका थिए ।

विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए । उनलाई सुनुवाइका लागि अभियोजनकर्ता समक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनी अदालतसामु उपस्थित भएका थिएनन् । केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि आफूलाई राजनीतिक शरण दिन एडमन्डो गोन्जालेजले स्पेनी सरकारलाई आग्रह गरेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेकी थिइन् ।

सरकार उनलाई सुरक्षित रुपमा देश बाहिर जान दिन राजी भएको र उनी देश छाडेर गएको पनि उनको भनाइ थियो । गोन्जालेज भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको स्पेनका विदेशमन्त्री मानुएल अल्बेरेसले बताएका थिए ।भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गरेका थिए ।

स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले उरुटियाको आग्रहमा उनको सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरे । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताए । उरुटियाका वकिल जोस भिसेन्ते हारोले पनि उनी स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गरेका छन् । गत जुलाई २८ मा भएको निर्वाचनमा मादुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।

आयोगको घोषणा विपरीत उरुटियाले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए । संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मडुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन् । चुनावपछि उरुटिया राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दाबी गरेको र उनलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि भेनेजुएलाका अभियोजनकर्ताहरूले उरूटियाविरूद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेताको बचाउ गर्ने वकिल जोएल गार्सियाले उरुटियालाई सरकारले आरोप लगाएका सबै आरोप लगाइएको खण्डमा ३० वर्षको जेल सजाय हुन सक्ने बताएका छन् ।अधिकारीका अनुसार मादुरो ५२ प्रतिशत मतका साथ तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । विपक्षीले आफ्नै मतदान रेकर्ड सार्वजनिक गरेको छ, जसमा गोन्जालेज उरुटियाले ६७ प्रतिशत मत प्राप्त गरेको उल्लेख छ ।

भेनेजुएलाको निर्वाचन प्राधिकरणले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको आरोप लगाउँदै निर्वाचन परिणामको पूर्ण विवरण दिन नसक्ने बताएको छ । पर्यवेक्षकहरूले भने त्यस्तो कुनै पनि ह्याकिङको कुनै प्रमाण नभएको बताएका छन् । भेनेजुएलामा निर्वाचनपछि भएको हिंसामा २७ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । प्रशासनले करिब दुई हजार ४०० जनालाई पक्राउ गरेको जनाएको छ ।

चुनावअघि, उरुटिया कम चर्चामा रहेको सेवानिवृत्त कूटनीतिज्ञ थिए । मडुरोप्रति वफादार ठानिएका सरकारी संस्थाहरूले प्रमुख विपक्षी नेता माचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाएपछि उनी अन्तिम समयमा राष्ट्रपतिपदको उम्मेदवार बनेका थिए । भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मादुरोेलाई विजयी घोषित गरिएको थियो । प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मादुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आएका छन् ।

खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पीडित उनको कार्यकालमा कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् । केही दिनअघि मादुरोको जहाज अमेरिकाले कब्जामा लिएको थियो । अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डका अनुसार उक्त जहाज फर्जी कम्पनीमार्फत १३ मिलियन अमेरिकी डलरमा अवैध रूपमा खरिद गरिएको थियो ।

उक्त जहाजलाई गत वर्ष तस्करी गरी अमेरिकाबाट क्यारेबियन क्षेत्र हुँदै भेनेजुएला पु¥याइएको पनि उनको भनाइ छ । उक्त जहाज मदुरो र उनका सहयोगीले प्रयोग गर्दै आएका थिए । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै ’चोरी’ को संज्ञा दिएको छ । भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले ’विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठह¥याएको बताएका छन् । भेनेजुएलामा मादुरोको शासन, विपक्षीहरुको भागाभागको स्थिति, मादुरोको चुनावी परिणामलाई मान्यता नदिएको अमेरिकाले उनको जहाज कब्जा गरेको संदर्भमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#भेनेजुएलाका#विपक्षी दलको त्राहीमाम

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.