रविको दाबी : भ्रष्टाचार अनुसन्धानमा जुटेका प्रहरी सरुवाको विषय बिस्तारै खुल्दै जान्छ

२३ भदौ ८१, सोमबार

२४ भदौ, धनगढी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा जुटेका प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताएका छन् । रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार कैलालीको धनगढी आइपुगेका लामिछानेले यस्तो बताएका हुन् ।

यसैगरी सहकारी पीडितको न्यायको पक्षमा भन्दा पनि आफूलाई दोषी देखाउने काम भइरहेको लामिछानेको टिप्पणी छ । ‘संसदीय समितिले समस्या समाधानमा केन्द्रित हुनेमा विश्वास छ,’ उनले भने, ‘केहीलाई लागेको छ, सहकारी भनेकै रवि लामिछाने हो भनेर । लाखौँ सहकारी पीडितको न्यायमा भन्दा पनि बढी रवि लामिछानेलाई डाम्न पाए हुन्थ्यो । दोषी देखाउन पाए हुन्थ्यो भनेर केन्द्रीत भएर मिडिया ट्रायलसमेत गर्नेहरुले लाखौँ जनताको अपेक्षामा कुठाराघात गर्ने काम गरिरहेका छन् । त्यसलाई इतिहासले मूल्यांकन गर्ला । समिति लाखौं पीडितले बचत फिर्ता पाउनेमा केन्द्रीत हुने छ भन्ने मैले विश्वास लिएको छु ।’

Advertisement

यस्तै, उनले सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने विषयमा आफू संलग्न नरहेको दाबी गरे । सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याएको प्रमाणित गर्न उनले चुनौतीसमेत दिए ।  आफू गोर्खा मिडियामा भएको बेला सहकारीबाट गलत ढंगले पैसा ल्याउने विषयको विवरण प्रहरीको प्रतिवेदनले स्पष्ट पारेको समेत उनले उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top