२४, भदौ, काठमाडौं
प्रमुख सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई जनतालाई पिर मर्का पर्ने काम नगर्न सुझाव दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्नेक्रममा पन्तले जनतालाई पिर मर्का पर्ने काम नगर्न सुझाव दिँदै बालेनले राम्रो काम गरेमा भने एमालेको साथ रहेको बताएका छन् ।
गत वर्ष महानगरले संस्थागत विद्यालयहरूका नाम नेपालीमा राख्न दिएको निर्देशनलाई भने पन्तले प्रशंसा गरे । ‘जनताको हितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न । काठमाडौंका प्रमुखले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि ! उहाँले एउटा काम सुरू गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन । अंग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तीनिहरूको नाम नेपालीमा राख्नुपर्यो भनेर । त्यो कहाँ पुग्यो ? त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, हिजो सरकारको कानूनअनुसार गरेको निर्णय उल्ट्याउन लाग्दा जनताले कसरी सुरक्षित ठान्ने ?’