मेयर बालेनलाई एमाले नेता रघुजी पन्तको यस्तो सुझाव

२३ भदौ ८१, सोमबार

२४, भदौ, काठमाडौं

Advertisement

प्रमुख सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई जनतालाई पिर मर्का पर्ने काम नगर्न सुझाव दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्नेक्रममा पन्तले जनतालाई पिर मर्का पर्ने काम नगर्न सुझाव दिँदै बालेनले राम्रो काम गरेमा भने एमालेको साथ रहेको बताएका छन् ।

Advertisement

गत वर्ष महानगरले संस्थागत विद्यालयहरूका नाम नेपालीमा राख्न दिएको निर्देशनलाई भने पन्तले प्रशंसा गरे । ‘जनताको हितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न । काठमाडौंका प्रमुखले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि ! उहाँले एउटा काम सुरू गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन । अंग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तीनिहरूको नाम नेपालीमा राख्नुपर्‍यो भनेर । त्यो कहाँ पुग्यो ? त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, हिजो सरकारको कानूनअनुसार गरेको निर्णय उल्ट्याउन लाग्दा जनताले कसरी सुरक्षित ठान्ने ?’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top