×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

ओलीको शैली : काम जसले गरोस् जस आफू लिने

२४ भाद्र २०८१

२४ भदौ , काठमाण्डौ ।

प्रधानमन्त्री पदमा आसीन रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएयता सामाजिक संजालमा विगतको तुलनामा अझ बढी सक्रिय छन् ।

सामाजिक संजालबाटै हरेक दिनका महत्वपूर्ण निर्णय र जानकारीहरु उनले सार्वजनिक गर्दै आएका छन् । आफ्ना कामको प्रचार गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री अरुले नै निर्णय गरेको भएपनि त्यसलाई कार्यान्वयन गरेर स्वामित्व लिन पछि पर्दैनन् ।

पछिल्लो एउटा घटनाले यसको पुष्टि गर्छ । आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तस्बिर राखेर ओलीले सरकारी कार्यालयका कर्मचारीका लागि खाजाको समय कटौती गरिएको घोषणा गरे ।

उनले एक घण्टाको समयलाइ कटौती गरेर आधा घण्टामा सीमित बनाइएको भन्दै खाजाको समय दिउँसो १ः३० देखि २ बजेसम्म तोकिएको घोषणा गरेका थिए ।

सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन्।सेवाग्राही सुविधाका लागि सरकारी कर्मचारीको खाजाको समय आफूले आधा घण्टा कटौती गरेको उनको दाबी छ ।

कर्मचारीले खाजाका लागि आधा घण्टाभन्दा बढी सेवा अवरूद्ध पारे हेल्लो सरकारमा गुनासो गर्न सर्वसाधारणसँग अनुरोधसमेत गरेका छन् । उनले लेखका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ।कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’

ओलीको पोस्टमा थुप्रै प्रयोगकर्ताको मिश्रित प्रतिक्रिया आयो । केहीले ओलीलाई राजनेताको प्रभावकारी कदम भन्दै प्रशंशासम्म गरे । धेरैलाई लाग्यो, ओलीले उनको कार्यकालमा गरेको तारिफयोग्य काम हो, यो ।

तर, यो निर्णय अहिले नभएर केही महिना अघि मात्रै भएको पाइएको छ । प्रधानमन्त्री ओलीले कार्यान्वयनमा जोड दिँदै उजुरीको आह्वानसहित खाजाको समय कटौती गरिएको घोषणामात्र गरेका हुन् ।

यो निर्णय सात महिनाअघि नै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका समयमा नै खाजाको समय आधा घण्टा तोकिसकिएको खुलेको छ ।

मन्त्रिपरिषदको निर्णयका आधारमा २०८० माघ २९ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशित २०८१ सालको चाडपर्व तथा बिदासम्बन्धी सूचनामा सरकारी कार्यालयका कर्मचारीको खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म निर्धारण गरिएको छ।

त्यसबाहेक खाजा खाने समयबारे सेवाग्राहीले सूसुचित हुनेगरी हरेक कार्यालयको सूचना पार्टीमा टाँस गर्नुपर्ने र खाजा समयबाहेकको अन्य समयमा सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्थासँग सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने विषय उल्लेख गरिएको छ ।

यद्यपि निर्णय भएर राजपत्रमा प्रकाशित भएको सात महिनासम्म पनि सरकारी कार्यालयका कर्मचारीले जबरजस्ती एक घण्टा खाजा समयमा बिताउने गरेका थिए ।

यस्तो हुँदा यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय,राजश्व कार्यालय, अध्यागमन विभाग, अस्पताललगायतका सर्वसाधारणको अधिक भिड हुने कार्यालयका सेवाग्राहीलाई समस्या हुँदै आएको छ।

यता कर्मचारीहरुले भने निर्णय भएर राजपत्रमा प्रकाशित भएपनि गृह मन्त्रालयबाट परिपत्र नआएसम्म कार्यान्वयनमा समस्या हुने बताएका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top