विश्वकपको एसिया छनोटमा आज को-को भिड्दै छन् ?

२४ भदौ ८१, मंगलबार

२५ भदौ, विराटनगर ।

आगामी दुई वर्षपछि आयोजना हुने २३औं संस्करण फिफा विश्वकपको छनोट खेलमा आज एसियन राष्ट्रहरूले प्रतिस्पर्धा गर्दै छन् । सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने विश्वकपको एसियन छनोटमा आज १८ देशहरूले खेल्न लागेका छन् ।

विश्वकपको एसियन छनोटअन्तर्गत आज तेस्रो चरणका खेलहरू हुँदै छन् । जसअन्तर्गत आज दक्षिण कोरिया, अस्ट्रेलिया, जापान, युएई, कतारलगायत राष्ट्रले खेल्दै छन् ।

Advertisement

विश्वकप खेल्न अहिले १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

Advertisement

आज हुने खेलहरू:
१. उत्तर कोरिया भर्सेस कतार- साँझ ५ः४५ बजे
२. इन्डोनेसिया भर्सेस अस्ट्रेलिया- साँझ ५ः४५ बजे
३. चीन भर्सेस साउदी अरेबिया- साँझ ५ः४५ बजे
४. प्यालेस्टाइन भर्सेस जोर्डन- साँझ ७ः४५ बजे
५. किर्गिस्तान भर्सेस उज्वेकिस्तान- साँझ ७ः४५ बजे
६. ओमन भर्सेस दक्षिण कोरिया- साँझ ७ः४५ बजे
७. बहराइन भर्सेस जापान- बेलुकी ९ः४५ बजे
८. युएई भर्सेस इरान- बेलुकी ९ः४५ बजे
९. कुवेत भर्सेस इराक- बेलुकी ११ः४५ बजे

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top