×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

एप्पलको आईफोन १६ सार्वजनिक, कति छ मूल्य ?

२५ भाद्र २०८१

२५ भदौ , एजेन्सी ।

एप्पलले वहुप्रतिक्षित आईफोनको १६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गरिएको थियो । इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टमा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड–४, एयरपड म्याक्स साथै आईफोन–१६ का सबै सिरिज सार्वजनिक गरिएको हो ।

Advertisement
Advertisement

जहाँ आईफोन–१६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन प्रो म्याक्स लन्च गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का केही क्षमतासहित यसपटक नयाँ सिरिजमा एप्पल इन्टेलिजेन्सको पनि प्रयोग गरिएको छ । यसलाई एप्पलका उच्च अधिकारीहरुले नयाँ यात्रा भनी प्रशंसा गरेका छन् ।

तर उक्त एप्पल इन्टेलिजेन्स बिटा भर्सनमा केही देशमा मात्रै उपलब्ध हुनेछ । आईफोन १६ को स्क्रीन साइज ६.१ इन्चको छ । जवकि आईफोन १६ प्लसको स्क्रीन साइज ६.७ इन्चको छ । यस्तै आईफोन १६ प्रोको स्क्रीन साइज ६.३ इन्चको छ भने प्रो म्याक्सको साइज ६.९ इन्चको रहेको छ ।

यससँगै आईफोन १६ प्रोम्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन पनि हो । यस्तै क्यामेरा कन्ट्रोल फिचरमा भने नयाँ एक्सन बटन जडान गरिएको छ । ४८–मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ ।

साथै चिपसेटको सन्दर्भमा नयाँ सिरिजमा ए १८ चिपसेट उपलब्ध गराएको छ । त्यस्तै, प्रो मोडलहरूमा रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर राखिएको छ र कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलोपटक यस्तो सुविधा ल्याइएको दाबी गरेको छ ।

मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ । यही वर्षको अन्त्यसम्ममा सार्वजनिक गरिने भनिएको भ्वाइस मेमो एपमा भने एउटा अडियोमाथि अर्को अडियो राख्न मिल्ने गरी ‘ट्रयाक लेयर’ सुविधाले संगीतकर्मी, पडकास्टरलगायतलाई अडियो मिक्सका लागि सहजता उपलब्ध गराउने भनिएको छ ।

आइफोन १६ को मूल्य ७ सय ९९ डलर, आइफोन १६ प्लसको ८ सय ९९, आइफोन १६ प्रोको ९ सय ९९ र प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ डलरबाट सुरु हुन्छ । शुक्रबारबाट अग्रिम अर्डर दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement

आईफोन १६, आईफोन १५ प्रो र आईफोन प्रो म्याक्समा उपलब्ध हुने भनिएको एप्पल इन्टेलिजेन्स सुविधा अहिलेलाई बेटा भर्सनमा मात्रै रहेको र यो पनि अर्को महिनादेखि मात्रै उपलब्ध हुनेछ । यसले आइफोनको डिजिटल भ्वाइस एसिसेन्ट सिरिको लागि नयाँ युगको प्रारम्भ गर्ने दाबी गरिएको छ

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top