अर्जेन्टिना र कोलम्बिया भिड्दै, ब्राजिल पनि प्रतिस्पर्धामा

२४ भदौ ८१, मंगलबार

२५ भदौ, विराटनगर । 

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत बुधबार बिहानका राति दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गर्दै छन् ।

साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेलिरहेका छन् ।

Advertisement

भोलि बिहानका राति २ः१५ बजे अर्जेन्टिनाले कोलम्बियासँग खेल्ने छ । कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । दुई महिनापछि कोलम्बिया र अर्जेन्टिनाले फेरि एकपटक खेल्न आँटेका हुन् ।

अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ भने कोलम्बियाले तेस्रो स्थानमा रहेर पछ्याइरहेको थियो । कप्तान लियोनल मेसी अर्जेन्टिनी टोलीमा नभएका कारण त्यसको फाइदा उठाउने दाउमा कोलम्बिया छ । जेम्स रोड्रिग्वेज सम्मेलित कोलम्बियाले हालै सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेको थियो ।

Advertisement

सन् २०२६ को विश्वकप छनोटका ६ खेल खेल्दा एउटा पनि खेल नहार्ने टोली हो । अरू टोलीले हार खेपे पनि उसले ७ खेलमा १३ अंक जोडेर तालिकाको तेस्रो स्थान हासिल गरेको छ ।

यस्तै बुधबार बिहानको अर्को खेलमा ब्राजिलले पराग्वेसँग खेल्दै छ । ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा ब्राजिल तेस्रो स्थानमा छ । उसले सात खेलमा १० अंक जोडेको छ ।

आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

आज हुने खेलहरू (नेपाली समयअनुसार) :
१. कोलम्बिया भर्सेस अर्जेन्टिना- बुधबार बिहान २ः१५ बजेदेखि
२. इक्वेडर भर्सेस पेरु- बुधबार बिहान २ः४५ बजेदेखि
३. चिली भर्सेस बोलिभिया- बुधबार बिहान २ः१५ बजेदेखि
४. भेनेजुएला भर्सेस उरुग्वे- बुधबार बिहान ३ः४५ बजेदेखि
५. ब्राजिल भर्सेस पराग्वे- बुधबार बिहान ६ः१५ बजेदेखि

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top