जर्मनी र नेदरल्यान्ड्स आमने-सामने हुँदै, अरू हुँदै छन् यी खेलहरू

२४ भदौ ८१, मंगलबार

२५ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत आजबाट दोस्रो चरणका खेलहरू सकिँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगमा आज नौ खेल भएसँगै दोस्रो चरणको सकिने छन् ।

युरोपियन फुटबल महासंघको आयोजना जारी प्रतियोगिताअन्तर्गत तेस्रो र चौतो चरणका खेलहरू अक्टोबरमा हुनेछन् भने नोभेम्बरमा पाँचौं र छैटौं चरणका खेल हुने छन् । त्यसपछि भने नकआउट चरणमा पुग्ने टोलकीको छिनोफानो हुने छन् ।

Advertisement

आज जर्मनीले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ भने इंग्ल्यान्डले फिनल्यान्डविरुद्ध खेल्दै छ । जर्मनी र नेदरल्यान्ड्सबीचको खेल नेदरल्यान्ड्सको जोहन क्रुफ एरिनामा नेपाली समयानुसार राति १२ः३० बजे खेल्नेछन् ।

पहिलो खेलमा हंगेरीमाथि ५-० गोलको फराकिलो जित निकालेको जर्मनी आज दोस्रो जितको खोजीमा हुने छ । नेदरल्यान्ड्स पनि दोस्रो जर्मनीलाई हराउँदै दोस्रो जित निकाल्ने योजनामै छ । उसले पहिलो खेलमा बोस्निया एन्ड हर्ज गोभिनालाई ५-२ गोलान्तरले हराएको थियो ।

Advertisement

यस्तै, इंग्ल्यान्डले घरेलु मैदान वेम्ब्ली स्टेडियममा फिनल्यान्डलाई निम्तो दिँदै छ । आज इंग्ल्यान्डले आयरल्यान्डलाई २-० गोलले हराएको थियो ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

आज हुने खेलहरू :

१. लाटभिया भर्सेस फारोइ इज्ल्यान्ड- साँझ ९ः४५ बजे
२. आयरल्यान्ड भर्सेस ग्रिस- राति १२:३० बजे
३. अल्बानिया भर्सेस जर्जिया- राति १२:३० बजे
४. इंग्ल्यान्ड भर्सेस फिनल्यान्ड- राति १२:३० बजे
५. चेकिया भर्सेस युक्रेन- राति १२:३० बजे
६. एन्डोरा भर्सेस माल्टा- राति १२:३० बजे
७. नेदरल्यान्ड्स भर्सेस जर्मनी- राति १२:३० बजे
८. हंगेरी भर्सेस बोस्निया एन्ड हर्जगोभिना- राति १२:३० बजे
९. नर्थ म्याकाडोनिया भर्सेस अर्मेनिया-राति १२:३० बजे

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

सम्बन्धित समाचार

Scroll to Top