२५ भदौ, एजेन्सी ।
जर्मनीमा ३० वर्षीय अनसन्तुष्ट ईरानी पुरुषमाथि चार मुस्लिम प्रवासीहरूले सामूहिक बलात्कार गरेका छन् । बलात्कार आरोपित २४ देखि ४६ वर्षसम्मका चार जना ईरानको इस्लामिक गणराज्यका समर्थकहरू रहेका छन् ।
गत शनिबार राति जर्मनीको इजरलन भन्ने सहरमा उक्त घटना भएको अन्तर्राष्ट्रिय रिपोर्टहरूले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार पीडित एक ईरानी शरणार्थी हुन्, जसले तेहरानको शासनको विरोध गर्ने गरेका थिए ।
बलात्कार आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया थालेको छ । उनीहरूलाई इजरलन सहरनजिकै जंगलमा हेलिकप्टरमार्फत खोजेर पक्राउ गरिएको थियो ।
भाग्न खोज्दा एक आरोपित भने घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार पीडितको चिच्याहट सुनेका प्रत्यक्षदर्शीले घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।पीडितको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जर्मन प्रहरी अधिकृतहरूका अनुसार अपराधका लागि नभएर राजनीतिक सन्देश दिनका लागि उक्त घटना गराइएको हो ।