×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चार मन्त्रीहरू, जसको जिब्रो चिप्लिँदा पद पनि गयो !

२५ भाद्र २०८१

२५ भदौ, विराटनगर । 

केही दिनअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति विवादित बन्यो । ‘नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को जिब्रो थुत्नुपर्ने’ भन्दै अभिव्यक्ति दिएपछि सबैतिर उनी आलोचना सिकार बने । केही दिनको विवादपछि साम्य भयो, पद पनि जोगियो ।

तर, बोलीमा संयम नहुँदा केही नेताहरूले पद गुमाउनुपरेको इतिहास हामीसँग छँदै छ । नेकपा एमालेबाट मन्त्री बनेका शेरबहादुर तामाङ र गोकुल बाँस्कोटा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरतसिंह भण्डारी र माओवादीका मातृकाप्रसाद यादव आदिले बेलगाम भएर बोल्दा मन्त्री पद ‘चैट’ भएको थियो ।

शेरबहादुर तामाङः

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले २०७५ साउन ३ गते बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरूबारे दिएको अभिव्यक्ति विवादमा तानिएको थियो । एमबीबीएस अध्ययनरत नेपाली छात्राले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको अभिव्यक्ति दिएपछि उनी विवादमा फसे ।

त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकारले दबाब दिएपछि राजीनामा गर्ने निधोमा पुगे, तामाङ । विवादित अभिव्यक्ति दिएको पाँच दिनपछि अर्थात् २०७५ साउन ८ गते उनले पत्रकार सम्मेलन गरेर रुँदै पदबाट राजीनामा दिए । अधिवक्तासमेत तामाङ २०७४ चैत २ गते कानुनमन्त्री बनेका तामाङले चार महिनाजति पदमा आसीन हुन भ्याए ।

गोकुल बाँस्कोटाः

ओली नेतृत्वकै मन्त्रिपरिषद्मा सहभागी एमालेका गोकुल बास्कोटालाई उनको बोली नै गलपासो बन्यो । २०७६ फागुनतिर उनी सञ्चारमन्त्री एवं प्रवक्ता थिए । ओलीका विश्वासपात्र बाँस्कोटाले बोलीकै कारण विवादमा परेपछि पद त्याग्न बाध्य हुनुप¥यो । तथापि, बास्कोटा शेरबहादुर तामाङजस्तो सार्वजनिक अभिव्यक्तिका कारण विवादमा परेका भने होइनन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए । २०७६ फागुन तामाङकै शैलीमा पत्रकार सम्मेलन गर्दै बास्कोटाले ‘नैतिकताका आधारमा राजीनामा दिएको’ बताएका थिए । २०७५ साल जेठ १९ गते मन्त्रीमा नियुक्त भएका बास्कोटाको १९ महिनामै पद फुस्किएको थियो ।

शरतसिंह भण्डारीः

संघीयता आउनुभन्दा आगावै २०६८ सालतिर तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले पनि बोलीकै कारण पदबाट बहिर्गमन हुनुपर्‍यो । २०६८ भदौ ११ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रक्षामन्त्री रहेका भण्डारीको अभिव्यक्तिकै कारण मन्त्री पद गुमेको थियो । तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का अध्यक्ष रहेका उनले ‘मधेश टुक्रिन सक्ने’ अभिव्यक्ति दिएका थिए ।

मन्त्री बनेको एक महिनापछि उनले दिएको उक्त अभिव्यक्ति विवादित बन्यो । विज्ञप्ति निकालेरै मिडियाले आफूले बोलेको कुरा पस्किएको भन्दा पनि उनको विरोध हुन कम भएन । त्यसबेला प्रतिपक्षीमा रहेका कांग्रेस र एमालेले बर्खास्तीको मागसहित संसद अवरुद्ध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए । त्यसपछि प्रधानमन्त्री भट्टराईले कात्तिक २ मा व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै दलको सिफारिसमा रक्षामन्त्री भण्डारीलाई पदमुक्त गरेको जानकारी गराएका थिए ।

मातृकाप्रसाद यादवः

त्यसभन्दा अघि २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पनि सहभागी भएको थियो । चैत १८ मा माओवादी सरकारमा जाँदा पार्टीका तर्फबाट मातृकाप्रसाद यादव वन तथा भूसंरक्षण मन्त्री बनेका थिए । तर, आफ्नो बोली गलपासो बन्दा उनी चार महिनामै मन्त्रीबाट बाहिरिए ।

एउटा कार्यक्रममा नेपाली सेना प्रकृति संरक्षण विरोधी रहेको बताएपछि उनको अभिव्यक्ति विवादित बनेको थियो । रक्षामन्त्रीसमेत रहेका तत्कालीन प्रधानमन्त्री कोइरालाले यादवसँग उनको अभिव्यक्तिको विषयमा स्पष्टीकरण मागेका थिए । तर, उनले मन्त्रिपरिषद्को बैठक नै बहिष्कारसमेत गरे ।

मन्त्री यादवले ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालयको ट्वाइलेटमा थुनिदिएका थिए । यादवले सरकारमाथि मधेसी जनताको मुक्तिको चाहनाविपरीत षडयन्त्र गरेको, सशस्त्र द्वन्द्वका घाइतेहरूलाई राहत र क्षतिपूर्ति नपाएको, वन मन्त्रालयमा व्याप्त भ्रष्टाचार रोक्न सरकारले असहयोग गरेको जस्ता आरोप लगाएका थिए । विवादैविवादमा फसेपछि उनले २०६४ साल साउन १७ गते कोइराला नेतृत्वको सरकारबाट अलग हुनुपरेको थियो ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top