२५ भदौ, एजेन्सी ।
मोबाइल फोन चोरीको घटनाहरू प्रायः हामीले सुन्दै र भोग्दै आएका छौं । कहिले चोरीएका मोबाइल भेटिन्छन् त कहिले भेटिँदैनन् पनि । फोन चोरीकै एउटा अनौंठो घटना भएको छ, लन्डनमा ।
हालैमात्र लन्डनको एउटा सडकबाट चोरी भएको फोनको लोकेसन एक महिनापछि चीनमा भेटिएको छ । गत अप्रिलमा अकारा एट्टेह नाम गरेका फोन खेलाउँदै लन्डनमा एउटा मेट्रे स्टेसनबाहिर निस्कँदै थिए ।
त्यसैबेला इलेक्ट्रिक मोटरसाइकलमा सवार केही व्यक्तिले उनको फोन लुटेर फरार भएका थिए । इंग्ल्यान्ड र वेल्सतिर यस्ता घटनाहरू बढ्दो क्रममा छ ।
फोन हराएपछि प्रहरीसमक्ष पुग्नेहरूको संख्या बढ्दो देखेको प्रहरीले चोर समाते पनि फोन भेट्टाउन सकेको हुँदैन । प्रहरी भने, फोन खोज्ने कुरामा आफूहरूको भन्दा पनि फोन कम्पनीहरूको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ ।आइफोन-१३ हराएपछि अकाराले पनि प्रहरीमार्फत् फोन खोजी गरिरहेका थिए । प्रहरीले फोन कुन लोकेसनमा छ भने पत्ता लगाएको भए पनि भेट्न सकिरहेको थिएन ।
फोन हराएको आठ दिनपछि लोकेसन उत्तरी लण्डन देखाएको थियो । तर, त्यहाँ पनि प्रहरीले फोन भेट्न सकेन । एक महिनापछि अकारा स्वयमले ‘फाइन्ड माई फोन’ मार्फत् चेक गर्दा उक्त फोन चीनको सेनसेनको लोकेसनमा थियो ।
सेनजेन यस्तो ठाउँ हो, जहाँ फोन लक नखुले वा पुनः प्रयोग गर्न नसक्ने फोनको पार्ट्स खोलेर प्रयोग हुने गरेको छ । उक्त सहरमा अकाराको फोनको लोकेसन देखाइरहरेको थियो, जहाँकाे जनसंख्या करिब एक करोड 60 लाख छ ।
पछि प्रहरीको सहयोगमा अकाराले अनलाइन कम्प्लेन गरेका थिए । तर, पनि उनले आफ्नो फोन भेट्न सकेनन् ।-बिबिसीबाट