’सुकिला’ नोट कस्ता हुन्छन् ? १३ गतेदेखि सटही सुविधा

२५ भदौ ८१, बुधबार

२६ भदौ ,काठमाण्डौ  ।

नेपालीहरुको महान चाड बडादशैं तिहार नजिकिदो छ । दशैंमा मान्यजनबाट टीका थाप्न जाँदा साना बालबालिकाका लागि मात्रै होइन, ठूलाबडाका लागि पनि नयाँ लुगासँगै नयाँ नोट एक आर्कषण बन्ने गरेको छ । तर हरेक वर्ष नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसपटकको दशैंमा भने नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ ।

यसले सबै जना खिन्न हुन थालेका छन् । यसपटक नयाँ नोटको सट्टा सुकिला नोट मात्रै वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंकले यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय गरेको छ ।

Advertisement

राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट वितरण नगर्ने बताएपछि त्यसबारे विभिन्न तर्कवितर्कहरु समेत सुरु भएका छन् ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत् आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा ’सुकिला’ नोट उपलब्ध गराउने निर्णय भएको छ । केन्द्रीय ब्याङ्कको निर्णयप्रति खास गरी सामाजिक सञ्जालमा कतिपयले सकारात्मक कुरा नै व्यक्त गरिरहेका छन् भने कतिपयले असन्तुष्टि जाहेर गरिरहेका छन् ।

Advertisement

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैँ–तिहारलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिँदै आएकोमा दुई दशकपछि रोक लगाउने निर्णय गरेको हो । यसअघि कोरोना महामारीका समयमा रोक लगाएको थियो । राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार २०६० सालअघि दशैँका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने चलन थिएन ।

सीमित व्यक्तिको पहुँचमा मात्र यस्तो सुविधा थियो। २०६०÷६१ सालदेखि सटही सुविधा दिन थालिएको हो। दशैँ र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको थियो ।

यसमध्ये १५ अर्ब रुपैयाँ हाराहारीको नयाँ नोट सटहीमार्फत सर्वसाधारणको हातमा पुग्ने गर्थ्यो । राष्ट्र ब्याङ्कस्थित अधिकारीहरूले विगतदेखि चल्दै आएको अभ्यासमा परिमार्जन गरिएको बताएका छन् । आसन्न दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्नुका पछाडि मुख्यतया दुइटा कारण रहेका छन् ।

एक– हरेक वर्ष हुने अरबौँ रुपैयाँ खर्चलाई कटौती गर्न अर्थात व्यवस्थापकीय खर्च कटौती गर्न अर्को डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न । केही दिन अघि मात्रै सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न रेष्टुरेन्ट, होटलमा जाँदा डिजिटल भुक्तानी गरे १० प्रतिशत कर उपभोक्ताले फिर्ता पाउने निर्णय गरेको थियो ।

सरकारका नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा पनि डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै लैजानुपर्नेमा जोड दिइँदै आइरहेको छ । नेपालमा अहिले सानातिना नोटहरू कारोबारमा प्रयोग नभएर केवल फिर्ता दिनका लागि प्रयोग हुन थालेको भन्ने एउटा सर्वेक्षणको निष्कर्षका आधारमा पनि यसपालि नयाँ नोट नदिने निर्णय गरेको अवस्था रहेको अधिकारीहरु बताँछन् ।

पछिल्ला वर्षका तथ्याङ्कहरूले पनि डिजिटल प्रविधिमार्फत् देशमा हुने आर्थिक गतिविधि बढ्दै गएको देखाएका छन् । त्यस्तै नेपाली नोटहरूको स्वदेशमा नभई विदेशमा छपाइ हुँदै आएको छ र त्यसको लामो प्रक्रिया हुने गरेको छ। नोट छपाइ र त्यसपछि तिनको व्यवस्थापनमा धेरै खर्च हुने गरेको अधिकारीहरू बताउँछन्।

अझ साना नोटको मूल्यभन्दा तिनको छपाइमै झन् धेरै खर्च लाग्ने गरेको उनीहरू बताउँछन्। त्यही भएर केही वर्षयता राष्ट्र ब्याङ्कले एक र दुई रुपैयाँको नोटको छपाइ नै बन्द गरिसकेको छ।
अब राष्ट्र बैंकले नयाँ नोट त नसाट्ने भन्यो तर सुकिला नोट भनेको चाँहि के हो त भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

छापिएर आएको तर बजारमा नगएको नोटलाई राष्ट्र ब्याङ्कले नयाँ नोट भन्ने गर्छ तर सुकिला नोट भनेको बजारमा गएर प्रयोगमा पनि आइसकेको हुन्छ । चलनचल्तीमा आइसकेका तर धेरै प्रयोग नभएका प्रयोगयोग्य नोटहरूलाई चाहिँ सुकिला नोट भन्ने गरिन्छ ।

प्रयोग गर्न योग्य नरहेका नोटलाई भने सङ्कलन गरी राष्ट्र ब्याङ्कले जलाएर नष्ट गर्ने गरेको छ । अधिकारीहरूका अनुसार राष्ट्र ब्याङ्कले काम नलाग्ने अर्बौँ रुपैयाँबराबरका नोटहरू बर्सेनि प्रचलनबाट खिच्ने गरेको छ । अब नेपाली नोटहरुको आयु चाँहि कति हुन्छ त भन्नुहुन्छ भने नेपाली नोटहरूको आयु सामान्यतया दुईथरीको हुन्छ ।

पाँच सय र एक हजार रुपैयाँका दरको नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने गरेको केन्द«ीय बैंकका अधिकारीको भनाई छ ।दशैँमा नयाँ नोट नसाटे पनि बजारको माग र आवश्यकता अनुसार नोटको छपाइ गर्ने र बजारमा पठाउने प्रक्रिया भने नियमित नै भइरहेको हुन्छ।

राष्ट्र बैंकले पाँच, दश, बीस, पचास, एक सय, पाँच सय र एक हजार दरका गरी विभिन्न सात प्रकारका नोटहरू एक पटकमा तीन वर्षलाई पुग्ने गरी छपाइ गर्छ। नेपाली मुद्राको छपाइ अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) कम्पनी छनोट गरी सोहीमार्फत गरिन्छ।

राष्ट्र बैंकसँग नोट छपाइ सुविधा छैन। ‘ग्लोबल टेन्डर’ बाट छानिएका मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने भएकाले नेपाली नोट इन्डोनेसिया, चीन लगायतका मुलुकहरूमा छपाइ हुँदै आएको छ।
मुख्य चाडबाडका बेला आवश्यक पर्नेभन्दा बढी नै सुकिला नोट कोषहरूमा रहेको अधिकारीहरूले बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्क, नेपाल ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क गरी देशभरि ८० भन्दा बढी नोटकोषहरू रहेका छन् । सुकिला नोट लिनका लागि कुनै सीमा र समय तोकिएको छैन । भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार नयाँ नोटले दशैँ र तिहारमा मानिसहरूको खुसीमा अर्को खुसी थप्ने गरेको थियो।

तर कतिपयले राष्ट्र ब्याङ्कको कदमप्रति असन्तुष्टि जनाइरहँदा नयाँ नोट नदिने केन्द्रीय ब्याङ्कको निर्णयलाई चाहिँ अन्यथा लिन नहुने उनको सुझाव छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top