×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

‘हिंसा’ शब्दमा एमाले र माओवादी झगडिँदै, कांग्रेस भने चुपचाप

२६ भाद्र २०८१

२६ भदौ, विराटनगर । 

गठबन्धन टुटेर सत्ता र प्रतिपक्षीमा बस्नुपर्ने बाध्यता आएपछि एमाले र माओवादी केन्द्रबीच संसद बैठकमा घोचपेच नभएको कुनै दिन नहोला । सत्तासहकार्य गर्दा ननिस्किने तर अलग हुनुपर्दा निस्कने शब्दहरूले उनीहरूबीचको टकराव झनै बढाएको छ ।

यसअघि जनयुद्ध शब्दका बारेमा बहस भइरहँदा सभामुख देवराज घिमिरेलाई संसद चलाउन कठिन भइरहेको थियो । अझ, बुधबार सभामुख आफैंले हिंसा शब्दसँग सम्बन्धित ‘रुलिङ’ले संसद अवरोधकै स्थिति सिर्जना भयो । जसका कारण आगामी चार दिनपछि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको हो । सभामुख घिमिरेले ‘हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा अभिलेखबाट हटाउनु नपर्ने’ निर्णय सुनाएपछि असन्तुष्ट बनेका माओवादी सांसदले अवरोध गरेका हुन् ।

सभामुखको उक्त निर्णयपछि सदनमा आरोप–प्रत्यारोप सुरु भएको थियो । अन्तिममा प्रतिपक्षका तर्फबाटब बोल्न सभामुख घिमिरेले देवेन्द्रराज पौडेललाई बोल्न समय दिएका थिए । पौडेलले सभामुखको रुलिङमा चुनौती दिँदै संविधानमा हिंसा शब्द देखाउन आग्रह गरे ।

सभामुखले भनेको शब्दप्रति आफूहरूको गम्भीर आपत्ति रहेको सुनाउँदै सशस्त्र द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया र त्यसका जगमा बनेको संविधान नै नमान्ने लयतिर सरकार र सदन लागेको पौडेलले गुनासो पोखे ।

त्यसअघि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरेका । उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलन व्याख्या प्रस्तावनामै व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुनविपरीत भएको भन्दै आपत्ति जनाए ।

त्यसपश्चात् बोल्दै एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गरे ।

भदौ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । जसपछि, जनयुद्धलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एमालेबीच सदनमा आरोप प्रत्यारोप चलेको थियो ।

सांसद भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि माओवादीका सांसदहरूले नियमापत्ति गरेका थिए । सांसद माधव सापकोटाले नियमापत्ति गरेर बाल्ने समय मागे पनि सभामुखले समय दिएका थिएनन् । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरेका थिए । त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए ।

तर, बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताएका थिए । तथापि, उनले आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन सांसदहरूलाई आग्रह गरेका थिए ।

‘हिंसा’ शब्दमा एमाले र माओवादीले संसदलाई अल्झाइरहँदा कांग्रेस भने चुपचाप छ । जनयुद्ध भन्ने शब्दमा पनि आधिकारिक धारणा नबनाएको कांग्रेसले हिंसा शब्दलाई लिएर पनि टिकाटिप्पणीमा उत्रिएको छैन ।

यसमा माओवादी सांसदले बखेडा झिकेर सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा सभामुख देवराज घिमिरेले सभा सञ्चालनमा असहयोग गरेको भन्दै बैठक स्थगित भएको जानकारी गराएका थिए । अब प्रतिनिधिसभाको बैठक भदौ ३० गते बस्ने छ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top