×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

‘हिंसा’ शब्दले सदन अवरोध

२६ भाद्र २०८१

२६ भदौ , काठमाण्डौ।

गठबन्धन टुटेपछि सत्ता र प्रतिपक्षीमा पुगेका एमाले र माओवादी केन्द्रबीच संसद बैठकमा घोचपेच नभएको कुनै दिन नहोला । सत्तासहकार्य गर्दा ननिस्किने तर अलग हुनुपर्दा निस्कने शब्दहरूले उनीहरूबीचको टकराव झनै बढाएको छ ।

Advertisement
Advertisement

यसअघि जनयुद्ध शब्दका बारेमा बहस भइरहँदा सभामुख देवराज घिमिरेलाई संसद चलाउन कठिन भइरहेको थियो । अझ, बुधबार सभामुख आफैंले हिंसा शब्दसँग सम्बन्धित ‘रुलिङ’ले संसद अवरोधकै स्थिति सिर्जना भयो । जसका कारण आगामी चार दिनपछि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको हो ।सभामुख घिमिरेले ‘हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा अभिलेखबाट हटाउनु नपर्ने’ निर्णय सुनाएपछि असन्तुष्ट बनेका माओवादी सांसदले अवरोध गरेका हुन् ।

सभामुखको उक्त निर्णयपछि सदनमा आरोप–प्रत्यारोप सुरु भएको थियो । अन्तिममा प्रतिपक्षका तर्फबाटब बोल्न सभामुख घिमिरेले देवेन्द्रराज पौडेललाई बोल्न समय दिएका थिए । पौडेलले सभामुखको रुलिङमा चुनौती दिँदै संविधानमा हिंसा शब्द देखाउन आग्रह गरे ।

सभामुखले भनेको शब्दप्रति आफूहरूको गम्भीर आपत्ति रहेको सुनाउँदै सशस्त्र द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया र त्यसका जगमा बनेको संविधान नै नमान्ने लयतिर सरकार र सदनलागेको पौडेलले गुनासो पोखे ।

त्यसअघि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरेका । उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलन व्याख्या प्रस्तावनामै व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुनविपरीत भएको भन्दै आपत्ति जनाए ।

त्यसपश्चात् बोल्दै एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गरे । भदौ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए ।

जसपछि, जनयुद्धलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एमालेबीच सदनमा आरोप प्रत्यारोप चलेको थियो । एकअर्काप्रति औला ठड्याउँदै उनीहरु भनाभनमा उत्रिएका थिए । सांसद भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि माओवादीका सांसदहरूले नियमापत्ति गरेका थिए ।

सांसद माधव सापकोटाले नियमापत्ति गरेर बोल्ने समय मागे पनि सभामुखले समय दिएका थिएनन् । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरेका थिए । त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए ।

तर, बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताएका थिए ।तथापि, उनले आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन सांसदहरूलाई आग्रह गरेका थिए ।

यसमा माओवादी सांसदले बखेडा झिेकेर सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा सभामुख देवराज घिमिरेले सभा सञ्चालनमा असहयोग गरेको भन्दै बैठक स्थगित भएको जानकारी गराएका थिए। अब प्रतिनिधिसभाको बैठक भदौ ३० गते बस्ने छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top