×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

हिंसा कि जनयुद्धमा माओवादी भर्सेस एमाले, कांग्रेस रमिते

२६ भाद्र २०८१

२६ भदौ , विराटनगर ।

हिंसा शब्द आफैमा अप्रिय शब्द हो । नेपाली शब्दकोशमा हिंसा शब्दको अर्थ अरुलाई दुःख पीडा दिने काम भनिएको छ । अझ बृहत रुपमा यसलाई प्राणीलाई मार्ने काम, काटमार हत्या भनिएको छ । यही शब्द हिंसाले प्रतिनिभिसभाको बैठकमा बबण्डर मच्चिएको छ ।

Advertisement

सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय शब्द नरहेको भन्ने रुलिङ गरेपछि यसले आजको संसद बैठकमा भाडभैलो मच्चाएको छ । १० वर्षे शसस्त्र संघर्ष भित्रको हिंसा, त्यो राज्यका पक्षबाट होस् या विद्रोही माओवादीका पक्षबाट जसलाई नेपालको संविधानमा शसस्त्र संघर्ष भनिएको छ।

यसलाई माओवादीले महान जनयुद्धको रुपमा उत्सव मनाउने गरेको छ भने अहिलेको सत्तारुढ दल नेकपा एमालेले त्यसलाई हिंसाका रुपमा स्मरण गर्ने गरेको छ । प्रमुख दुई दल हिंसा कि जनयुद्ध भन्ने विषयमा आरोप प्रत्यारोप र भनाभनमा उत्रिदा अर्काे सत्तारुढ दल नेपाली कांग्रेस भने मौन रहदै आएको छ । जुन दृश्य आजको संसद बैठकमा समेत देखियो ।

सभामुख देवराज घिमिरेले हिंसा शब्द रेकर्डबाट हटाउनु पर्दैन भन्ने निर्णय सुनाएपछि सदनमा लफडा सुरु भयो । यसअघि नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसदिन माओवादीले बैठक अवरोध गर्न लागेपछि सभामुख घिमिरेले सचिवालयलाई छानबिनका लागि निर्देशन दिएपछि सदन चलेको थियो । तर, सभामुखले नै सचिवालयको राय लिएर बुधबार हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका हुन् ।

यसमा असहमति राख्दै माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन सुरु भयो । नेकपा माओवादी केन्द्रले सभामुखको निर्णयमाथि चुनौती खडा गरेको छ ।

सभामुखको उक्त निर्णयपछि सदनमा आरोप प्रत्यारोप सुरु भएको थियो । अन्तिममा प्रतिपक्षका तर्फबाटब बोल्न सभामुख घिमिरेले देवेन्द्रराज पौडेललाई बोल्न समय दिएका थिए । पौडेलले सभामुखको रुलिङमा चुनौती दिँदै संविधानमा हिंसा शब्द देखाउन आग्रह गरे ।

“सम्माननीय सभामुखले भन्नुभएको शब्दप्रति हामी सबैको गम्भीर आपत्ति छ,” पौडेलले भने, “तपाईंहरू सशस्त्र द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया र त्यसका जगमा बनेको संविधान नमान्नु होला तर हामी मान्छौँ ।” पौडेलले संविधान विपरीत जाने छुट कसैलाई पनि नभएको बताए ।

“टीआरसी सर्वसहमतिमा अघि बढेको छ । तर, तपाईंहरुले शान्ति प्रक्रियालाई बिथोल्न खोज्नुभएको हो ?,” प्रश्न गर्दै पौडेलले भने, “यो प्रकारको विगत बल्झाएर शान्ति प्रक्रिया बिथोल्ने गरी शब्द प्रयोग नहुन् ।” उनले कानुन, नियम र प्रणाली विपरीतका शब्द प्रयोग नगर्न सभामुखलाई आग्रह गरे ।

माओवादी आन्दोलनलाई शसस्त्र संघर्ष भनेर स्वीकार गरेको भन्दै सभामुखको अभिव्यक्ति आपत्तिजनक भएको बताए । सदनमा ‘हिंसा’ शब्दलाई लिएर माओवादीसँग आरोप–प्रत्यारोप चलेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शान्ति सम्झौताको दफा पढेर सुनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै हिंसा अन्त्य गर्छौं भनेर प्रचण्डले सही गरेको होइन ? भन्दै प्रश्न गरे ।उनले भने, ‘सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकार गम्भिर उलंघन गर्ने तथा मानवताविरुद्वको अपराधमा संलग्नहरूको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न हामीले सहमति गरेका छौं ।

देशमा विद्यमान सबै स्वरुपका युद्ध आक्रमण हिंसा अन्त्य गर्छु भनेर प्रचण्डले हस्ताक्षर गर्नुभएको होइन ?’ उनले संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको आरोप लगाए । देशको शान्ति प्रक्रियालाई पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए ।

यो आरोप प्रत्यारोप रोक्ने पटक पटक सभामुखले प्रयास गरेपनि त्यो क्रम नरोकिएपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ । ’हिंसा’ असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो ।

त्यसपछि एमाले र माओवादबीच भनाभन भयो । सदन सञ्चालनमा अवरोध भएपछि सभामुखले भदौ ३० गते दिनको आइतबार बस्नेगरी बैठक स्थगित गरेका हुन् । सभा सञ्चालनमा अससहयोग गरेको भन्दै सभामुख देवराज घिमिरेले बैठक ३० गतेसम्म स्थगित गरेको जानकारी गराएका थिए ।

संसदमा हिंसा शब्दको विषय प्रवेश भने १० वर्षे शसस्त्र संघर्ष माओवादीले जनयुद्धका सर्वाेच्च कमाण्डर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गराएका थिए । गएको समउन ३० गते प्रतिनिधिसभाको बैठकमा टीआरसीसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अन्य राजनीतिक दलका नेताहरूले ‘माओवादी जनयुद्ध’ भन्दा जातै जाला जस्तो गरेको बताएका थिए ।

उनले ‘माओवादी जनयुद्ध’लाई संविधानसभाले पारित गरेको स्मरण गराए । ‘माओवादी जनयुद्ध भन्दा जातै जाला जस्तो गर्नुहुन्छ । जबकि संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । सभाको ध्यानाकर्षण गर्न चाहान्छु कि त्यहि प्रस्तावनाको अनुच्छेद तीनमा छलफल हुँदा तत्कालीन समितिको सभापति कांग्रेसका पूर्णबहादुर खड्का नेतृत्वको समितिले गरेको निर्णय हो र संविधानसभाद्वारा पनि पारित भएको छ,’ उनले भने ।

प्रस्तावनाको अनुच्छेदमा ‘माओवादी जनयुद्ध’ रहेको प्रचण्डले बताए । ‘अनुच्छेद तीनमा माओवादी जनयुद्ध लगायत सबै आन्दोलनको नाम उल्लेख गर्ने वा माओवादी जनयुद्ध लगायत सबै आन्दोलनको नाम ब्याख्यात्म टिप्पणी राख्ने छलफल हुँदा माओवादी जनयुद्धको नाम राख्ने भन्ने निर्णय भएको छ यो कुराको स्मरण रहोस् ।

संविधानसभाबाट पारित भएको यो ब्याख्यात्मक टिप्पणीलाई माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहान्छु,’ प्रचण्डले भने । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै गर्दा भएका सहमतिलाई विस्मृतिमा लैजाने काम गर्न नहुने समेत बताए ।

प्रचण्डको संसदमा जनयुद्ध शब्दलाई लिएर एमाले लक्षित टिप्पणी गरेपछि एमालेले पनि यसको जवाफ संसदबाटै दिएको थियो । भदौ १२ गते संसदमा विशेष समय लिएर बोलेका एमाले सचिव योगेश भट्टराईले यसको जवाफ दिए । भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए।

बैठकमा विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे भनाइ राख्ने क्रममा सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए। उनले माओवादीको १० वर्षे सशस्त्र युद्धलाई ‘हिंसा’ को संज्ञा दिएका थिए।

‘यदी यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युत्मा यो भन्दा ठूलो क्रान्ति हुन्थ्यो,’ योगेशले भनेका थिए, ‘किनभने, माओवादीले कतिवटा ट्रान्समिसन लाइन र सवस्टेशनहरू पड्कायो। विद्युत् उत्पादन गर्न खोलामा गएका कति व्यवसायीलाई चन्दा उठाएर भगायो।’

माओवादी युद्धकै कारण असुरक्षा भएको दाबी गरेका थिए। ‘असुरक्षाको कारणले लगानी भएन। अध्ययनले के भन्छ भने– यदी माओवादीको १० वर्षको त्यो हिंसा नभएको भए ७५ सालमा होइन, ६५ सालमा यो देशमा लोडसेडिङ मुक्त हुने थियो,’ उनले भनेका थिए।

सोही विषयलाई लिएर माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियम आपत्ति जनाए। सांसद सापकोटाले भट्टराईको शब्द गैरसंसदीय र अमर्यादित भएको भन्दै आपत्ति जनाए। सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सचिव भट्टराईलाई बोल्न आग्रह गरे।

सो क्रममा भट्टराईले लोकतन्त्रमा बोल्न नदिनु पनि हिंसा भएकोे तर्क अघि सारे। संसदमा दुई राजनीतिक दलका नेताहरुबीच एकअर्कामा आक्रोश पोख्न थालेसँगै सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए।

पौडेलले नेपालको संविधानले शान्ति प्रक्रियालाई हिंसाका रुपमा प्रयोग गर्न नपाइने भन्दै संसदको रेकर्डबाट सांसद भट्टराईले बोलेको शब्द हटाउनुपर्ने माग गरे। सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई नियमापत्तिअनुसार बोल्न समय दिए।

पाण्डेले माओवादी जनयुद्धको अपमान संविधानले गर्ने छुट नदिएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे। सभामुखले संसद सचिवालयलाई सो शब्द कसरी प्रयोग भएको छ भन्ने बारेमा बुझेर निर्णय लिन भन्दै निर्देशन दिएपनि प्रतिवाद जारी रह्यो।

लगत्तै नेकपा एमाले सांसद रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा भएको भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको जिकिर गरे। सभामुखले संसदको मर्यादालाई ख्याल राख्न आग्रह गर्दै बैठक सुचारु गरेका थिए ।

आज सोही दिन योगेशले बोलेको हिंसा शब्द असंसदीय रहेको सभामुखले रलिङ गरेपछि संसद बैठक नै अवरुद्ध भयो । त्यही शब्दकै कारण संसद बैठक स्थगित भएको छ । संसदमा माओवादी जनयुद्ध कि हिंसा भन्ने बहस चलिरहदा शान्ति प्रक्रियाको प्रमुख शक्ति नेपाली कांग्रेस भने यो शब्दमा संसदमा मौन देखिएको छ ।

संसदमा माओवादी र एमालेबीच भनाभन हुँदा कांग्रेस भने रमिते बनिरहेको छ । १० वर्षे शसस्त्र संघर्ष हिंसा कि जनयुद्ध भन्ने विषयले संसदमा मच्चिएको बबण्डर बारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top