ऐतिहासिक कांस्य पदक विजेता पलेशाको खातामा सरकारले जम्मा गर्‍यो ६५ लाख

२७ भदौ ८१, शुक्रबार

२८ भदौ , विराटनगर ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाएकी पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनको बैंक खातामा सरकारले ६५ लाख रुपैयाँ जम्मा गरिदिएको छ । सरकारले शुक्रबार डिजिटल माध्यमबाट २१ वर्षीया पलेशाको खातामा उनले पाउने ६५ लाख पुरस्कार रकम जम्मा गरिदिएको हो ।

पुरस्कार रकम जम्मा गरेपछि एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालगायत अन्य सम्मान गरेका छन् । सो कार्यक्रममा पलेशाको खाताको रकम जम्मा भइसकेको जानकारी गराइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको खेल अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए ।

Advertisement

यस्तै, प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार उक्त पुरस्कार दिएको हो ।

सो नियमावलीअनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।

Advertisement

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ ।

यही व्यवस्थाअनुरूप सरकारबाट पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

पलेशा हाल चीनको सांघाइको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी छन् । उनी बागबजारकी हुन् । उनको जन्मिदै बायाँ हातको कुहिनामुनिको भाग थिएन । विद्यालयस्तरदेखि नै तेक्वान्दोमा आकर्षित भएकी २० वर्षीय पलेशाले सन् २०१६ देखि पारा तेक्वान्दो खेल थालेकी हुन् ।

त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले दजर्नौं अवार्ड जितेकी छन् । उनलाई कविराज लामाले प्रशिक्षण दिइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top