धनराज दम्पती जोडिएको सहकारीमा सीआईबीले थाल्यो अनुसन्धान

२८ भदौ ८१, शनिबार

२९ भदौ , काठमाण्डौ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङसमेत मुछिएको ललितपुरको मितेरी सहकारीमा भएको रकम अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

सहकारीको करिब १४ करोड रुपैयाँ नोक्सानी भएको भन्दै बोधविक्रम थापाले दिएको निवेदन र बागमती प्रदेशको सहकारी मन्त्रालयले गरेको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

Advertisement

थापाले गत साउन १४ गते नै धनराज र उनकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जनामाथि छानबिन गर्न उजुरी दिएका थिए । तर सीआईबीले सहकारीसम्बन्धी अनुसन्धान गर्ने सम्बन्धित निकायबाट आउनुपर्ने भनेपछि बागमती प्रदेशको सहकारी मन्त्रालयले छानबिन गरेको थियो ।

तर मन्त्रालयको छानबिनले भने धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङसहित पाँच जनामाथि मात्रै थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सीआईबीलाई सिफारिस गरेको थियो । त्यसैका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

Advertisement

सांसद गुरुङकी श्रीमती ज्योति २०५७ सालमा सहकारीमा प्रवेश गरी २०७५ सालमा प्रबन्ध निर्देशक भएकी थिइन । सहकारीको ३ करोड ४० लाख रुपैयाँ सञ्चालक समितिका अन्यले पनि अपचलन गरेको देखिएकाले त्यसमा पनि अनुसन्धान अघि बढाउने सीआईबीले जनाएको छ ।

सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने– ‘पैसा अपचलन कहाँ कसरी भयो भन्ने बारेमा अनुसन्धानबाट हेर्छौ, यसमा को को संलग्न छन भन्ने कुरा अनुसन्धानबाट थाहा हुने भयो । अहिले हामीले मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका हौँ ।’

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए ।

ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ सांसद धनराज गुरुङकी श्रीमती हुन्, यद्यपि धनराजले २०७६ सालमा सम्बन्ध विच्छेद गरेको दाबी गर्दै आएका छन् । सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले बताएका छन् ।

धनराज गुरुङको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानका क्रममा थाहा हुने र अहिलेसम्म धनराज गुरुङको बारेमा उजुरी नपरेको सीआईवी प्रवक्ता बोगटीले बताए । यता सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ ।

समितिलाई संस्थाका अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, १ महिना अघिसम्म पनि श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यहरूलाई जानकारी गराएका थिए ।

उनले आफूले धनराज गुरुङविरुद्ध अनुसन्धान गर्न सीआईवीमा दिएको उजुरी दर्ता नगरेकोमा समितिसमक्ष गुनासो समेत गरेका थिए । यसैबीच सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।

साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।

हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो।

उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ । अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top