विवादित बन्यो शिक्षामन्त्री भट्टराईको अभिव्यक्ति, जनायो कर्मचारी संगठनले आपत्ति

२८ भदौ ८१, शनिबार

२९ भदौ, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिलाई लिएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

सिटिइभिटीको अध्यक्षसमेत रहेकी मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै संगठनले आपत्ति जनाएको हो । मन्त्री भट्टराईले कर्मचारीलाई लाञ्छना लगाउनु लज्जास्पद भएको निष्कर्ष निकालेको संगठनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मन्त्री भट्टराईले आफू नै अध्यक्ष रहेको र आफ्नै मातहत रहेको संस्थाको बेइज्जत गर्नेगरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिनुभएको छ ।’

शुक्रबार मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिटिइभिटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा, प्रमाणपत्र लगायतका काममा कार्यालय प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र आर्थिक लेनदेनसमेत गरेको गुनासो प्राप्त भएको भनेकी छन् । साथै, सो विषयमा स-प्रमाण जानकारी गराउन पनि उनले आग्रह गरेकी छन् ।

उक्त विषयलाई लिएर संगठनले विज्ञप्ति जारी गरेको हो । सिटिइभिटीका पदाधिकारी र कर्मचारीले आर्थिक चलखेल गरेका भए वा, सोसम्बन्धी सूचना प्राप्त गरेको भए सोझै कारबाही गर्नसक्ने सामर्थ्य मन्त्रीमा रहेको भए पनि सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएर मन्त्रीले संस्था र आफ्नै पनि गरिमा गिराएको संगठनको आरोप छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top