×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ला लिगा लिग फुटबलको अंक तालिकामा रियल मड्रिड शीर्ष स्थानमा

७ आश्विन २०७५

एजेन्सी,असोज ७
स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनालाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले अहिलेसम्म ५ खेलबाट १३ अंक जोडेको छ भने ४ खेलमा अपराजित यात्रा कायम राखेको बार्सिलोना १२ अंकका साथ दोस्रो स्थानमा छ । बर्सिलोना र जिरोनाबीचको खेल आज हुँदैछ ।

Advertisement
Advertisement

आजको खेलको नतिजा बार्सिलोनाको पक्षमा गए फेरि शीर्ष स्थानमा उक्लने छ । शनिबार राति भएको खेलमा रियलले स्पानियोलमाथि १–० को जित दर्ता गरेको थियो ।

रियलको जितमा मार्को एसेन्सियोले एक मात्र निर्णायक गोल गरेका थिए । रियलको घरेलु मैदानमा भएको खेलको ४१औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको स्पानियोलले दोस्रो हाफमा गोल फर्काउन नसक्दा रियलसँग पराजित हुुन बाध्य भयो । शनिबार राति पराजित भएको स्पानियोलले ५ खेलबाट ७ अंक बटुल्दै तालिकाको छैटौ स्थानमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top