दसैंका लागि नोट छापिरहेका एक जनालाई प्रहरीले समात्यो, नोट छाप्ने फोटोकपी मेसिन पनि बरामद

३० भदौ ८१, सोमबार

३१ भदौ, काठमाडौं ।

Advertisement

ललितपुरबाट प्रहरीले नक्कली नोट र नोट छाप्ने फोटोकपी मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय महेश रोक्कालाई पक्राउ गरेको हो ।

हिजो सौगालस्थित रोक्काकै कोठाबाट उनलाई पक्राउ गरिएको परिसरका एससपी नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार कोठाभित्र फोटोकपी मेसिनमार्फत उनले नक्कली नोट छापेका हुन् ।

Advertisement

दसैंमा अरू नोटमा मिसाउने लक्ष्यका साथ उनले फोटोकपी मेसिनमार्फत् नक्कली नोट छापेको प्रहरीलाई बयान दिएका छन् ।

उनको कोठाबाट एक हजार रुपैयाँ दरका ११५ थान नक्कली नोट बरामद गरिएको छ । रोक्कामाथि थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top