आगामी विश्वकपमा पनि अर्जेन्टिनाको कप्तानी मेसीले नै गर्छन् त ?

३० भदौ ८१, सोमबार

३१ भदौ, एजेन्सी । 

समकालीन विश्व फुटबलका महान् हस्तीमध्येका एक लियोनल मेसीको सन् २०२२ अघि एउटै सपना अधुरो थियो । क्लब फुटबलबाट उपलब्धिहरूको चाङ लगाएका मेसीसँग त्यसबेला विश्वकपकाे उपाधि थिएन ।

स्पेनिस क्लब बार्सिलोनाबाट अथक उपलब्धि बनाएका मेसी राष्ट्रका लागि योगदान गर्न नसकेकोमा आलोचित थिए, निराश थिए । सन् २०१६ तिर राष्ट्रिय टोलीबाट सन्न्यास लिने मनसायमा पुगसकेका थिए, मेसी । २७ जुन २०१६ मा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टीमा पराजित हुँदै उपाधिबाट बिमुख भएको थियो ।

Advertisement

त्यसबेला आवेगमा आएमा सन्न्यास लिने मन बनाएका मेसीले पछि आफ्नो धारणा बदले । पुनः राष्ट्रिय टिमसँग जोडिएका उनले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाए । मेसीले अर्जेन्टिनाको सिनियर टिमलाई दिलाएको त्यो नै पहिलो उपाधि थियो ।

त्यसअघि मेसीले सन् २००५ मा यु-२० विश्वकप जितेका थिए भने २००८ मा भएको बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।

कोपा जिते पनि उनको सपना थियो, विश्वकप जित्ने । सन् २०१४ मा पनि विश्वकपको उपाधिनजिक पुगेको अर्जेन्टिना जर्मनीसँग स्तब्ध हुँदा मेसीको सपना अधुरै रहेको थियो ।

तर, कतारमा भएको विश्वकपमा भने अर्जेन्टिना फ्रान्सलाई स्तब्ध बनाएर विश्वविजेता बनेपछि मेसीको सपना पूरा भयो । खेल करिअरको करिब-करिब अन्त्यतिर पुगेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिन्छन् कि भन्ने चासो चिन्ता सबैलाई छ ।

पछिल्लो समय चोटका कारण निरन्तर मैदानबाहिर बस्नु परेपछि मेसीको अन्तर्राष्ट्रिय खेल जीवनको विषयमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ । केही फुटबल विश्लेषकले छिट्टै नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने आशंकासमेत व्यक्त गरेका छन् ।

३७ वर्षीय मेसीले आगामी विश्वकपअघि नै सन्न्यास लिएमा अर्जेन्टिनाको कप्तानी कसले गर्छ भन्ने कौतूहल पनि सबैमाझ छ । यसबीचमा अर्जेन्टिनी फुटबलर हुवाँ रोमन रिक्वेल्मले सन् २०२६ को विश्वकपमा पनि लियोनल मेस्सीले नै अर्जेन्टिनी टोलीको कप्तानी गर्ने धारणा व्यक्त गरेका छन् ।

आफ्नो समयका प्रभावशाली खेलाडी अर्जेन्टिनी पूर्वमिडफिल्डर हुवाँ रोमन रिक्वेल्मले मेसीको खेलको प्रशंसा गर्दै यस्तो बताएका हुन् । लामो समय मैदानबाहिर रहे पनि मेसीले आफ्नो लय नगुमाएको बताउँदै रिक्वेल्म भन्छन्, ‘उनी झनै आक्रामक बनेर मैदानमा फर्किएका छन् । मेरो विचारमा सन् २०२६ को विश्वकपमा पनि उनले नै अर्जेन्टिनी टोलीको नेतृत्व गर्नेछन् ।’

मेसीले तत्काल राष्ट्रिय टोलीबाट सन्न्यास लिने कुनै सम्भावना नरहेको उनको दाबी छ । ‘लामो खेल जीवनमा खेलाडी घाइते हुनु सामान्य कुरा हो । तर, मेसी अझै लयमा छन् । उनी समकालीन विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले अझै मैदानमा थुप्रै जादु देखाउन बाँकी छ ।’

चोटका कारण दुई महिना मैदानबाहिर रहेर पुनरागमन गरेको खेलमा नै मेसीले दुई गोल गर्दा उनी आबद्ध इन्टर मियामीले सहज जित आत्मसात् गरेको थियो । अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा मियामीले फिलाडेल्फियालाई ३–१ गोलले हराएको थियो ।

त्यससँगै मेसी मेजर लिगका पछिल्ला आफूले खेलेका १९ खेलमा १५ गोल र १६ असिस्ट गर्ने पहिलो खेलाडी बने । मेसीले जारी सिजनमा १३ मात्र खेल खेल्दा १४ गोल र १० असिस्ट गरेका छन् । सन् २०२४ मा उनले मियामीका सबै प्रतियोगितामा गरी २९ खेलमा २५ गोल गर्दा १६ गोलमा पास मिलाएका थिए ।

यसअघि बार्सिलोना र पिएसजीका लागि खेलेका मेसीले सबै क्लबमा ७३१ गोल र ३२० असिस्ट गरेका छन् । समग्र फुटबल करिअरमा ८४० गोल गरेका मेसीले ३७५ गोलमा पास मिलाइदिएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top