जुम्लाको स्याउले बजार नपाएको भन्दै ज्ञानेन्द्र शाहीले सभामुखलाई दिए उपहार

३० भदौ ८१, सोमबार

३१ भदौ, काठमाडौं ।

Advertisement

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा जुम्लाको स्याउले बजार नपाएको भन्दै शाहीले सभामुख देवराज घिमिरेलाई उपहार दिएका हुन् ।

जुम्लाको स्याउले बजार नपाएको भन्दै ध्यानाकर्षण गराउन उनले विदेशबाट आयात गरिएको र जुम्लाबाट ल्याएको स्याउ उपहार दिएका हुन् । शाहीले सरकारले जुम्लाका कृषकप्रति चरम बेवास्ता गरेका कारण ध्यानाकर्षण स्वरूप स्याउ उपहार दिएको बताएका हुन् ।

Advertisement

‘३५४ रुपैयाँ प्रतिकिलोको विदेश स्याउमा धेरै प्रकारका विषादी प्रयोग गरिएको छ, नखानु होला,’ उनले भने । जुम्लाका किसानको स्याउ ७० रूपैयाँमा पनि नबिकेकोमा उनले सरकारप्रति आक्रोश व्यक्त गरे ।

‘झण्डा हल्लाउन सरकार चलाउने ? जुम्लाका किसानले ५० करोडको स्याउ उत्पादन गरेका छन् । तर हामीले ६ अर्बको स्याउ निलेर ल्याउँछौं’ प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित बैठकमा शाहीले भने, ‘के फेसबूकका सन्देश लेखेर देश बन्छ ?’

Advertisement

शाहीले यसअघिको बैठकमा पनि स्याउ ढुवानीमा अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top