रवि भन्छन्-सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो

३० भदौ ८१, सोमबार

३१ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भन्दै सहकारीको विषयमा आफू गलत नभएको बताएका हुन् ।

रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको उनको भनाइ छ । उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं । व्यक्ति केन्द्रीत गरेर राजनीतिक खेल खेल्ने काम नगरौं भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौं ।’

Advertisement

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागिदार हुने उनले स्पष्ट पारे । उनले विषयमा पीडित बचतकर्ताहरुलाई प्राथमिकता दिनुपर्ने ठाँउमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि स्पष्ट पारे ।

‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन् भन्ने कुरा स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुदैँन् । त्यसकारण आएका कुरालाई एम्डीका रुपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ । तर मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो । रवि लामिछानेसँग जोडेर लाखौं सहकारी पीडितमाथि पाप भएको छ । पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन् । तर आज विषय म हुनुपर्ने थिएन,’ उनले थपे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top