×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अल–कायदा, इस्लामिक स्टेट र वाग्नरको चक्रब्यूमा माली

४ आश्विन २०८१

४ असोज , एजेन्सी ।

मालीमा ठूलो हताहती हुने गरीको घातक जिहादी आक्रमण भएको छ । राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा सयौं मानिसहरु प्रभावित भएका छन् । ७७ बढीको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् ।

Advertisement
Advertisement

पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्ख्या लगभग एक सय पुगेको र ८१ जनाको नाम सूचीकृत गरेको एउटा प्रमाणित गोप्य आधिकारिक दस्तावेजले जनाएको छ ।

बिहीबारको ले सोइर दैनिकले त्यस दिन करिब ५० जना सैनिक प्रहरी विद्यार्थीको अन्त्येष्टि गरिने जनाएको छ । मालीको सैनिक नेतृत्वले अहिलेसम्म भएको आक्रमणमा मारिनेको स्पष्ट सङ्ख्या सार्वजनिक गरेको छैन । यो आक्रमणको दाबी अल–कायदा सम्बद्ध समूह ग्रुप टु सपोर्ट इस्लाम एन्ड मुस्लिम्स (जेएनआइएम) ले गरेको छ ।

विशेषज्ञहरूका अनुसार यो आक्रमण वर्षौंमा आफ्नो प्रकारको पहिलो थियो र यसले सत्तारूढ जुन्टालाई निकै ठूलो धक्का पुर्याएको छ । मालीको केही भागमा करिब दैनिक रूपमा हुने यस्ता किसिमको आक्रमणबाट राजधानी बामाको सामान्यतया जोगिने गरेको छ ।

जनरल स्टाफले मङ्गलबार राति विशेषगरी सैन्य प्रहरी केन्द्रका कर्मचारीहरूको जीवन क्षति भएको स्वीकार गरेको छ । जेएनआइएमले रुसी अर्धसैनिक समूह वाग्नरका सदस्यसमेत संलग्न रहेका उसका केही दर्जन लडाकूहरूले विरोधी पङ्क्तिका ‘सयौँ’ मानिसलाई मारेको र घाइते बनाएको दाबी गरेको छ ।

यो हमला जुन्टा नेतृत्वको माली, नाइजर र बुर्किना फासोले आफ्नो पृथक समूह अलायन्स अफ साहेल स्टेट्स (एइएस) को स्थापना गरेको एक वर्ष पूरा भएको दिनपछि भएको हो । सन् २०२० देखि लगातार सैन्य विद्रोहपछि तीन वटै मुलुक सैन्य शासनको अधीनमा छन् र जनवरीमा उनीहरूले क्षेत्रीय ब्लक इसिओडब्लुएएससँगको सम्बन्ध तोड्ने घोषणा गरे ।

Advertisement

मालीलाई सन २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न गुटहरूले ध्वस्त बनाएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top