×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

जिबीलाई पक्रिन १० दिन मलेसिया बसेको थियो प्रहरी, तर रित्तो फर्कियो

४ आश्विन २०८१

४ असोज , काठमाण्डौ ।

गोरखा मिडियाका सञ्चालकसमेत रहेका सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीबाट करोडौं रकम अपचलन भएको प्रकरणमा मुख्य अभियुक्त गितेन्द्रबाबु राई (जिबी)लाई खोज्न नेपाल प्रहरी मलेसिया गएको खुलेको छ । सहकारी ठगी बारे छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

Advertisement
Advertisement

उक्त प्रतिवेदनमा जनाइए अनुसार राईको खोजीमा नेपाल प्रहरीका अधिकारी १० दिन मलेसियामा रहेको भए पनि उनलाई फेला पार्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राईलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयको स्वीकृतिपछि भदौ ७ गते एक जना प्रहरी उपरीक्षक र एक जना प्रहरी नायब निरीक्षक मलेसिया गएका थिए ।

उनीहरू १० दिन बसेर भदौ १७ गते मलेसियाबाट फिर्किएका थिए । मलेसियामा गई नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीहरूसँगको अनौपचारिक भेटघाटबाट यस विषयमा उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी बताइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मलेसियन प्रहरीसँग फोनमा सम्पर्क गरी जानकारी माग गर्दा मलेसियन प्रहरीले निजको विषयमा कूटनीतिक तहमा छलफल भइरहेकोले यस विषयमा केही डिस्क्लोज गर्न नमिल्ने बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘मलेसियामा गई नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीहरूसँगको अनौपचारिक भेटघाटबाट यस विषयमा उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी बताइएको, एनसिबी काठमाडौंबाट एनसिबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत् प्रतिवादीसम्बन्धी थप जानकारीहरू माग गरिएकोमा कुनै जबाफ नआएपछि फोनमा सम्पर्क गरी जानकारी माग गर्दा मलेसियन प्रहरीले निजको विषयमा कूटनीतिक तहमा छलफल भइरहेकोले यस विषयमा केही डिस्क्लोज गर्न नमिल्ने बताएको,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिवेदनमा सहकारी ठगीमा कास्कीमा थुनामा रहेका कुमार रम्तेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट पैसा लगेको बयान दिएका छन् । उनले रवि लामिछानेको नाममा पनि सहकारीको पैसा गएको ठोकुवा गरेका छन् ।

संसदीय छानबिन समितिले गरेको सोधपुछका क्रममा रम्तेलले आफ्नो नाममा खडा गरिएको ऋण कृत्रिम भएको उल्लेख गरेका छन् । रम्तेलले आफूले चिनेको रवि लामिछाने पूर्व गृहमन्त्री रवि लामिछाने नै भएको बताएका छन् ।

‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले यो यो कुरा पुष्टि हुन्छ,’ रम्तेलले बयानमा भनेका छन्,‘त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने नै हुन् भन्न्ने कुरा यकिन साथ भन्न सक्छु ।’

रम्तेलले ग्यालेक्सी टीभी अवस्था विग्रिनुमा रवि लामिछाने कारण रहेको बयानमा भनेका छन् । नारायणगढ– बुटवल खण्डको दबाब यात्रामा लामिछाने रहेको बेला दीपक बोहोरा मार्फत फोन गरेर उक्त बताएको उनले बयानमा भनेका छन् ।

पाँच वर्ष टिभीमा काम गर्ने सहमति गरेर लामिछानेले वीचमै छोडेको रम्तेलको बयानमा छ । रम्तेल सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको कोषाध्यक्ष, समानताको सचिव थिए । रम्तेल हाल कास्कीमा थुनामा छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top