पृथ्वीले पाउने भयो दुई वटा चन्द्रमा, कति दिनसम्म रहन्छ ?

६ असोज, एजेन्सी ।

विज्ञान भन्छ, यो ब्रम्हाण्ड रहेसम्म पृथ्वी, सूर्य र चन्द्रमा रहिरहनेछन् । अहिलेसम्मको वैज्ञानिक खोजमा सूर्य,चन्द्र र पृथ्वीको विकल्प भेटिएका छैनन् । कृतिम रुपमा चाँहे सूर्य किन नबनोस् तर प्राकृतिक रुपमा पृथ्वी , सूर्य र चन्द्रमाको स्थान अरु कसैले लिन सकेका छैनन् ।

चीनले सूर्यभन्दा कयौ गुणा तेज ताप दिने कृतिम सूर्यको विकास गरिरहेको अवस्थामा पृथ्वीले दोस्रो प्राकृतिक भूउपग्रहका रूपमा सानो चन्द्रमा पाउने भएको छ । ब्रम्हाण्डमा अर्काे चन्द्रमा ? त्यो कसरी संभव होला ।

Advertisement

पृथ्वीले क्षुद्र ग्रहलाई चन्द्रमाका रुपमा पाउने भएको हो । यो करिव २ महिना पृथ्वीको सानो चन्द्रमाका रूपमा पृथ्वीको कक्षमा रहने छ । करिब १० मिटर चौडाइको यो क्षुद्रग्रह सेप्टेम्बर २९ मा पृथ्वीको उपग्रह बन्ने देखिएको छ ।

यो क्षुद्रग्रह २०२४पीटी५ ले ५६.६ दिनमा एकपटक पृथ्वीको परिक्रमा गर्नेछ । त्यसपछि नोभेम्बर २५ मा पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रबाट बाहिरिनेछ । २०२४पीटी५ले ४५ लाख किलोमिटर टाढाबाट पृथ्वीको परिक्रमा गर्नेछ ।

Advertisement

त्यो पृथ्वी र चन्द्रमामाको तुलनामा १० गुणाभन्दा बढी टाढा हो । यसको गति तीन हजार ५४० किलोमिटर प्रतिघण्टा रहनेछ । गएको महिना मात्र पत्ता लागेको २०२४पीटी५ ‘अर्जुन एस्ट्रोइड बेल्ट’को क्षुद्रग्रह हो ।

पृथ्वीको कक्षमा एक फन्को लगाएपछि यो अर्जुन क्षुद्रग्रह बेल्टमै जाने बताइएको छ । कैयौँ सानाठूला अन्तरिक्ष चट्टान वा एस्ट्रोइड मिलेर बनेको अर्जुन क्षुद्रग्रह बेल्टले करिब १५ करोड किलोमिटर टाढाबाट सूर्यको परिक्रमा गर्छ ।

त्यो लगभग सूर्यबाट पृथ्वीको दूरीसमान हो । सन् २०२५ जनवरी ९ मा २०२४पीटी५ पृथ्वीबाट फेरि १८ लाख किलोमिटर टाढा देखिने र त्यसपछि आफ्नै बेल्टमा फर्कने बताइएको छ । सन् २०५५ नोभेम्बरमा फेरि फिर्ता आउने तर झनै टाढा करिब ५८ लाख किलोमिटर पर रहने अनुमान गरिएको छ ।

गएको अगस्ट ७ मा एस्ट्रोइड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अर्लट सिस्टमबाट २०२४पीटी५ पत्ता लागेको थियो । त्यसको अघिल्लो दिन यो पृथ्वीबाट निकै नजिक पाँच लाख ६७ हजार किलोमिटर टाढाबाट गएको थियो ।

यसअघि, २०२४पीटी५ सन् २००३ फेब्रुअरी, १९८२ अप्रिल र १९६० मार्चमा पृथ्वीनजिक आएको ठानिएको छ । यसपछि सन् २०५५ नोभेम्बर र २०८४ जनवरीमा पनि पृथ्वीनजिक आउने अनुमान गरिएको छ ।

सूर्यको परिक्रमा गरिरहेका बेला गुरुत्वाकर्षण बलको असन्तुलनका कारण क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रभित्र आउने स्थिति बन्छ । यस्ता घटना पृथ्वीमा निकै दुर्लभ र दशकौँमा हुने गरेको बताइएको छ ।

यो निकै सानो र मधुरो भएका कारण खुला आँखा वा सामान्य टेलिस्कोप र दूरबिनबाट भने देखिने छैन । यसलाई २२ म्याग्निच्युड भएको एडभान्स्ड अब्जर्भेटरीबाट मात्रै हेर्न सकिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top