भेन्टिलेसन तोडेर भागे ९ जना अभियुक्त

६ असोज ८१, सोमबार

७ असोज, काठमाण्डौ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट नौ जना थुनुवा फरार भएका छन् । आज बिहान साढे ३ देखि ४ बजेको समयभित्र पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएअनुसार ९ जना थुनुवा फरार भएका हुन् । उनले फरार नौ जनामध्ये सत्यम झा नामका थुनुवालाई भने जनकपुरको जनकचोकबाट पक्राउ गरिएको पनि जानकारी दिए ।

Advertisement

बाँकी फरारहरुको खोजी कार्य चलिरहेको पनि उनले बताए । फरार थुनुवा लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत पक्राउ परेका थिए । फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन् ।

यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन् । थुनुवा कक्षको ड्युटीमा एकजना प्रहरी बसेका अवाले बताए ।

Advertisement

‘हिरासत कक्षको फलामको डण्डीहरु तोडेर उनीहरु भागेको छेखिन्छ,’ उनले भने । फरार भएका थुनुवाहरूको खोजीका लागि सम्भावित ठाउँमा बिहानैदेखि ‘सर्च’ अभियान चलाएको उनले बताए । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top