×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

भोलिदेखि लगातार पानी पर्ने, मेघ गर्जनसहित वर्षाको सम्भावना

७ आश्विन २०८१

७ असोज, विराटनगर ।

लगातार केही दिन यता तराईका जिल्लामा अत्यधिक गर्मी भइरहेको अवस्थामा आजरातिदेखि वर्षाको संभावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement
Advertisement

दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। त्यस्तै देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा राति मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको हुने पनि पूर्वानुमान छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोछ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ । अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिएको भए पनि यो वर्ष लम्बिएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन् ।

मंगलवार देशभर आंशिकदेखि साधरणतया बदली रहने, अधिकांश भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । विभागले बुधबारसम्म वर्षाको संभावना रहेको जनाएको छ ।

मंगलबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै बुधबार कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो वर्ष दशैँसम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले पनि यो वर्ष दसैँसम्म मनसुन बाहिरिने सम्भावना कम देखिएको उल्लेख गरेका छन् ।

केही दिनयता भने तराईका जिल्लाहरुमा अत्यधिक गर्मी भइरहेको छ । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथिसम्म तापक्रम मापन गरिएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top