NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best UK Casino Bonuses & Welcome Offers December 2025 बुधबार पुस ९ , २०८२
Bet With Real Money बुधबार पुस ९ , २०८२
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

इजरेलसँग डरायो इरान, अब कुनै संचार उपकरण नचलाउने

मङ्लबार अशोज ८ , २०८१
Reading Time: 1 min read
A A
इरान आइलागे आफू पनि जाइलाग्ने इजरेलको धम्की

Iran and Israel flags together. Iran and Israel conflict.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ असोज , एजेन्सी ।

लेबनानमा रहेका हिजबुल्ला लडाकाहरुले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट भएपछि त्यसको कम्पन इरानसम्म पुगेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले आफ्ना सबै सदस्यलाई कुनै पनि प्रकारका संचार उपकरण प्रयोग नगर्न उर्दी जारी गरेको छ।

लेबनानमा हिजबुल्लाह सदस्यले प्रयोग गरेको पेजर र वाकी–टकी विस्फोट पछि रिभोलुसनरीले यस्तो उर्दी जारी गरेको हो। यो विस्फोटको आरोप इजरेलमाथि लगाइएको छ । तर इजरेलले अहिलेसम्म यस विस्फोटको जिम्मा भने लिएको छैन् ।

लेबनानमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इरानले इजराइलमाथि आक्रमण गराउने गरेको आरोप लाग्दै आएको छ । इजराइलले गत हप्ता पेजर र वाकी–टकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस पारेपछि इरान पनि सचेत भएको हो।

समाचार संस्था रोयटर्सले दुई वरिष्ठ इरानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै आइआरजिसीले आफ्ना सबै उपकरणको परीक्षण सुरू गरेको जनाएको छ। आफ्ना प्रायः सबै उपकरण इरानमै बनेको वा इरानको राम्रो सम्बन्ध भएको चीन र रूसमा बनेको भए पनि इजराइलले जासुस प्रयोग गरेर त्यसमा छेडखानी गरेको छ कि भनेर आइआरजिसीले परीक्षण सुरू गरेको हो।

सञ्चार उपकरण प्रयोगमा बन्देज लगाएपछि झण्डै दुई लाख सुरक्षाकर्मी भएको आइआरजिसीले सञ्चारका अहिले के गरिरहेको छ भनेर खुलाएको छैन। तर ती अधिकारीहरूले जनाए अनुसार तत्कालका लागि धेरै सुरक्षित ’मेसेजिङ सिस्टम’ प्रयोग गरिरहेको रोएटर्सले लेखेको छ।

आइआरजिसीले आफ्ना मध्य र उच्च ओहोदाका अधिकारीले इजराइलका लागि जासुसी गरिरहेका छन् कि भनेर उनीहरूको स्वदेशी र विदेशी बैंक खाता पनि हेरिरहेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेका हमासका शीर्ष नेता इस्माइल हनियाको जुलाई ३१ मा इजराइलले हत्या गरेको थियो।

तेहरानको सम्पन्न मानिसहरू बस्ने इलाकामा रहेको नेशत भनिने आइआरजिसीको गेस्ट हाउसमा हनियाको हत्या भएको थियो। द न्यूयोर्क टाइम्सका अनुसार उनको हत्या गर्न इजराइलले करिब दुई महिनाअघि सो गेस्ट हाउसमा बम पु¥याएको थियो।

पछि रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको हो। विशिष्ट विदेशी पाहुना राख्न प्रयोग गरिने आइआरजिसीको गेस्ट हाउसमै हनियाको हत्या भएको थियो। यसपछि इसराइलले आइआरजिसीमा व्यापक घुसपैठ गरेको खुलासा भएको थियो।

गत जुलाइ ३० मा बेरूतमा एउटा आवासीय भवनमा हवाइ आक्रमण गरेर इजराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। अकिल पनि शुक्रजस्तै हिजबुल्लाहको सैन्य दस्ताको संस्थापक मध्ये एक हुन्।

शुक्रको हत्यापछि अकिलले उनको जिम्मेवारी पूरा गरिरहेको मानिन्थ्यो। यसरी इजरायलले लगातार प्रहार गरेपछि हिजबुल्लाहले पनि जबाफी आक्रमण गरेको थियो । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलाको बदलामा इसरायलले सैन्य कारबाही थालेको थियो। त्यसयता हिजबुल्लाहले इजराइलमा लगातार रकेट प्रहार गरिरहेको छ।

तर पछिल्लो आइतबार हिजबुल्लाले प्रहार गरेको मिसाइल इजरेलभित्रै पुगेपछि इजरेल हिजबुल्लाविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । मंगलबार गरिएको आक्रमणका हिजबुल्लाह तर्फ ठूले क्षति भएको छ ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १६ सय बढी घाईते भएका छन्। हिजबुल्लाहले हमासको समर्थनमा इजरायलमाथि लगातार प्रहार गरिरहेको छ। यो आक्रमण रोक्न कूटनीतिक प्रयास भइरहेको छ। तर हमासले गजामा इजरायली हमला नरोकिएसम्म आफ्नो आक्रमण जारी रहने बताउँदै आएको छ ।

वाकी–टकी विस्फोट र भारी बमबारीपछि इजराइलले लेबनानमा हिजबुल्लाहमाथि कडा आक्रमण जारी राखेको छ । नयाँ युद्धको संभावना बढेपछि अमेरिकाले इजरायललाई हिजबुल्लाहसँग युद्ध सुरू नगर्न सुझाएको छ ।

इजरायल र हिजबुल्लाहबीच द्वन्द्व बढेको अवस्थामा लेबनानको पक्षमा जोर्डन उभिएको छ । त्याहाको राज्य समाचार एजेन्सीका अनुसार राजा अब्दुल्ला द्वितीयले इजरायलको युद्धको सामना गर्दा लेबनान, यसको सुरक्षा, सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको सुरक्षाको लागि पूर्ण समर्थन रहने बताएका छन् ।

Tags: #इजरेलसँग डरायो इरान#रिभोलुसनरी गार्ड

लोकप्रीय

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

विचार

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

थप समाचार

Casino

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२
Casino

Bet With Real Money

बुधबार पुस ९ , २०८२
Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.