इजरेलसँग डरायो इरान, अब कुनै संचार उपकरण नचलाउने

८ असोज , एजेन्सी ।

लेबनानमा रहेका हिजबुल्ला लडाकाहरुले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट भएपछि त्यसको कम्पन इरानसम्म पुगेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले आफ्ना सबै सदस्यलाई कुनै पनि प्रकारका संचार उपकरण प्रयोग नगर्न उर्दी जारी गरेको छ।

लेबनानमा हिजबुल्लाह सदस्यले प्रयोग गरेको पेजर र वाकी–टकी विस्फोट पछि रिभोलुसनरीले यस्तो उर्दी जारी गरेको हो। यो विस्फोटको आरोप इजरेलमाथि लगाइएको छ । तर इजरेलले अहिलेसम्म यस विस्फोटको जिम्मा भने लिएको छैन् ।

Advertisement

लेबनानमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इरानले इजराइलमाथि आक्रमण गराउने गरेको आरोप लाग्दै आएको छ । इजराइलले गत हप्ता पेजर र वाकी–टकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस पारेपछि इरान पनि सचेत भएको हो।

समाचार संस्था रोयटर्सले दुई वरिष्ठ इरानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै आइआरजिसीले आफ्ना सबै उपकरणको परीक्षण सुरू गरेको जनाएको छ। आफ्ना प्रायः सबै उपकरण इरानमै बनेको वा इरानको राम्रो सम्बन्ध भएको चीन र रूसमा बनेको भए पनि इजराइलले जासुस प्रयोग गरेर त्यसमा छेडखानी गरेको छ कि भनेर आइआरजिसीले परीक्षण सुरू गरेको हो।

Advertisement

सञ्चार उपकरण प्रयोगमा बन्देज लगाएपछि झण्डै दुई लाख सुरक्षाकर्मी भएको आइआरजिसीले सञ्चारका अहिले के गरिरहेको छ भनेर खुलाएको छैन। तर ती अधिकारीहरूले जनाए अनुसार तत्कालका लागि धेरै सुरक्षित ’मेसेजिङ सिस्टम’ प्रयोग गरिरहेको रोएटर्सले लेखेको छ।

आइआरजिसीले आफ्ना मध्य र उच्च ओहोदाका अधिकारीले इजराइलका लागि जासुसी गरिरहेका छन् कि भनेर उनीहरूको स्वदेशी र विदेशी बैंक खाता पनि हेरिरहेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेका हमासका शीर्ष नेता इस्माइल हनियाको जुलाई ३१ मा इजराइलले हत्या गरेको थियो।

तेहरानको सम्पन्न मानिसहरू बस्ने इलाकामा रहेको नेशत भनिने आइआरजिसीको गेस्ट हाउसमा हनियाको हत्या भएको थियो। द न्यूयोर्क टाइम्सका अनुसार उनको हत्या गर्न इजराइलले करिब दुई महिनाअघि सो गेस्ट हाउसमा बम पु¥याएको थियो।

पछि रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको हो। विशिष्ट विदेशी पाहुना राख्न प्रयोग गरिने आइआरजिसीको गेस्ट हाउसमै हनियाको हत्या भएको थियो। यसपछि इसराइलले आइआरजिसीमा व्यापक घुसपैठ गरेको खुलासा भएको थियो।

गत जुलाइ ३० मा बेरूतमा एउटा आवासीय भवनमा हवाइ आक्रमण गरेर इजराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। अकिल पनि शुक्रजस्तै हिजबुल्लाहको सैन्य दस्ताको संस्थापक मध्ये एक हुन्।

शुक्रको हत्यापछि अकिलले उनको जिम्मेवारी पूरा गरिरहेको मानिन्थ्यो। यसरी इजरायलले लगातार प्रहार गरेपछि हिजबुल्लाहले पनि जबाफी आक्रमण गरेको थियो । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलाको बदलामा इसरायलले सैन्य कारबाही थालेको थियो। त्यसयता हिजबुल्लाहले इजराइलमा लगातार रकेट प्रहार गरिरहेको छ।

तर पछिल्लो आइतबार हिजबुल्लाले प्रहार गरेको मिसाइल इजरेलभित्रै पुगेपछि इजरेल हिजबुल्लाविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । मंगलबार गरिएको आक्रमणका हिजबुल्लाह तर्फ ठूले क्षति भएको छ ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १६ सय बढी घाईते भएका छन्। हिजबुल्लाहले हमासको समर्थनमा इजरायलमाथि लगातार प्रहार गरिरहेको छ। यो आक्रमण रोक्न कूटनीतिक प्रयास भइरहेको छ। तर हमासले गजामा इजरायली हमला नरोकिएसम्म आफ्नो आक्रमण जारी रहने बताउँदै आएको छ ।

वाकी–टकी विस्फोट र भारी बमबारीपछि इजराइलले लेबनानमा हिजबुल्लाहमाथि कडा आक्रमण जारी राखेको छ । नयाँ युद्धको संभावना बढेपछि अमेरिकाले इजरायललाई हिजबुल्लाहसँग युद्ध सुरू नगर्न सुझाएको छ ।

इजरायल र हिजबुल्लाहबीच द्वन्द्व बढेको अवस्थामा लेबनानको पक्षमा जोर्डन उभिएको छ । त्याहाको राज्य समाचार एजेन्सीका अनुसार राजा अब्दुल्ला द्वितीयले इजरायलको युद्धको सामना गर्दा लेबनान, यसको सुरक्षा, सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको सुरक्षाको लागि पूर्ण समर्थन रहने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top