Nepal Times
Nepal Times
3
Shares

ताइवानमा जापानी जहाज

ताइवानमा जापानी जहाज

१० वैशाख ,एजेन्सी ।

ताइवानलाई लिएर चीन र अमेरिकाको तनावका बीच अब जापान पनि चीनलाई चिढ्याउन ताइवान नजिक पुगेको छ । जापानका युद्ध पानीजहाज पहिलोपटक ताइवान क्षेत्रमा पुगेका छ ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार बुधबार युद्ध पानीजहाज ताइवान क्षेत्रमा पुगेको हो । दक्षिण चीन सागरमा भएको सैन्य अभ्यासको लागि युद्ध पानीहाज ताइवान क्षेत्र हुँदै पुगेको बताइएको छ ।

जापानीसँगै अष्ट्रेलियाली र न्यूजिल्याण्डका युद्ध पानीजहाजहरु पनि सँगै भएको बीबीसीले जापानी मिडियाहरुलाई साभार गरेर उल्लेख गरेको छ । ताइवान टापु क्षेत्रमा युद्ध पानीजहाज चलाउँदा चीन बिच्किने भनेर जापानले यस अगाडि यो रुट प्रयोग नगरेको बताइएको छ ।

बुधबारको घटनामा जापान, चीन, ताइवान कसैले पनि औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.