NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’ सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ? सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
Next
Prev

समाचार

नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

शुक्रबार अशोज ११ , २०८१
Reading Time: 1 min read
A A
नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ असोज, एजेन्सी ।

अमेरिकाको न्युर्योकमा मुख्यालय रहेको संयुक्त राष्ट्र संघको ७९ औं महासभा जारी छ । महासभामा विश्वका यसका सदस्यराष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा प्रतिनिधि महासभामा भाग लिन अमेरिका पुगेका छन् ।

महासभाले जुराईदिएको यो अवसरको विश्वका नेताहरुले भरपूर सदुपयोग गर्ने गरेका छन् । यसरी महासभाको दौरान आफ्ना साइडलाइन भेटवार्ता गरेर देश अनुकुल वातावरण बनाउने कामलाई नेपालको नेतृत्व गर्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिरहेका छन् ।

अमेरिका पुगेदेखि भेटवार्ता र अन्तराष्ट्रिय फोरमहरुमा सहभागिता जाइरहेका ओली र देउवा निक्कै ब्यस्त देखिएका छन् । अहिलेसम्म प्रधानमन्त्रीले एक दर्जन विभिन्न मैत्रीपूर्ण सम्बन्ध भएका देश र विभिन्न अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिहरुसँग भेटवार्ता गरिसकेका छन् ।

त्यही हाराहारीको भेटवार्तामा परराष्ट्र मन्त्री आरजु पनि ब्यस्त देखिएकी छन् । उनी प्रधानमन्त्रीका हरेक जसो भेटवार्तामा सरिक छिन् भने आफूले समेत एकल रुपमा छुट्टै भेटवार्ता समेत गर्दै आएकी छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा संघसंस्थाहरुका प्रतिनिधिहरुसंग भेटवार्ता जारी राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली,प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच पनि भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । यस्तै प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरिफबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशको सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भएको छ । यस्तै दुई पक्षीय व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवर्धन गर्ने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै ओलीले चीनका विदेशमन्त्री वाङ यीसँग पनि शिष्टाचार भेट वार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरेको सचिवालयले जनाएको छ ।

चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताएका छन् । यसैगरी प्रधानमन्त्री ओलीसँग कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनले पनि भेटवार्ता गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीसँग न्युयोर्कमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआईडी) का प्रमुख प्रशासक सामन्था पावरले भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले र विश्व बैंक समूहका अध्यक्ष बंगाले नेपाल र विश्व बैंकबीच सहकार्यको बारेमा कुराकानी भएको थियो । यस्तै प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि आज भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच पनि भेटवार्ता भएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए । उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

यस्तै प्रधानमन्त्री ओलीसँग संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वालले भेट गरेकी छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ ।

यसअघि ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससंग भेटवार्ता गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीसँग संयुुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरेका थिए ।

भेटमा मानव अधिकार उच्चायुक्त टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका थिए ।

असोज ५ गते अमेरिका पुगेका ओलीले ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता समेत गरेका थिए । यस्तै परराष्ट्रमन्त्रीले पनि भेटवार्तालाई घनिभूत बनाएकी छन् । उनले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग साइडलाइनमा द्विपक्षीय वार्ता गरेकी छन् ।

यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् । यस्तै आरजुले अमेरिकी राज्य विभागका राजनीतिक मामिलाका लागि कार्यवाहक उपसचिव जोन बाससँग समेत भेटवार्ता गरेकी छन् ।

उनले राष्ट्रसंघीय उपमहासचिव तथा ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुससँग समेत भेटवार्ता गरेकी छन् । राणाले महासभा बैठककै दौरान विश्वका मन्त्रीस्तीय बैठकमा समेत सहभागिता जनाएकी छन् ।

कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई आग्रह गरेकी छन् । महासभाका दौरान भएको विश्वका शक्तिशाली २० मुलुकहरुको विदेशमन्त्रीस्तरीय बैठकमा एलडीसीको अध्यक्षको हैसियतले बोल्दै परराष्ट्रमन्त्री राणाले एलडीसी मुलुकहरूलाई सहयोग बढाउनको लागि जी–२० मुलुकहरूलाई आग्रह गरेकी हुन् ।

आरजुले समाजवादी अन्तर्राष्ट्रिय वार्षिक अध्यक्ष मण्डलको बैठकलाई समेत सम्बोधन गरेकी छन् । यस्तै परराष्ट्रमन्त्री डा. देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन्।

त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् ।

आरजु र सर्बियाका विदेश मन्त्री मार्को जुरिकबीच पनि भेटवार्ता भएको छ । जुन भेटवार्तामा नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर गरेको छ ।

यसबीचमा आरजुले जमर्नी, इन्डोेनेसिया र ब्रुनाइका विदेशमन्त्रीहरुसँग समेत भेटवार्ता गरेकी छन् ।प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागतमा आयोजित कार्यक्रम सुरक्षा र ब्यस्ततताका कारण भन्दै स्थगित हुनु बाहेक प्रधानमन्त्री र परराष्ट्र मन्त्री यसअघिका नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्री भन्दा भेटवार्ताका देष्टिकोणबाट निक्कै ब्यस्त देखिएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली भने आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Tags: # नेपालका प्रधानमन्त्री#प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण#विश्वका नेतासँग ओलीको भेट

लोकप्रीय

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

सोमवार मंसिर २९ , २०८२

विचार

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’
अन्तर्राष्ट्रिय

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे
ताजा समाचार

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.