NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

सुस्ताबासीका दुःखका दिन गए, बल्यो बिजुली,बन्यो पुल

शुक्रबार अशोज ११ , २०८१
Reading Time: 1 min read
A A
सुस्ताबासीका दुःखका दिन गए, बल्यो बिजुली,बन्यो पुल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ असोज, विराटनगर।

नेपालको पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। यो पुलले वर्षाैदेखि नेपाली भएर पनि भारतीय बाटो भएर देश भित्रिनु पर्दाको सुस्ताबासीको पीडामा मलम लगाएको छ ।

सुस्ताबासीले पहिलोपटक आफ्नै देश आउन झोलङ्गे पुल पाएका छन् । नारायणी नदीको घेरिएर रहेको सुस्ता भारतीयको चेपुवामा परेर रहेको बस्ती हो । भारतीय अतिक्रमणले जति नेपालीको मन चस्काएको छ त्यसभन्दा बढी सुस्तावासीले पीडा भोगेका छन् ।

भूगोलमा ठगिएका यहाँका स्थानीय आफ्नै पालिका, जिल्ला सदरमुकाम, मात्रै होइन उपचार र अध्ययनका लागिसमेत भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका थिए । अहिलेपनि लालपूर्जा र नागरिकता नभएका स्थानीय अब आफ्नै देशभित्र भित्रिन भने भारतको बाटो प्रयोग गर्नैपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

सुस्तामा बनेको पुलको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेलले सुस्तामा बस्ती बसेको झण्डै ६० वर्षपछि पुल बन्न सकेको बताए। एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडाइको पुलले सुस्ता वडा नम्बर ५ को दायाँ किनारमा रहेको सकरदिनही र बायाँ किनारमा रहेको सुस्ता गाउँलाई जोडेको छ।

निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा गत असार अन्तिम साता पुल निर्माण सम्पन्न गरेको हो। २०७२ साल असोजमा निर्माण सुरू गरिएको पुल २०७५ साल पुसमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो।

तर निर्माण कम्पनीले काम अलपत्र पारेर पटक पटक सम्पर्कविहीन भएपछि सम्झौता भन्दा ६ वर्ष ढिलो गरि निर्माण भएको हो। नारायणी पारीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा झण्डै तीन सय ५० घरधुरीमा ३ हजार २ सयभन्दा बढी नेपाली बसोबास गर्छन्।

पुलको उद्घाटनसँगै राष्ट्रपति पौडेलले पुलबाटै सुस्तामा लगिएको एकीकृत राष्ट्रिय विद्युत प्रशारण लाइनको विद्युत आपूर्तिसमेत सुभारम्भ गरेका छन्। नेपाल सरकार, सहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

नेपाल विद्युत प्राधिकरणले सुस्ता गाउँपालिका ५ सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी पुलबाटै सुस्तामा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत विस्तार गरेको हो।

प्राधिकरणका अनुसार पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना गरेर दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी बस्तीमा विद्युत पु¥याइएको हो। प्राधिकरणले २०७९–०८० मै सुस्तामा विद्युतीकरणको काम सुरू गरे पनि पोल गाडेर नारायणी नदी पार तार लैजान सम्भव नभएपछि पुलमार्फत तार बिस्तार गरेको हो।

एक करोड ३३ लाख रुपैयाँको लागतमा सुस्तामा विद्युतीकरणको काम भएको हो। तीन सय ५० बढी घरधुरीमा ३ हजार २ सय जनसंख्याको बसोबास रहेको सुस्तामा नारायणी नदी तर्न पुल थिएन, डुंगाबाट तर्नुपर्ने बाध्यता थियो।

पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएकोप्रति स्थनायीले खुशी ब्यक्त गरेका छन् ।

बिहीबारको कार्यक्रममा ऊर्जा मन्त्री दिपक खड्काले सुस्तावासीलाई एक वर्षको विजुली छुट दिने घोषणा गरेका छन् । यहाँबाट प्रतिनिधि सभा सदस्य रहेका विनोद चौधरीको प्रयासमा यो घोषणा गरिएको थियो ।

सुस्ताको कूल ४० हजार ९८० हेक्टर क्षेत्रफल रहेको छ । जसमध्ये हाल करिब सात हजार हेक्टर जग्गामा सुस्तावासीको जग्गाजमिन र बस्तीमा रहेको छ । हालसम्म ५५६ बिघा क्षेत्रफलको मात्र लालपुर्जा सुस्तावासीको नाममा छ ।

सुस्तामा १९ हजार ४८० हेक्टर विवादित क्षेत्र रहेको छ । जहाँ नेपाल र भारत दुवै पक्षबाट जोतभोग भएको छैन । यसैगरी सुस्तामा १४ हजार हेक्टर क्षेत्रफल भारतीय पक्षबाट अतिक्रमण भइसकेको दाबी छ ।

भारतको सीमा अतिक्रमणविरुद्ध सुस्तावासी रक्षकको रुपमा लामो समयदेखि संघर्ष गर्दै आएका छन् । उनीहरुले भारतको थिचोमिचोलाई निस्तेज त पार्दै आएका छन् । तर, आफ्नै देशसँग अधिकार माग्दा पाउन सकेका छैनन् ।

उनीहरुले नेपाली नागरिकता पाउन सकेका छैनन् । आफैंले भोगचलन गर्दै आएको र भारतीय अतिक्रमणबाट रातदिन लडेर जोगाएको जग्गाको लालपुर्जा समेत उनीहरुले पाउन सकेका छैनन् ।

Tags: #६० वर्षपछि झोलुङ्गे पुल#दुःखका दिन गए#नेपालको पश्चिम नवलपरासी#सुस्तावासी

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.