NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

कोशी ब्यारेजका सबै ढोका खोलिए, बागमती उर्लियो, नख्खुले मान्छे बगायो

शनिबार अशोज १२ , २०८१
Reading Time: 1 min read
A A
ताइवानमा शक्तिशाली भूकम्प ,जापानमा खतरनाक आँधी,२० लाख विस्थापित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ असोज, काठमाण्डौ ।

केही दिनदेखिको निरन्तरको झरीले देशैभर जनजीवन अस्तब्यस्त बनेको छ । दर्जनौ खोला तथा नदीमा सर्तकता तह पार भएको छ । ठाउँ ठाउँमा पहिरो तथा बाढीले मानिस बेपत्ता भएका छन् ।

सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् । किसानका बाली डुबानमा परेका छन् भने शहरका बस्तीहरु जलमग्न छन् । यो अवधिमा केही ठाउँमा अति भारी वर्षा भएको छ भने धेरै स्थानमा भारी, मध्यम र हल्का वर्षा पनि निरन्तर जारी छ ।

LS Auto

आज पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ ।त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।

महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ । अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ । अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ ।

त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यसैगरी ललितपुरको गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

गोदावरी नगरपालिका–६ स्थित टिकाभैरवमा रहेको लेप्रोसी हस्पिटलमा पहिरो जाँदा तनिजना पुरिएका हुन् । उनीहरुको उद्धार कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ । ठाउँठाउँमा मानिसहरु डुबानमा फसेका छन् ।

उनीहरुको उद्यार कार्य पनि जारी रहेको छ । निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

उता पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ ।

पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए । यस्तै अविरल वर्षासँगै बागमतीमा पनि बाढी उर्लिएको छ ।

बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ ।

पुलका खम्बा ढलेका छन् । नदी किनारका बाटाहरु पूरै जलमग्न छन् । सडक किनारका घर र पसलमा बाढी पसेको छ । प्रहरी प्रशासनले खोला किनारका बाटोमा यात्रा गर्न रोक लगाएको छ ।

उता काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा पहिरो जाँदा हालसम्म ११ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले एकीकृत रुपमा उपलब्ध गराएको सूचनाअनुसार काभ्रेको पनौती, बनेपा, नमोबुद्ध नगरपालिकामा पहिरोले घर बगाएउँदा ११ जना सम्पर्कविहीन बनेका हुन् ।

दुई दिनदेखिको अविरल झरीले देशका अधिकांश नदीमा जल सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले बिहान गरेको अद्यावधिक विवरणअनुसार सुनकोशी नदीले खुर्कोटमा सतर्कताको तह पार परेको छ ।

खुर्कोट बसपार्क लगायत केही घरहरूमा पानी पस्न थालिसकेको छ । सुनकोसी नदीको जल सतह ९.९५७ मिटर पुगेको छ । नारायणी नदीको सहायक नदी रिउ खोलाले पनि सतर्कता पार परेको छ ।

हनुमन्ते खोलाले पनि जगातीमा सकर्तता पार परेको छ । हुनुमन्तेले नै कौशलटार पनि डुबानमा पार्न थालिसकेको छ । बागमती नदीले गौरीघाटका जल सतह पार गरेको छ । बागमती नदीले खोकनामा पनि खतराको तह पार गरेको छ ।

सुनसरीको दुहबीमा बूढीखोलाले सतर्कताको तह पार गरेको छ र बूढीखोलाको अहिलेको पानीको सतह ८६.२९४ पुगेको छ । पूर्वी राप्तीले पनि खतराको तह पार गरेको छ । रजैयामा राप्तीको जल सतहक ४.२३० मिटर पुगेको छ ।

हम्पाचौरमा सुनकोशी नदीको जल सतह १३.४९४ मिटर पुगेर खतारको तह पार गरेको विभागले जनाएको छ । कर्मैयामा बागमती नदीले खतराको पार गरेको विभागले बताएको छ ।

झरुवारासीमा कोड्कु नदीले डुबान थालेको छ । त्यहाँ कोड्कुको जल सतहक १३३४.९४८ मिटर छ । लालबकैयाले पनि जल सतह पार गरेको छ । बालकुमारीमा मनोहराले डुबान सुरु गरिसकेको विभागले जनाएको छ ।

सप्तकोसी नदीले चतरामा खतराको तह पार गरेको छ । चतरामा सप्तकोसी नदीको सतह ७.३३३३ मिटर छ । मुलघाट, त्रिवेणीमा तमोर नदीले पन जल सतह पार गरेको छ । मूलघाटमा ७.१३१ र त्रिवेणीमा तमोर नदीको जलसतहक ११.८७७ मिटर पुगेको छ ।

सिम्लेमा पनि तमोरले जल सतह पार गरेको छ । महेशपुरमा पर्सा खोलाले सतर्कताको तह पार गरेको छ । देवघाटमा नारायणी नदीले खतराको तह पार गरेको छ । यी नदीको तटीय क्षेत्र अत्यन्त जोखिममा रहेकाले सुरक्षित स्थानमा जान प्रशासनले अपिल गरिरहेको छ ।

चोभारको सुख्खा बन्दरगाह र जलविनायक मन्दीरमा बाढी पसेको छ । बाढीका कारण बन्दरगाह जलमग्न भएको छ । जलविनायक मन्दिरको छेवैबाट ठूलो बाढी आएको छ । काठमाडौंमा शनिबार साँझैसम्म पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ ।

ललितपुरको च्यासल क्षेत्रका वस्तीहरूमा बाढी पसेको छ । गएरातिदेखिको वर्षाका कारण मनोहरा खोलामा आएको बाढी च्यासल क्षेत्रमा वस्तीहरूमा पसेको हो । त्यस्तै नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको तुलसीलाल स्मृति भवन, च्यासल रंगशालामा पनि बाढी पसेको छ ।

बाढीले ग्यास बुलेट समेत बगाएको छ । ग्यास बुलेट एमाले पार्टी कार्यालयनजिकै पुलमा अड्किएको छ । यता बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् ।

विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको उल्लेख छ । अब भोलिदेखि भने मौसममा सुधार आउने र घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसमविद्का अनुसार मनसुन कायमै रहेकाले भोलिदेखि पनि सामान्य पानी पर्ने सम्भावना त छ तर हिजो र आजजस्तो लगातार र ठूलो पानी पर्ने सम्भावना भने छैन ।

Tags: #आज घनघोर वर्षा#कोशी ब्यारेजका सबै ढोका खोलिए#ठाउँठाउँमा पहिरो र डुबान#बागमती उर्लियो#मौसम पूर्वानुमान

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.