×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

कोशी ब्यारेजका सबै ढोका खोलिए, बागमती उर्लियो, नख्खुले मान्छे बगायो

१२ आश्विन २०८१

१२ असोज, काठमाण्डौ ।

केही दिनदेखिको निरन्तरको झरीले देशैभर जनजीवन अस्तब्यस्त बनेको छ । दर्जनौ खोला तथा नदीमा सर्तकता तह पार भएको छ । ठाउँ ठाउँमा पहिरो तथा बाढीले मानिस बेपत्ता भएका छन् ।

Advertisement
Advertisement

सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् । किसानका बाली डुबानमा परेका छन् भने शहरका बस्तीहरु जलमग्न छन् । यो अवधिमा केही ठाउँमा अति भारी वर्षा भएको छ भने धेरै स्थानमा भारी, मध्यम र हल्का वर्षा पनि निरन्तर जारी छ ।

आज पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ ।त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।

महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ । अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ । अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ ।

त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यसैगरी ललितपुरको गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

गोदावरी नगरपालिका–६ स्थित टिकाभैरवमा रहेको लेप्रोसी हस्पिटलमा पहिरो जाँदा तनिजना पुरिएका हुन् । उनीहरुको उद्धार कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ । ठाउँठाउँमा मानिसहरु डुबानमा फसेका छन् ।

उनीहरुको उद्यार कार्य पनि जारी रहेको छ । निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

उता पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ ।

पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए । यस्तै अविरल वर्षासँगै बागमतीमा पनि बाढी उर्लिएको छ ।

बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ ।

पुलका खम्बा ढलेका छन् । नदी किनारका बाटाहरु पूरै जलमग्न छन् । सडक किनारका घर र पसलमा बाढी पसेको छ । प्रहरी प्रशासनले खोला किनारका बाटोमा यात्रा गर्न रोक लगाएको छ ।

उता काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा पहिरो जाँदा हालसम्म ११ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले एकीकृत रुपमा उपलब्ध गराएको सूचनाअनुसार काभ्रेको पनौती, बनेपा, नमोबुद्ध नगरपालिकामा पहिरोले घर बगाएउँदा ११ जना सम्पर्कविहीन बनेका हुन् ।

दुई दिनदेखिको अविरल झरीले देशका अधिकांश नदीमा जल सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले बिहान गरेको अद्यावधिक विवरणअनुसार सुनकोशी नदीले खुर्कोटमा सतर्कताको तह पार परेको छ ।

खुर्कोट बसपार्क लगायत केही घरहरूमा पानी पस्न थालिसकेको छ । सुनकोसी नदीको जल सतह ९.९५७ मिटर पुगेको छ । नारायणी नदीको सहायक नदी रिउ खोलाले पनि सतर्कता पार परेको छ ।

हनुमन्ते खोलाले पनि जगातीमा सकर्तता पार परेको छ । हुनुमन्तेले नै कौशलटार पनि डुबानमा पार्न थालिसकेको छ । बागमती नदीले गौरीघाटका जल सतह पार गरेको छ । बागमती नदीले खोकनामा पनि खतराको तह पार गरेको छ ।

सुनसरीको दुहबीमा बूढीखोलाले सतर्कताको तह पार गरेको छ र बूढीखोलाको अहिलेको पानीको सतह ८६.२९४ पुगेको छ । पूर्वी राप्तीले पनि खतराको तह पार गरेको छ । रजैयामा राप्तीको जल सतहक ४.२३० मिटर पुगेको छ ।

हम्पाचौरमा सुनकोशी नदीको जल सतह १३.४९४ मिटर पुगेर खतारको तह पार गरेको विभागले जनाएको छ । कर्मैयामा बागमती नदीले खतराको पार गरेको विभागले बताएको छ ।

झरुवारासीमा कोड्कु नदीले डुबान थालेको छ । त्यहाँ कोड्कुको जल सतहक १३३४.९४८ मिटर छ । लालबकैयाले पनि जल सतह पार गरेको छ । बालकुमारीमा मनोहराले डुबान सुरु गरिसकेको विभागले जनाएको छ ।

सप्तकोसी नदीले चतरामा खतराको तह पार गरेको छ । चतरामा सप्तकोसी नदीको सतह ७.३३३३ मिटर छ । मुलघाट, त्रिवेणीमा तमोर नदीले पन जल सतह पार गरेको छ । मूलघाटमा ७.१३१ र त्रिवेणीमा तमोर नदीको जलसतहक ११.८७७ मिटर पुगेको छ ।

सिम्लेमा पनि तमोरले जल सतह पार गरेको छ । महेशपुरमा पर्सा खोलाले सतर्कताको तह पार गरेको छ । देवघाटमा नारायणी नदीले खतराको तह पार गरेको छ । यी नदीको तटीय क्षेत्र अत्यन्त जोखिममा रहेकाले सुरक्षित स्थानमा जान प्रशासनले अपिल गरिरहेको छ ।

चोभारको सुख्खा बन्दरगाह र जलविनायक मन्दीरमा बाढी पसेको छ । बाढीका कारण बन्दरगाह जलमग्न भएको छ । जलविनायक मन्दिरको छेवैबाट ठूलो बाढी आएको छ । काठमाडौंमा शनिबार साँझैसम्म पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ ।

ललितपुरको च्यासल क्षेत्रका वस्तीहरूमा बाढी पसेको छ । गएरातिदेखिको वर्षाका कारण मनोहरा खोलामा आएको बाढी च्यासल क्षेत्रमा वस्तीहरूमा पसेको हो । त्यस्तै नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको तुलसीलाल स्मृति भवन, च्यासल रंगशालामा पनि बाढी पसेको छ ।

बाढीले ग्यास बुलेट समेत बगाएको छ । ग्यास बुलेट एमाले पार्टी कार्यालयनजिकै पुलमा अड्किएको छ । यता बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् ।

विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको उल्लेख छ । अब भोलिदेखि भने मौसममा सुधार आउने र घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

Advertisement

मौसमविद्का अनुसार मनसुन कायमै रहेकाले भोलिदेखि पनि सामान्य पानी पर्ने सम्भावना त छ तर हिजो र आजजस्तो लगातार र ठूलो पानी पर्ने सम्भावना भने छैन ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top