बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?

१३ असोज ८१, सोमबार

१४ असोज ,काठमाण्डौ ।

गएको बिहीबारदेखि शनिवारसम्म परेको कीर्तिमानी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण ठूलो मानवीय र आर्थिक क्षति ब्यहोर्नुपरेको अवस्थामा फेरि अविरल वर्षाको अनुमान गरिएको छ ।

बुधबारदेखि शनिबारसम्म ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको अनुमान र त्यसअघिको आगामी ३ दिनको मौसमी अनुमान  छ । बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

Advertisement

पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताएका छन् ।

विशेष गरेर बेलुकीपख पानी पर्ने उनले बताएका छन् । आज देशका धेरैजसो ठाउँमा घाम लागेको छ । बेलुकादेखि बदली हुनेछ । भोलि कोशी प्रदेशमा बेलुकातिर हल्का वर्षाको सम्भावना छ ।

Advertisement

भोलि बाग्मती र गण्डकीमा पनि बदली भए पनि वर्षाको सम्भावना कम छ । तर पर्सिदेखि भने कोशीबाट गण्डकी प्रदेशसम्म पानी पर्नेछ । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षाको सम्भावना देखिएको छैन ।

यता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिउँसा कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राती कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशि देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीभने देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गएको बिहीवारदेखि भएको अति ठूलो वर्षाका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म एक सय ९३ जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।अझै ३१ ज्ना बेपत्ता रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top