१७ असोज ,एजेन्सी ।
सिंगापुरमा एक पूर्वमन्त्रीलाई जेल सजाय तोकिएको छ । पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको हो ।
६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो ।
उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् ।
यी उपहारहरुमा फर्मुला वान ग्रान्ड प्रीको टिकट, ब्रम्पटन टी–लाइन साइकल, रक्सी र निजी विमानको उडान रहेका छन् ।
सिंगापुरको उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले पूर्वयातायात मन्त्रीले शक्तिको दुरुपयोग गर्नुका साथै जनताको विश्वासमाथि घात गरेको ठहर गरे ।
सजाय सुनाएपछि इसवारान कहिले जेल जान्छन् भन्ने खुलेको छैन ।
उनका वकिलले यो प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरेका छन् ।
उनले चांगी कारागारमा जेल सजाय काट्नेछन् ।
यहाँ सिंगापुरका मृत्युदण्ड पाएका कैदीहरूलाई राखिन्छ ।
सिंगापुरका कुनै पनि राजनीतिक व्यक्तित्वमाथि अदालतमा सुनुवाइ गरिएको पछिल्ला ५० वर्षमा पहिलो हो ।