×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘अमेरिका भैसी दुहुन गएको थिइन’

१७ आश्विन २०८१

१७ असोज , काठमाण्डौ।

राष्ट्र संघको महासभामा भाग लिएर १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो भइसक्यो । तर त्यस भ्रमणबाट फर्किएपछि उनले विमानस्थलमा ब्यक्त गरेका अभिब्यक्तिको चर्चा भने अझै सकिएको छैन् ।

Advertisement
Advertisement

संयुक्त राष्ट्रसंघको महासभा आफू भैंसी दुहुन नभइ नेपालको विचार र समस्यालाई राख्न गएको भन्ने प्रधानमन्त्रीको यो अभिब्यक्तिले अझै सामाजिक संजाल तताइरहेको छ।

देशको प्रधानमन्त्रीका लागि यो स्तरको तिखो ब्यङ्ग विदेशबाट फर्किएको अवस्थामा शोभनीय नरहेको टिप्पणी उनकै अभिब्यक्ति सुनेपछि सर्वसाधारणहरुले ब्यक्त गरिरहेका छन् ।

अमेरिकाबाट फर्किनासाथ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा आफूले नेपालको तर्फबाट सरोकारवाला विषयमा प्रष्ट्रसँग कुरा राखेको बताए ।उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थितिले दीर्घकालीन महत्व राख्ने पनि बताए ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे विचार ब्यक्त गरिरहदा राष्ट्रसंघमा तपाइँको उपस्थितिले मुलुकलाई के अर्थ राख्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो उपस्थिति भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताएका थिए ।

आफूले राखेको जलवायु परिवर्तनको असर लगायत समस्या एउटा देशको मात्रै नभएको उनले प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले भनेका थिए – ’म कुनै भैँसी दुन गएर दूध लिएर आए भने जस्तो होइन, हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो, यो समस्या हाम्रो मात्र होइन विश्वभरको समस्या हो, विश्वले मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भो, अल्पविकसित देशले बढी भोग्नुपरेको क्षति र मार जुन छ, क्षति पु¥याउने कुरा हात नभएपनि बढी मार सहनुपरेको छ, त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ, जसले बढी बिगारेको छ त्यसले क्षतिपूर्ति भर्नुपर्छ र सपार्नुपर्छ भन्ने कुरा भयो ।’ त्यसक्रममा उनले वर्षा हुन्छ भन्ने पूर्वअनुमान गरिएपनि कहाँ कति वर्षा हुन्छ, कहाँ कहाँ पहिरो जान्छ नभनेको लगाएका अभिब्यक्ति दिएका थिए । ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्को पूर्वतयारीबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए“रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्रीले भने, “तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो ।” उनले थपे, “काठमाडौंमा यति डुबान हुन्छ भन्ने त कल्पना पनि थिएन, एलर्ट त थियो, यस्ता कुराहरूलाई हामीले वस्तुपरक ढङ्गले हेर्नुपर्छ ।”

प्रधानमन्त्रीको अभिब्यक्तिको विषयमा सर्वसाधारणले मात्रै होइन, सत्तारुढ दलकै नेताले समेत आफ्नो दलको बैठकमा प्रश्न उठाएका थिए । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद शंकर भण्डारीले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना गरेका थिए ।

अमेरिका भ्रमणबाट फर्किएपछि ओलीले बाढीपहिरोबारे जथाभाबी अभिव्यक्ति दिएको उनको भनाइ थियो । बैठकमा उनले भनेका थिए, ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठीक भएन ।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ब्यक्त गर्ने उखान तुक्का र ब्यङ्ग मिश्रित अभिब्यक्ति नेपाली जनताका लागि कुनै नयाँ विषय भने होइन ।

तर प्रधानमन्त्रीले देशमा विपद् आएको अवस्थामा, १० दिन आफू समेत देश बाहिर रहेको अवस्थामा पत्रकारका जिज्ञाशामा त्यसरी जवाफ दिन हुन्थ्यो कि हुँदैन् थियो भन्ने प्रश्न चाँही प्रधानमन्त्रीको अभिब्यक्तिपछि उठेको विषय हो ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top