NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

‘अमेरिका भैसी दुहुन गएको थिइन’

बिहिबार अशोज १७ , २०८१
Reading Time: 1 min read
A A
एमालेविरुद्धको घेराबन्दीदेखि राजावादीको आन्दोलनसम्म, ओलीले के-के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ असोज , काठमाण्डौ।

राष्ट्र संघको महासभामा भाग लिएर १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो भइसक्यो । तर त्यस भ्रमणबाट फर्किएपछि उनले विमानस्थलमा ब्यक्त गरेका अभिब्यक्तिको चर्चा भने अझै सकिएको छैन् ।

संयुक्त राष्ट्रसंघको महासभा आफू भैंसी दुहुन नभइ नेपालको विचार र समस्यालाई राख्न गएको भन्ने प्रधानमन्त्रीको यो अभिब्यक्तिले अझै सामाजिक संजाल तताइरहेको छ।

देशको प्रधानमन्त्रीका लागि यो स्तरको तिखो ब्यङ्ग विदेशबाट फर्किएको अवस्थामा शोभनीय नरहेको टिप्पणी उनकै अभिब्यक्ति सुनेपछि सर्वसाधारणहरुले ब्यक्त गरिरहेका छन् ।

अमेरिकाबाट फर्किनासाथ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा आफूले नेपालको तर्फबाट सरोकारवाला विषयमा प्रष्ट्रसँग कुरा राखेको बताए ।उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थितिले दीर्घकालीन महत्व राख्ने पनि बताए ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे विचार ब्यक्त गरिरहदा राष्ट्रसंघमा तपाइँको उपस्थितिले मुलुकलाई के अर्थ राख्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो उपस्थिति भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताएका थिए ।

आफूले राखेको जलवायु परिवर्तनको असर लगायत समस्या एउटा देशको मात्रै नभएको उनले प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले भनेका थिए – ’म कुनै भैँसी दुन गएर दूध लिएर आए भने जस्तो होइन, हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो, यो समस्या हाम्रो मात्र होइन विश्वभरको समस्या हो, विश्वले मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भो, अल्पविकसित देशले बढी भोग्नुपरेको क्षति र मार जुन छ, क्षति पु¥याउने कुरा हात नभएपनि बढी मार सहनुपरेको छ, त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ, जसले बढी बिगारेको छ त्यसले क्षतिपूर्ति भर्नुपर्छ र सपार्नुपर्छ भन्ने कुरा भयो ।’ त्यसक्रममा उनले वर्षा हुन्छ भन्ने पूर्वअनुमान गरिएपनि कहाँ कति वर्षा हुन्छ, कहाँ कहाँ पहिरो जान्छ नभनेको लगाएका अभिब्यक्ति दिएका थिए । ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्को पूर्वतयारीबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए“रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्रीले भने, “तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो ।” उनले थपे, “काठमाडौंमा यति डुबान हुन्छ भन्ने त कल्पना पनि थिएन, एलर्ट त थियो, यस्ता कुराहरूलाई हामीले वस्तुपरक ढङ्गले हेर्नुपर्छ ।”

प्रधानमन्त्रीको अभिब्यक्तिको विषयमा सर्वसाधारणले मात्रै होइन, सत्तारुढ दलकै नेताले समेत आफ्नो दलको बैठकमा प्रश्न उठाएका थिए । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद शंकर भण्डारीले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना गरेका थिए ।

अमेरिका भ्रमणबाट फर्किएपछि ओलीले बाढीपहिरोबारे जथाभाबी अभिव्यक्ति दिएको उनको भनाइ थियो । बैठकमा उनले भनेका थिए, ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठीक भएन ।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ब्यक्त गर्ने उखान तुक्का र ब्यङ्ग मिश्रित अभिब्यक्ति नेपाली जनताका लागि कुनै नयाँ विषय भने होइन ।

तर प्रधानमन्त्रीले देशमा विपद् आएको अवस्थामा, १० दिन आफू समेत देश बाहिर रहेको अवस्थामा पत्रकारका जिज्ञाशामा त्यसरी जवाफ दिन हुन्थ्यो कि हुँदैन् थियो भन्ने प्रश्न चाँही प्रधानमन्त्रीको अभिब्यक्तिपछि उठेको विषय हो ।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.