NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

रविविरुद्ध प्रदर्शन गर्ने पक्राउ, कार्यक्रममा कसले हान्यो ढुंगा ?

आइतवार अशोज २० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
रविविरुद्ध प्रदर्शन गर्ने पक्राउ, कार्यक्रममा कसले हान्यो ढुंगा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२० असोज , विराटनगर।

गत आमचुनाव र पछिल्लो उपचुनाव ताका जनता माझमा जता गयो त्यतै हाईहाईमात्रै हुनेगरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले पछिल्लो समय भने विरोध प्रदर्शन र आफूविरुद्ध नाराबाजीसमेत सुन्नु परेको छ ।

सहकारी रकम ठगी प्रकरणका कारण संसदमा मात्र होइन रास्वपा सभापतिले अब जनताका पनि प्रश्न र आक्रोशको सामना गरिरहेका छन् । संसदीय छानविन समितिले नामै किटेर रवि लामिछानेमाथि पनि अनुशन्धान प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

यद्यपि गोरखा मिडिया ग्रुपमा रहँदाका उनका पार्टनर छविलाल जोशी पक्राउ परेलगत्तै भने रवि पनि पक्राउ परिहाल्ने जस्तो चर्चा चलेपनि प्रहरीले रविलाई चलाएको छैन् । स्वयं रास्वपाले नै त्यसको आशंकामा तारम्तारको बैठक र नेताकार्यकर्ता लागि अलर्ट रहन र आफूलाई पक्राउ गरिए प्रतिकार गर्न रविले नै मिडियामै आएर निर्देशनसमेत दिएका थिए।

उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आफूलाई पक्राउ गरिए परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए । अहिले सहकारी प्रकरणकै कारण उनी जनताका माझमा कालो झण्डा देखाइने नेताहरुको सूचीमा परेका छन् । रविविरुद्ध उनको निर्वाचन क्षेत्रमै सहकारी पीडितसहितका प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

शनिबार चितवनमा रवि लामिछाने सहभागी एक कार्यक्रममा ढुंगा हानाहान भएको छ । चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सहकारीपीडित र रास्वपाका कार्यकर्ताबिच ढुंगा हानाहान भएको हो ।

आफ्ना कुरा राख्न भन्दै सहकारीपीडितहरू कार्यक्रमस्थलभित्र पस्न लाग्दा रास्वपाका कार्यकर्ताले गेटभित्र पस्न रोकेको सहकारी पीडितहरुले आरोप लगाएका छन् । यहीबिच कला मन्दिरपरिसरमा रहेका रास्वपा कार्यकर्ताले सहकारीपीडितमाथि ढुंगा हानेपछि सहकारीपीडितहरूले कार्यक्रमस्थललाई केन्द्रित गरेर ढुंगा तथा पानीको बोतल प्रहार गरेका थिए ।

सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले ढुंगा हानाहानमा चारजना सहकारीपीडित घाइते भएको जानकारी दिए । त्यसमध्ये एकजनाको आँखाको माथिल्लो भागमा गम्भीर चोट लागेको दुवाडीले बताएका छन् ।

हुन त आफूहरु शनिवार दिउँसो नारायणी कला मन्दिरको कार्यक्रममा लामिछानेलाई भेट्न र आफ्ना माग सुनाउन गएको उनीहरुले बताएका छन् । तर उनीहरु भरतपुरको चौबिसकोठीबाट ब्यानरसहित लायन्सचोक पुग्दा प्रहरीले रोक्यो ।

प्रहरीले रोके पनि उनीहरु विभिन्न बाटा हुँदै नारायणी कला मन्दिरमा पुगेरै छाडे । उनीहरु गेटबाट भित्र पस्न खोज्दा फेरि प्रहरीले रोक्यो । केहीबेर धकेलाधकेल पनि भयो । सहकारी पीडितलाई सहयोग गर्न आएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले निकटका केही युवाहरु पनि कला मन्दिरको गेटमा थिए ।

सहकारी पीडित र युवाहरु कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा गेटभित्रबाट ढुंगा प्रहार भयो । त्यसपछि गेट बाहिर रहेकाले पनि ढुंगा फर्काए । दुवैतिरबाट ढुंगा हानाहान भएपछि जिल्लाका विभिन्न युनिटबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले लाठीचार्ज गरेर भिड तितरवितर पार्यो । दुवैतर्फको ढुंगा हानाहानबाट केही घाइते भए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको लाठीचार्जबाट पनि सहकारी पीडितहरु घाइते भए ।

सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले सहकारी पीडितहरुले आफ्ना कुराहरु सांसदसमेत रहेका लामिछानेसामु राख्न खोज्दा आफूहरुमाथि कुटपिट र दमन भएको बताए ।

संयोजक दुवाडीले गोर्खा मिडिया प्रा.लि.को शेयर सदस्य तथा प्रबन्ध निर्देशक भएको नाताले ६५ करोड रकमको १५ प्रतिशतको जिम्मेवारी लामिछानेले लिनुपर्ने आफूहरुको माग रहेको बताए ।

उनले लामिछानेले जनतालाई भ्रमित बनाउने, पीडितलाई थप पीडित बनाउने काम गरेको बताउँदै चितवनमा एक लाख सहकारी पीडित उनका विरुद्ध आन्दोलन गर्न तयार हुने बताए ।यता रास्वपाले भने कार्यक्रमस्थलमा सहकारीपीडितले नभई कांग्रेस–एमालेका कार्यकर्ताले झडपको अवस्था निम्त्याएको जनाएको छ ।

रास्वपा सभापति लामिछानेले भने विरोधका लागि नभई आफूमाथि विश्वास राखेर ढुंगा हानिएको टिप्पणी गरेका छन् ।काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा जम्मा भएका रास्वपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले सहकारीपीडित न्याय माग्नका लागि आफूकहाँ आएको बताए ।

‘सहकारीपीडितहरू दुईतिहाइको सरकारसँग न्याय माग्नभन्दा हामीलाई विश्वास गरेर हामी भएको ठाउँमा आउनुभएको हो। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘उहाँहरूले राजनीतिमा रास्वपाको महत्व दर्साइदिनुभयो। त्यो उहाँहरूको आक्रोश होइन, आशा हो।’

रास्वपा हातमा फूल लिएर राजनीतिमा आएको भन्दै उनले दुईतिहाइको सरकारले प्रतिपक्षमाथि ढुंगा हान्न लगाएको जिकिर गरे । सभापति लामिछानेविरुद्ध यसअघि शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो ।

त्यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किनै लाग्दा मुग्लिन बजारमा सहकारी पीडितहरुले उनीविरुद्ध नारावाजी गरेका थिए । उनको निर्वाचन क्षेत्रअन्तर्गतको इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा ‘सहकारीपीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दै लामिछानेविरुद्ध प्रदर्शन भएको हो ।

रवि लक्षित प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किएका थिए । रास्वापा समर्थक तथा प्रदर्शनकारीबीच केही विवाद र धकेलाधकेलसमेत भएको थियो । चितवनमा साहरा सहकारीबाट लामिछाने शेयर सदस्य तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रा.लि.मा समेत रकम गएको छ ।

त्यसैले यहाँका सहकारी पीडितहरुले पनि सांसद लामिछाने जिम्मेवार बन्नुपर्ने बताउँदै आएका छन् । चितवन क्षेत्र नं २ बाट जितेपछि लामिछानेले सार्वजनिक सुनुवाइ कार्यक्रम विभिन्न ठाउँमा राख्दै आएका छन् ।यसपटकको सार्वजनिक सुनुवाइ कार्यक्रममा भने उनले सहकारीका विषयमा सोधिएका तीखा प्रश्नहरुको सामाना गर्नुपरेको हो ।

यता सहकारी प्रकरणमा रवि घेरिएको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् ।

चितवन पुगेरै प्रचण्डले आफूले संसदको रोष्टमबाट लामिछानेलाई गलत ढंगले क्लिन चीट दिएको नभई प्रमाण नभएको कुरा बताएको जानकारी दिए । उनले संसदीय छानविन समितिले समेत सहकारीको रकम अपचनमा रविलाई दोषी ठहर नगरेको समेत बताएका छन् ।

संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा गएपछिको अवस्थामा भएको अपचलनमा लामिछानेलाई पनि कारर्वाहीका लागि सिफारिस गरेपछि उनी रक्षात्मक बनेका छन् ।

उनी विजयी बनेको चितवन निर्वाचन क्षेत्र नं. २ मा नै साहरा सहकारीबाट झण्डै ४७ करोड रकम गोर्खा मिडियामा गएको छ । लामिछाने गृहमन्त्री हुँदा चितवनका साहरा सहकारी पीडितको मुद्दासमेत दर्ता नगरेको आरोप उनीहरुको छ ।

यस्तै चितवन क्षेत्र नं. २ बाट जितेर गएको दुई वर्ष हुँदासम्म पनि निर्वाचन क्षेत्रको विकासमा लामिछानेले ठोस काम गर्न नसकेको आरोप पनि लाग्न थालेको छ । सत्तामा हुँदासमेत सांसद लामिछानेले जिल्लामा बजेट ल्याउन नसकेको र घोषणापत्रमा गरेको बाचा अनुसार लामिछानेले काम नगरेको गुनासो स्थानीयको छ ।

यता शुक्रबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लामिछानेले भने आफूले जिल्लाको एउटा निर्वाचन क्षेत्रलाई मात्रै प्राथमिकतामा नराखेको प्रष्टीकरण दिएका थिए । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#रविविरुद्ध प्रदर्शन गर्ने पक्राउ#लामिछानेविरुद्ध विरोध

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.