×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

रविविरुद्ध प्रदर्शन गर्ने पक्राउ, कार्यक्रममा कसले हान्यो ढुंगा ?

२० आश्विन २०८१

२० असोज , विराटनगर।

गत आमचुनाव र पछिल्लो उपचुनाव ताका जनता माझमा जता गयो त्यतै हाईहाईमात्रै हुनेगरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले पछिल्लो समय भने विरोध प्रदर्शन र आफूविरुद्ध नाराबाजीसमेत सुन्नु परेको छ ।

Advertisement
Advertisement

सहकारी रकम ठगी प्रकरणका कारण संसदमा मात्र होइन रास्वपा सभापतिले अब जनताका पनि प्रश्न र आक्रोशको सामना गरिरहेका छन् । संसदीय छानविन समितिले नामै किटेर रवि लामिछानेमाथि पनि अनुशन्धान प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

यद्यपि गोरखा मिडिया ग्रुपमा रहँदाका उनका पार्टनर छविलाल जोशी पक्राउ परेलगत्तै भने रवि पनि पक्राउ परिहाल्ने जस्तो चर्चा चलेपनि प्रहरीले रविलाई चलाएको छैन् । स्वयं रास्वपाले नै त्यसको आशंकामा तारम्तारको बैठक र नेताकार्यकर्ता लागि अलर्ट रहन र आफूलाई पक्राउ गरिए प्रतिकार गर्न रविले नै मिडियामै आएर निर्देशनसमेत दिएका थिए।

उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आफूलाई पक्राउ गरिए परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए । अहिले सहकारी प्रकरणकै कारण उनी जनताका माझमा कालो झण्डा देखाइने नेताहरुको सूचीमा परेका छन् । रविविरुद्ध उनको निर्वाचन क्षेत्रमै सहकारी पीडितसहितका प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

शनिबार चितवनमा रवि लामिछाने सहभागी एक कार्यक्रममा ढुंगा हानाहान भएको छ । चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सहकारीपीडित र रास्वपाका कार्यकर्ताबिच ढुंगा हानाहान भएको हो ।

आफ्ना कुरा राख्न भन्दै सहकारीपीडितहरू कार्यक्रमस्थलभित्र पस्न लाग्दा रास्वपाका कार्यकर्ताले गेटभित्र पस्न रोकेको सहकारी पीडितहरुले आरोप लगाएका छन् । यहीबिच कला मन्दिरपरिसरमा रहेका रास्वपा कार्यकर्ताले सहकारीपीडितमाथि ढुंगा हानेपछि सहकारीपीडितहरूले कार्यक्रमस्थललाई केन्द्रित गरेर ढुंगा तथा पानीको बोतल प्रहार गरेका थिए ।

सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले ढुंगा हानाहानमा चारजना सहकारीपीडित घाइते भएको जानकारी दिए । त्यसमध्ये एकजनाको आँखाको माथिल्लो भागमा गम्भीर चोट लागेको दुवाडीले बताएका छन् ।

हुन त आफूहरु शनिवार दिउँसो नारायणी कला मन्दिरको कार्यक्रममा लामिछानेलाई भेट्न र आफ्ना माग सुनाउन गएको उनीहरुले बताएका छन् । तर उनीहरु भरतपुरको चौबिसकोठीबाट ब्यानरसहित लायन्सचोक पुग्दा प्रहरीले रोक्यो ।

प्रहरीले रोके पनि उनीहरु विभिन्न बाटा हुँदै नारायणी कला मन्दिरमा पुगेरै छाडे । उनीहरु गेटबाट भित्र पस्न खोज्दा फेरि प्रहरीले रोक्यो । केहीबेर धकेलाधकेल पनि भयो । सहकारी पीडितलाई सहयोग गर्न आएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले निकटका केही युवाहरु पनि कला मन्दिरको गेटमा थिए ।

सहकारी पीडित र युवाहरु कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा गेटभित्रबाट ढुंगा प्रहार भयो । त्यसपछि गेट बाहिर रहेकाले पनि ढुंगा फर्काए । दुवैतिरबाट ढुंगा हानाहान भएपछि जिल्लाका विभिन्न युनिटबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले लाठीचार्ज गरेर भिड तितरवितर पार्यो । दुवैतर्फको ढुंगा हानाहानबाट केही घाइते भए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको लाठीचार्जबाट पनि सहकारी पीडितहरु घाइते भए ।

सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले सहकारी पीडितहरुले आफ्ना कुराहरु सांसदसमेत रहेका लामिछानेसामु राख्न खोज्दा आफूहरुमाथि कुटपिट र दमन भएको बताए ।

संयोजक दुवाडीले गोर्खा मिडिया प्रा.लि.को शेयर सदस्य तथा प्रबन्ध निर्देशक भएको नाताले ६५ करोड रकमको १५ प्रतिशतको जिम्मेवारी लामिछानेले लिनुपर्ने आफूहरुको माग रहेको बताए ।

उनले लामिछानेले जनतालाई भ्रमित बनाउने, पीडितलाई थप पीडित बनाउने काम गरेको बताउँदै चितवनमा एक लाख सहकारी पीडित उनका विरुद्ध आन्दोलन गर्न तयार हुने बताए ।यता रास्वपाले भने कार्यक्रमस्थलमा सहकारीपीडितले नभई कांग्रेस–एमालेका कार्यकर्ताले झडपको अवस्था निम्त्याएको जनाएको छ ।

रास्वपा सभापति लामिछानेले भने विरोधका लागि नभई आफूमाथि विश्वास राखेर ढुंगा हानिएको टिप्पणी गरेका छन् ।काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा जम्मा भएका रास्वपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले सहकारीपीडित न्याय माग्नका लागि आफूकहाँ आएको बताए ।

‘सहकारीपीडितहरू दुईतिहाइको सरकारसँग न्याय माग्नभन्दा हामीलाई विश्वास गरेर हामी भएको ठाउँमा आउनुभएको हो। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘उहाँहरूले राजनीतिमा रास्वपाको महत्व दर्साइदिनुभयो। त्यो उहाँहरूको आक्रोश होइन, आशा हो।’

रास्वपा हातमा फूल लिएर राजनीतिमा आएको भन्दै उनले दुईतिहाइको सरकारले प्रतिपक्षमाथि ढुंगा हान्न लगाएको जिकिर गरे । सभापति लामिछानेविरुद्ध यसअघि शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो ।

त्यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किनै लाग्दा मुग्लिन बजारमा सहकारी पीडितहरुले उनीविरुद्ध नारावाजी गरेका थिए । उनको निर्वाचन क्षेत्रअन्तर्गतको इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा ‘सहकारीपीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दै लामिछानेविरुद्ध प्रदर्शन भएको हो ।

रवि लक्षित प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किएका थिए । रास्वापा समर्थक तथा प्रदर्शनकारीबीच केही विवाद र धकेलाधकेलसमेत भएको थियो । चितवनमा साहरा सहकारीबाट लामिछाने शेयर सदस्य तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रा.लि.मा समेत रकम गएको छ ।

त्यसैले यहाँका सहकारी पीडितहरुले पनि सांसद लामिछाने जिम्मेवार बन्नुपर्ने बताउँदै आएका छन् । चितवन क्षेत्र नं २ बाट जितेपछि लामिछानेले सार्वजनिक सुनुवाइ कार्यक्रम विभिन्न ठाउँमा राख्दै आएका छन् ।यसपटकको सार्वजनिक सुनुवाइ कार्यक्रममा भने उनले सहकारीका विषयमा सोधिएका तीखा प्रश्नहरुको सामाना गर्नुपरेको हो ।

यता सहकारी प्रकरणमा रवि घेरिएको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् ।

चितवन पुगेरै प्रचण्डले आफूले संसदको रोष्टमबाट लामिछानेलाई गलत ढंगले क्लिन चीट दिएको नभई प्रमाण नभएको कुरा बताएको जानकारी दिए । उनले संसदीय छानविन समितिले समेत सहकारीको रकम अपचनमा रविलाई दोषी ठहर नगरेको समेत बताएका छन् ।

संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा गएपछिको अवस्थामा भएको अपचलनमा लामिछानेलाई पनि कारर्वाहीका लागि सिफारिस गरेपछि उनी रक्षात्मक बनेका छन् ।

उनी विजयी बनेको चितवन निर्वाचन क्षेत्र नं. २ मा नै साहरा सहकारीबाट झण्डै ४७ करोड रकम गोर्खा मिडियामा गएको छ । लामिछाने गृहमन्त्री हुँदा चितवनका साहरा सहकारी पीडितको मुद्दासमेत दर्ता नगरेको आरोप उनीहरुको छ ।

यस्तै चितवन क्षेत्र नं. २ बाट जितेर गएको दुई वर्ष हुँदासम्म पनि निर्वाचन क्षेत्रको विकासमा लामिछानेले ठोस काम गर्न नसकेको आरोप पनि लाग्न थालेको छ । सत्तामा हुँदासमेत सांसद लामिछानेले जिल्लामा बजेट ल्याउन नसकेको र घोषणापत्रमा गरेको बाचा अनुसार लामिछानेले काम नगरेको गुनासो स्थानीयको छ ।

यता शुक्रबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लामिछानेले भने आफूले जिल्लाको एउटा निर्वाचन क्षेत्रलाई मात्रै प्राथमिकतामा नराखेको प्रष्टीकरण दिएका थिए । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top