×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

प्रसाईंका समर्थकले आगो लगाउँदा घाइते भएका ट्रक चालकको मृत्यु

२१ आश्विन २०८१

२१ असोज , काठमाण्डौ।

झापामा दुई साताअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले उनी पक्राउको विरोधका क्रममा ट्रकमा आगो लगाउँदा घाइते भएका एकजना ट्रक चालकको मृत्यु भएको छ । आगजनीमा परेका ट्रक र चालक दुवै भारतीय रहेका छन् ।

Advertisement
Advertisement

डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएका ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु टी–स्टेटनजिकै पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी गर्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए । उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेको झापा प्रहरीले जनाएको छ ।

पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो ।

उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान झापाका सदस्य हल्दिवारी– १ बस्ने २४ वर्षीय विवश लिम्बू, अभियान झापाका जिल्ला सदस्य बुद्धशान्ति– ४ बस्ने १९ वर्षीय बलिहाङ माबो लिम्बू , अभियानका मेचीनगर नगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत , अभियानका जिल्ला कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, अभियानका सल्लाहकार सदस्य हल्दिबारी– १ बस्ने ५१ वर्षीय वरिबहादुर गुरुङ र अभियानका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू रहेका छन् ।

यसअघि प्रहरीले अभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र अभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि पनि आपराधिक उपद्रो र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । प्रसाईंका समर्थकहरूले असोज ६ गते राति दुई वटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकको समेत ज्यान लिने प्रयास गरेका थिए ।

जसको उपचारका क्रममा निधन भएको छ । साइबर अपराध कसुरमा पक्राउ परेका प्रसाईंभने एक लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top