विश्वकपमा पाकिस्तानको जितले मात्रै भारतको भाग्य खुल्ने

२७ असोज ८१, सोमबार

२८ असोज, एजेन्सी ।

के विश्व क्रिकेटका दुई पावरहाउस तर कट्टर दुस्मन भारत र पाकिस्तानले एकअर्काको जित हेर्न चाहान्छन् ? के भारतले पाकिस्तानको जितको र पाकिस्तानले भारतको जितको कहिल्यै कामना गर्लान् ? सुमधुर सम्बन्ध भएका देशहरुले त एकअर्काका प्रतिद्वन्दीको जित चाहादैनन् भने भारत र पाकिस्तानबीच यस्तो कल्पनामा पनि हुन सक्दैन भन्ने धेरैको जवाफ हुन्छ ।

तर खेलमा सधैभरी त्यसो नहुदो रहेछ, यतिबेला भारतीयहरुले पाकिस्तानको जितको कामना गरिरहेका छन् । यो सुन्दा तपाइँलाई आश्चार्य लाग्न सक्छ । तर यो सत्य हो ।  जारी आईसीसी महिला टी २० क्रिकेटमा यो दुर्लभ संयोग देखिएको छ ।

Advertisement

उक्त दुर्लभ संयोग यूएईमा जारी प्रतियोगिताको नकआउट समीकरणमा देखिएको हो । जहाँ भारतको अघिल्लो चरणमा जाने सम्भावना जीवित रहन पाकिस्तानले न्युजिल्यान्डलाई पराजित गर्नुपर्ने छ । पाकिस्तानले न्युजिल्यान्डलाई पराजित गरे मात्रै भारत सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यसैले आज राति हुने खेलमा सिंगो भारतीय पक्ष न्युजिल्याण्डविरुद्ध पाकिस्तानको जितको पक्षमा हुनेछन् । यो खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

Advertisement

अघिल्लो खेलमा भारत अस्ट्रेलियासँग ९ रनले पराजित हुन पुगेको थियो । यसैले पाकिस्तानले सामान्य मार्जिनले जितेमात्रै भारत अघिल्लो चरणमा जाने भएको हो । चार खेलपछि अस्ट्रेलियाले ४ वटैमा जितसहित ८ अंक जोडेको छ ।

भारतको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । ३ खेलपछि न्युजिल्यान्डको ४ अंक भएको छ । न्युजिल्याण्डले २ मा जित र १ मा हार बेहोरेको छ । श्रीलंकाले अंक बटुल्न सकेको छैन । पाकिस्तानले ३ खेलपछि एक जितसहित २ अंक बटुलेको छ ।

यसैले अघिल्लो चरणमा जानको लागि पाकिस्तानलाई न्युजिल्यान्डविरुद्ध भारी मतान्तरको जित आवश्यक छ । न्युजिल्यान्ड जिते भारत र पाकिस्तान दुवै आउट हुनेछन् । किनकि जितले न्युजिल्यान्डको ६ अंक हुनेछ ।

पाकिस्तानले न्युजिल्यान्डविरुद्ध साँघुरो अन्तरको जित निकाले मात्रै भारतको लागि भाग्य खुल्नेछ । समूह बीमा इंग्ल्याण्ड, साउथ अफ्रिका, वेस्ट इण्डिज मध्येका दुई देश सेमिफाइनल पुग्नेछन् । समूह एमा अष्ट्रेलिया सबै ४ खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

भारत ४ अंक सहित दोस्रो स्थानमा छ । जसको नेट रनरेट प्लस ० दशमलव ३२२ छ । चार अंक सहित न्युजिल्याण्ड तेस्रो नम्बरमा छ । उसको नेट रनरेट ० दशमलव २८२ छ । समूहको अन्तिम खेलमा न्युजिल्याण्ड र पाकिस्तान खेल्दैछन् ।

न्युजिल्याण्डले जितेको खण्डमा सिधै सेमिफाइनल पुग्नेछ । यसबाट भारत र पाकिस्तान बाहिर हुनेछन् । यदि पाकिस्तानले न्युजिल्याण्डलाई हराएको खण्डमा न्युजिल्याण्ड र भारतको अंक बराबरी हुनेछ र नेट रनरेटका आधारमा नतिजा निर्धारण हुनेछ ।

त्यस्तो अवस्थामा भारत अघि बढ्ने छ। यसैले १ अर्ब ४५ करोड भारतीय आज राति हुने खेलमा पाकिस्तानको जितको पक्षमा छन् । यद्यपि फराकिलो जित होइन । जसलाई क्रिकेटमा कहिलेकाहीँ हुने दुर्लभ संयोग मानिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top