वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा आतिशबाजीमा रोक

२९ असोज,एजेन्सी ।

वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धित गर्ने सोमवार त्यहाँको प्रशासनले जनाएको छ । यो प्रतिबन्ध दीपावलीमा भारतीयहरूमाझ अत्यधिक लोकप्रिय पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्येको कडा आदेश हो ।

भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ । दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ।”

Advertisement

यो निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हित’ लाई ध्यानमा राख्दै गरिएको समितिले जनाएको छ । यो निर्णय झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारतमा हिन्दूहरूले मनाउने अति लोकप्रिय चाडमध्ये एक दिपावलीको दुई साताअघि आएको हो ।

नयाँ दिल्ली हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण अत्यन्त प्रदूषित हुने गरेको छ । नयाँ दिल्लीमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताउने गरेको छ। दीपावली (दिवाली) को आसपास आतिशबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउने गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top