×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

हिज्बुल्लाहसंग अत्याधुनिक रुसी हतियार, भड्किए नेतन्याहु

१ कार्तिक २०८१

१ कार्तिक , विराटनगर ।

इजरायल–लेबनान युद्धले पछिल्लो पटक झनै डरलाग्दो मोड लिएको छ । गत महिनाको २७ तारिखमा इजरायलले लेबनानमा हिजबुल्लाहका ठेगानामा एयर स्ट्राइक गरेर उसको प्रमुख हसन नसरल्लाहको ज्यान लिएको थियो । नसरल्लाहको मृत्युपछि पनि हिज्बुल्लाहलाई सकाएरै छाड्ने बेन्जामिन नेतन्याहुले कसम खाएका छन् ।

Advertisement
Advertisement

यसका लागि जमिन र आकाश दुवैतर्फबाट इजरायलले लेबनानमा हमला जारी राखेको छ । हुन त हिज्बुल्लाहका तर्फबाट पनि इजरायलमा मिसाइलहरु खसिरहेका छन् । जसमा परि इजरायली सेनासहितका केही नागरिकहरु मारिएका पनि छन् ।

इजरायली सेनाका केही अड्डाहरु पनि ध्वस्त भएको हिज्बुल्लाहले दाबी गरेको छ । तर त्यसको तुलनामा इजरायली आक्रमण भयंकर देखिएको छ ।अहिले लेबनान खंडहर बनेको छ । पश्चिमी मुलुकहरुले लगातार आफ्ना नागरिकलाई त्यहाँबाट निकालिरहेका छन् ।

मंगलवार यतामात्रै इजरायलको हमलामा परि १७ लेबनानी नागरिक मारिसकेका छन् । यसमा बेरुतका मेयरसमेत परेका छन् । १० हिजबुल्लाहका लडाकुहरुलाई गिरफ्तार गरिएको इजरेली सेनाको दाबी छ । यसबीच इजरायलको एक खुलासाले पुरै विश्वमा नै सनसनी मच्चिएको छ ।

जसले इरान–इजरायल युद्धमा अब रूसको पनि इंट्री भएको बताइएको छ । इजरायलले दाबी गरेको छ कि लेबनानमा हिजबुल्लाहका ठेगानाहरुमा रुसमा बनेका हतियार भेटिएका छन् । एक वर्षदेखि चलिरहेको इजरायल–हमास युद्धपछि अप्रिलमा इरानले पहिलो पटक इजरायलमा हमला गरेको थियो ।

यद्यपि, त्यो हमलाले इजरायलमा कुनै ठूलो असर गरेन । र कुनै ठूलो तनाव पनि भएन । इजरायलको हमास र हिजबुल्लाहमा फोकस थियो । तर १ अक्टूबरमा इरानले इजरायलमा झण्डै २०० मिसाइलले हमला गर्यो ।

त्यतिबेला उसले इजरायलका कयौं सैन्य ठेगानाहरु ध्वस्त पारेको दाबी गरेको थियो । एफ–१६ फाइटर जेटका ठेगाना पनि नष्ट गरेको दाबी गरेको थियो ।तर यो हमलाभन्दा अगाडिकै घटनाहरुसंग प्रश्न जोडिएको छ ।

इरानको हमलाअघि रूसी प्राधानमन्त्री मिखाइल मिशुस्टिन इरानको आधिकारिक भ्रमणमा निस्किएका थिए । उनले त्यतिबेला इरानी राष्ट्रपति मसूद पेजेशकियन र प्रथम उपराष्ट्रपति मोहम्मद रजा आरिफसंग पनि वार्ता गरेका थिए ।

उनको भ्रमणको एक दिनपछि नै इरानले इजरायलमा हमला गरेको थियो । यसरी हेर्दा कडी कहीँ न कहीँ रूसले इरान समर्थित हिजबुल्लाहलाई गरेको सहयोगसंग जोडिन्छ । नत्र हिजबुल्लाहसंग इजरायलमा हमलाका लागि यतिधेरै हतियारको जोहो कहाँबाट आउथ्यो ? त्यो पनि रुसमा बनेका ।

पछिल्लो पटक गत साताको शुक्रवार इरानका नव निर्वाचित राष्ट्रपति मसूद पेजेशकियन तुर्कमेनिस्तानमा एक शिखर सम्मेलनमा भाग लिन पुगेका थिए । सम्मेलन एउटा बहाना भएपनि यसलाई रूसी राष्ट्रपति र इरानी समकक्षीको द्विपक्षीय वार्ताका रूप हेरिएको थियो ।

यो सम्मेलनपछि भ्लादिमीर पुतिनले भनेका थिए, हामी मिलेर एक नयाँ विश्वको निर्माण गर्नेछौं । यसअघि यूक्रेनमा आक्रमणका दौरान इरानले रूसलाई हजारौं शाहेद ड्रोन उपलब्ध गराएको थियो ।

अहिले मिडिल ईस्टमा इरान इजरायलसंग युद्धमा होमिन लाग्दा रुसले पैँचो तिर्ने धेरैले अनुमान गरिरहेका छन् । इरानको हवाई हमलापछि इजरायल अहिले बदला लिने तयारीमा जुटेको छ । यस्तोमा इरानले इजरायलको हमलमा कस्तो रियाक्ट गर्छ, यी दुई नेताहरुको भेटवार्ताले तय गर्नेछ ।

तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको बैठकपछि रूसी राष्ट्रपति पुटिनले बयान जारी गर्दै भनेका छन् कि अंतर्राष्ट्रिय घटनाहरुमा मस्को और तेहरानको विचार अक्सर निकै नै नजिक हुनेगरेको छ ।

पुटिनले भनेका छन्, पश्चिमको सामना गर्नकालागि मस्कोका सहयोगिहरुको एक नयाँ विश्व व्यवस्था” बनाउँन चाहान्छौ । यस्तोमा अहिले अमेरिका र ब्रिटेन जस्ता पश्चिमका देशले अब यस्तो पनि अनुमान लगाइरहेका छन् कि रूसले इरानको परमाणु हतियार पनि बनाउनमा सहयोग गर्न लागेको छ ।

पश्चिमाहरुको यस्तो अनुमानकाबीच यसअघि रूसी प्रधानमंत्रीसंगको वार्तापछि इरानले इजरायलमा २०० मिसाइल हानेको थियो अब राष्ट्रपतिसंगको वार्तापछि मिडिल ईस्टमा युद्धको कस्तो रुप हुने हो त्यो भने हेर्न बाँकी छ ।

किनभने यता लेबनानमा हिजबुल्लाहका ठेगानाहरुमा रुसी हतियार भेटिएको इजरायलले दाबी गरिसकेको छ । प्रधानमन्त्री बेंजामिन नेतन्याहूले नै एक फ्रेन्च अखबारमा यस्तो बताएका छन् । जसमा उनले भने, दक्षिणी लेबनानमा हिजबुल्लाका अड्डाहरुमा अत्याधुनिक रूसी हतियार पाइएको छ ।

बुधवार भएको एक साक्षात्कारमा नेतन्याहू भने, २००६ को संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव अन्तर्गत केवल लेबनानी सेनालाई देशको प्रमुख लितानी नदीको दक्षिणमा हतियार राख्न अनुमति थियो । उनले अगाडि भने, यो क्षेत्रमा हिजबुल्लाले सैयौं सुरुङहरु र गोप्य ठेगानाहरु बनाएका छन्, जहाँ ठूलो संख्यामा अत्याधुनिक हतियार बरामद भएको छ ।

अमेरिकी मिडियाले इजारयली अधिकारीहरुलाई उदृत गर्दै भनेको छ कि लेबनानभित्र इजरायली छापमारीमा रूसी र चिनियाँ ट्याँकर भेटिएका छन् । प्रधानमंत्री नेतन्याहुले रुसी हतियार भेटिएको बयान दिएपनि यसमा इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले भनेको छ कि हिजबुल्लाविरुद्धको सैन्य अभियानहरुको उद्देश्य केवल यो क्षेत्रलाई सुरक्षित राख्नु हो, जसले उत्तरी इजरायलबाट निकालिएका ६० हजार विस्थापितहरु घर फर्किन सकुन् । इजरायल र हिजबुल्लाको सीमा पार गोलाबारीका कारण कयौं मानिसहरुले आफ्नो घर छाडेका छन् ।

यद्यपि, नेतन्याहू भने, “लेबनानमा नया गृहयुद्ध एक त्रासदी हुनेछ । हाम्रो उद्देश्य कसैलाई भड्काउनु होइन । लेबनानको आंतरिक मामिलाहरुमा इजारयलले हस्तक्षेप गर्दैन । हाम्रो उद्देश्य केवल लेबनान सीमामा रहने हाम्रा नागरिकहरुलाई घर फर्किने र सुरक्षित महसूस गर्ने अनुमति दिनु हो ।

यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top