संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

८ असोज ७५, सोमबार
Share this
781shares

दमास्कस, असोज ८
सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ ।

Advertisement

मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्समा अनुसार अमेरिकाआवद्ध हवाई कारबाहीमा गत चार वर्षयता १२ हजार सर्वसाधारणको ज्यान गएको छ । बेलायतआवद्ध यस मानव अधिकारवादी संस्थाका अनुसार मारिएकामा एकसय ६९ जना संयुक्त गठबन्धन र सिरियाली सेनासमेत रहेका छन् ।

अमेरिकाआवद्ध यस संयुक्त सेनाले सिरियाली आतङ्ककारी लक्षित गरेको आक्रमणमा परी यी सर्वसाधारणहरु मारिएका हुन् ।आइएसको बलियो प्रभाव रहेको देशको पूर्वी भागमा तेलको धनी प्रान्त देइर अल जोउरमा जारी युद्धमा हाल अमेरिकाआवद्ध संयुक्त सेनालाई कुर्दिसआवद्ध ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’को समर्थन रहेको छ ।

Advertisement

संयुक्त सेनाले गरेको कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान गएपछि सिरिया सरकारले संयुक्त गठबन्धनलाई सिरियाबाट आफ्नो कारबाही रोक्न राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ ।
रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top