न्युजिल्यान्ड महिला विश्वकपको नयाँ च्याम्पियन

४ कात्तिक ८१, सोमबार

५ कार्तिक , एजेन्सी ।

न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।

तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो । न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनल पुगे पनि च्याम्पियन बन्न सकेको थिएन ।

Advertisement

१ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरी ओलिभर्टले २७ बलमा सर्वाधिक ३३, तज्मिन ब्रिट्सले १८ बलमा १७ तथा चालो ट्राइअनले १४ रन जोडिन् ।

न्युजिल्यान्डका लागि अमेलिया केर र रोजमेरी मेरले समान ३ तथा इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्ता पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।

Advertisement

न्युजिल्यान्डकी अमेलिया केरले ३८ बलमा सर्वाधिक ४३, ब्रुकी हलिडेले २८ बलमा ३८ तथा सुजि बिटेसले ३१ बलमा ३२ रन जोडिन् । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट लिइन् । जितसँगै न्युजिल्यान्ड ट्वान्टी–२० विश्वकपको नयाँ च्याम्पियन बनेको हो ।

यसअघि, महिला ट्वान्टी–२० विश्वकपको इतिहासमा अस्ट्रेलियाले सर्वाधिक ६ पटक उपाधि जितेको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान एक पटक उपाधि जितेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top