×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

६ कार्तिक २०८१

६ कार्तिक , विराटनगर ।

एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच युद्ध जारी छ र यो युद्धको ज्वालाले लेबनान र इरानलाई समेत आफ्नो चपेटामा पारेको छ । हमास प्रमुख र हिजबुल्ला प्रमुख मारिसक्दा र इजरायली प्रधानमन्त्रीको नीजि घरमा आक्रमण हुँदासम्म पनि युद्ध अन्त्य हुने छाँटकाँटसम्म देखिएको छैन ।

यसबीच इजरायलले धेरैजसो र कहिलेकाँही उविरुद्ध लडिरहेकाहरुले पनि लगातार एकपछि अर्को आश्चार्यजनक दाबीहरु गर्दै आएका छन् । पछिल्लो पटक फेरि इजरायली रक्षा बलले हिजबुल्लाको वित्तीय केन्द्रको गोप्य जानकारी खुलासा गरेको छ ।

आइडीएफका अनुसार जुन बंकरमा नसरल्ला मारिएका थिए, त्यहाँ खजानै खजाना फेला परेको दाबी गरेको छ । आइतबार राति इजरायली वायु सेनाले गरेको हवाई हमलापछि यो खुलासा भएको हो । आईडीएफले यो हमलाको उद्येश्य नै इरान समर्थित संगठन हिजबुल्लालाई आर्थिकस्रोत विहिन बनाउनु रहेको जनाएको छ ।

यसका लागि इजरायलले लेबनानमा रहेका हिज्बुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य संस्थाहरुलाई पनि निशाना बनाएको छ । आईडीएफका अनुसार, सो सिक्रेट बंकर बेरूतको बिचमा रहेको अल साहेल अस्पतालको मुनि छ । जुन हसन नसरल्लाको बंकर थियो, त्यहाँ अर्बौको सुन र नगद बरामद भएको छ ।

आईडीएफका प्रवक्ता रियर एडमिरल डेनियल हगारीले भने, ’आज म एक स्थानको बारेमा गोप्य जानकारी सार्वजनिक गर्दैछु । दक्षिण बेरूतको अल साहेल अस्पताल तल रहेको गोप्य बंकरमा ५० करोड डलरको नगद र सुन राखिएको छ, अर्थात झण्ड ६७ अर्ब रुपैयाँको खजाना यहाँ फेला परेको छ ।

उनी अगाडी भन्छन्, यो पैसाको प्रयोग लेबनान राज्यको पुनर्निर्माणका लागि हुनसक्छ’ । हगारीले इजरायली सेनाले हिजबुल्लाका वित्तीय ठेगानाहरुमा सटीक हमला गर्दा अर्को पनि कडा सुरक्षा भएको सिक्रेट स्थान भेटिएको जनाएका छन् । त्यहाँ पनि भूमिगत तिजोरी भेटिएको छ ।

यो पैसा हिज्बुल्लाहले इजरायलमाथि हमला गर्नमा प्रयोग गर्ने गरेको पनि उनले दाबी गरे । तर हगारीले हमलामा सो खजाना केकति नष्ट भयो वा भएन भन्ने चाँही खुलाएका छैनन् । हगारीले एक नक्शा देखाएका छन्, जसमा दक्षिणी बेरूत उपनगर दहियेहमा अल–साहेल अस्पतालमुनि बंकर देखिएको छ ।

जो हिजबुल्ला चीफ नसरल्लाको विशेष ठेगाना थियो । यसबीच इजरायलले लेबनानी अधिकारीहरु र अन्तर्राष्ट्रिय संगठनहरुलाई पनि हिज्बुल्लाहलाई आर्थिक सहयोग नगर्न आह्वान गरेको छ । साथै चेतावनी पनि दिएको छ कि इजरायली वायु सेनाले यो क्षेत्रमा निगरानी पनि गरिरहेको छ ।

यसैबीच उसले अर्को कुरा पनि स्पष्ट पार्दै भनेको छ, कि इजारयलले आतंकबादी संगठन हिजबुल्लाका साथमा युद्ध गरिरहेको छ, लेबनानीहरुका साथमा होइन । हगारीले भने, आईडीएफले अस्पतालमा हमला गर्दैन । तर इजरायली हमलाका क्रममा केही लेबनानी सैनिकहरु पनि मारिएका छन् ।

दक्षिणी लेबनानमा ३ लेबनानी सैनिकहरु मारिएका छन् । तर यसमा इजरायलले अफसोस जनाएको छ । उसले यो झुक्किएर भएको घटना पनि भनेको छ । उसले भनेको छ, इजरायल लेबनानमा हिजबुल्लाका लडाकुहरुसंग लडिरहेको छ, देशको सेनासंग होइन ।

आफूले हिज्बुल्लाहका वाहन भनेर आक्रमण गर्दा लेबनानी सेना परेकोमा उसले खेद जनाएको छ । आईडीएफले भन्यो, हाम्रा सैनिकहरुले हिजबुल्लाको ट्रकलाई निशाना बनाएको थियो । जसमा एक लन्चर र मिसाइलहरु थिए । हाम्रा सैनिकहरुलाई थाहै भएन कि दोस्रो ट्रक लेबनानी सेनाको थियो ।

इजरायली सेनाले अगाडी भन्यो, उ लेबनानी सेनाविरुद्ध काम गरिरहेको छैन, र यी अवांछित परिस्थितिहरुका लागि खेद प्रकट गर्दछ । लेबनानमा हिज्बुल्लाहका ठेगानाहरुमा छानी छानी हमला जारी राख्दा यता इरानसंग पनि जुनसुकै बेला इजरायलको युद्ध सुरु हुने अवस्था छ ।

कुनै पनि बेला इरानी आकाशमा बम वर्षा हुनसक्छ । तर इरानले यो पटक पुरै तयारीमा रहेको दाबी गरेको छ । भलै इजरायलको एंटी मिसाइल सिस्टम विश्वभरमा प्रसिद्ध छ तर इरानसंग पनि यस्ता एंटी डिफेन्स मिसाइल सिस्टम छन्, जो कुनै पनि हमलालाई निस्तेज पार्न सक्छ ।

इजरायलको एयर डिफेंस सिस्टमलाई विश्वमै शक्तिशाली मानिन्छ । इजरायलको आयरन डोम विश्वमा सबैभन्दा गतिलो एयर डिफेंस सिस्टम हो । तर इरान र हिजबुल्लाहको हमलामा भने उसको केही कमजोरी देखिएको छ । यी हमलाले इजरायलको पोल खुलेको छ ।

किनभने एकाध पटक यस्तो पनि देखियो कि इरान र हिजबुल्लाहका मिसाइलहरुलाई रोक्न आयरन डोम पनि चुक्यो । आयरन डोमका अलावा, इजरायलसंग एयर डिफेंस सिस्टम डेभिड स्लिंग पनि छ । जसको चर्चा निकै हुने गरेको छ । यता इरानसंग पनि यस्ता एयर डिफेंस सिस्टम छन्, जसले इजरायली हमलालाई रोक्न सक्छ ।

बेंजामिन नेतन्याहूको रिभेन्ज प्लानमा इरानको ‘अरमान’ ले पानी खन्याइ दिनसक्छ । अरमान इरानको एयर डिफेंस मिसाइल सिस्टम हो । इरानको ब्यालेस्टिक मिसाइल सिस्टम अपरेशनका लागि पुरै तयारी अवस्थामा छ । इरानको अरमान मिसाइल सिस्टमले १८० किलोमीटरको रेंजमा मिसाइल र ड्रोनलाई पत्ता लगाउन सक्छ ।

साथै दुश्मनका तर्फबाट आउने मिसाइलहरुलाई ध्वस्त गर्न सक्छ । यो लन्ग रेंज एयर डिफेंस सिस्टम हो । यसको खुलास स्याटालाइट तस्वीरहरुबाट भएको हो । यदी इजरायलले हमला गर्यो भने इरानको अरमानले नेतन्याहूको योजनामा पानी खन्याइ दिनसक्छ ।

इरानले हालै यसलाई डेभलप गरेको हो । अरमान मिसाइल सिस्टमलाई लिएर भन्ने गरिएको छ कि यसले १२० देखि १८० किलोमीटरको दूरीमा एक साथ ६ टारगेट्सलाई सामना गर्नसक्छ । इरानसंग इजरायली हमला रोक्न सक्ने सिस्टमहरुमा अरमानसंगै बावर–३७३ रहेको छ जसको रेन्ज ३००किमी रहेको छ ।

यस्तै खोरदाद–१५ छ जसको रेन्ज १२० किमी छ । १२० किमी रेन्जको तलाश ४ रहेको छ । अर्को छ, मरसद १६ जसको रेन्ज ४० किमी छ यस्तै २० किमी रेन्ज भएको जÞूबिन रहेको छ । यता इजरायलसंग पनि सबैभन्दा ठूलो सुरक्षा कवच छ आयरन डोम ।

इजराइलले ‘आयरन डोम’का माध्यमले नै इरानका मिसाइलहरु र ड्रोनहरुलाई हावामै नष्ट गरेको थियो । यो एक एयर डिफेंस शील्ड हो र यसको पूरा नाम ‘आयरन डोम एंटी मिसाइल डिफेंस सिस्टम’ हो । आयरन डोमलाई दुश्मनहरुविरुद्ध इजरायलको सबैभन्दा भरपर्दो साथी पनि भन्ने गरिएको छ ।

आयरन डोम एंटी मिसाइल डिफेंस सिस्टमको सक्सेज रेट ९० प्रतिशत रहेको छ । यसको मतलब हो कि दुश्मन देशबाट इजराइलतर्फ आइरहेका ९० प्रतिशत रकेट, मिसाइल, ड्रोन जस्ता हतियारहरुलाई पृथ्वीमा आइपुग्नु अघि नै हावामा नष्ट गरिदिने छ ।

इजरायलसंग १५० किमी रेन्जको आयरन डोमका साथै ३०० किमी रेन्ज भएको डेभिड्स स्लिंग, अर्कोछ ऐरो सिस्टम जसको रेन्ज छ २४०० किमी । यस्ता शक्तिशाली हतियारहरु प्रर्दशनमात्रै होइन मार हान्ने गरिको युद्ध चलिरहँदा यसबीच, इजरायलका सहयोगी देशहरु, गाजाका मानिसहरु र अन्यले पनि आशा गरेका छन् कि हमास प्रमुख याह्या सिनवारको मृत्युपछि युद्ध समाप्तीको मार्ग प्रशस्त हुनेछ ।

तर इजरायली पीएम बेंजामिन नेतन्याहू र हमास दुवैले आफ्नो लक्ष्य प्राप्त नहुन्जेल लडाइँ जारी राख्ने संकल्प दोहोर्याएका छन् । नेतन्याहूले हमासद्वारा बंधक बनाइएका दर्जनौ मानिसहरुलाई मुक्त गराउने संकल्प लिएका छन् । यता हमासले भनेको छ, उ स्थायी युद्धविराम, इजरायली सैनिकहरुको पूर्ण फिर्ता र प्यालेस्टाइनी कैदीहरुको रिहाईको बदलामा मात्रै बन्धकहरुलाई रिहा गर्नेछ ।

हमास र इजरायलबीचको यो युद्धको अन्त्य नभएसम्म अन्यतिरको युद्ध पनि अन्त्य हुने लक्षण अहिलेसम्म देखिएको छैन । बरु थप भड्किने सम्भावना बढेर गएको बारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top