NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

रविलाई हिरासतमा प्रहरीबाटै ह्यारेसमेन्ट,अदालतको याचना जस्ताको तस्तै

शुक्रबार कार्तिक ९ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ कार्तिक ,काठमाण्डौ।

सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । अदालतमा भने रविले आफूलाई सरकारबाट अन्याय भएको आरोप लगाएका छन् ।

उनले जिल्ला अदालत कास्कीमा बयानका क्रममा आक्रोशमिश्रित बयान दिएका थिए । उनले आफू अन्यायको शिखरमा उभिएर न्यायको याचना गरिरहेको बताएका थिए । आफूलाई राज्यले हद गरेको रविको आरोप थियो ।

आफूलाई थुनामा राखिएको, राज्यले दम्भ देखाएको, बयान नलिइएको, छलिएको लगायत उनको आरोप थियो । अदालतमा प्रहरी नायव उपरीक्षक वसन्त शर्माले ‘तपाईंले कुन कागजमा हस्ताक्षर गर्नुभयो?’ भनेर प्रश्न गरेपछि रवि लामिछानेले भनेः जहाँ पनि तपाईंको चल्छ, कोर्टमा पनि तपाईंको चल्छ ? एउटा कागज साइन गर्ने मान्छेलाई अन्याय गर्ने हद हुन्छ श्रीमान् । हद गरेका छन् श्रीमान् यिनीहरुले मलाई हद गरेका छन्। मलाई यिनीहरुले एउटा टेलिफोन गर्न दिँदैनन् । राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्। हद गरेको छ राज्यले। अहिले भर्खर के कागजमा साइन गरेको भनेर सोध्न आउनु भएको उहाँ । तपाईहरु मलाईं कागज हस्ताक्षर गर्न दिनुहुन्न ! ६ दिनदेखि हिरासतमा छु।चार घण्टाभन्दा बढी बयान भएको छैन। प्रश्नहरु दोहोरिएका छन्, तेहेरिएका छन्। मैल श्रीमान्लाई पाईलट भन्नु र मलाई सहकारी ठगीको मुद्दा लाग्नु एउटै हो श्रीमान्। सम्मानीत संसदीय समितिको त्यो ठूलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले। एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ ? राज्य दम्भ देखाउछ, बयान लिँदैन, छल्छ। अनि आदेश दिईएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर छ । डर देखाइसकियो, चितवनमा सिडिओ र एसपी फालियो अब यहाँका त्राहीमाम हुनुहुन्छ। मलाई आँखाभरी आँशु पारेर ‘हामीलाई थाहा छ तपाईंको केही पनि छैन तर, के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरु नै। मैले यहाँ नबोलेर कहाँ बोल्ने? चरम अन्याय भैरहेको छ। सुनुवाई कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौ भन्दै हिंड्ने पनि छन्। तर मलाई तिनमा विश्वास छैन् । मलाई श्रीमान् माथि विश्वास छ। मलाई म्याद थप हुन्छ बहस त गर्ने मात्र हो भनिएको छ । तर, मलाई यसमा पनि विश्वास छैन। किनकी, एक्स्ट्रा अडिनरी विषयमा एक्स्ट्रा अडिनरी कुरा हुन्छ ।गलत तथ्यहरु दिइएको छ, गलत कुराहरु भन्दै आईरहेको छ । श्रीमान् मलाई तर्साइएको छ । सहकारीको सर्भरको कुरा गरिएको छ । नयाँ के तथ्य छ ? अनि, कुन चाहीँ प्रश्न लुकेको छ यहाँ ? सर्भर बरामद भएपछि मसँग लिइएको बयान यहीँ छ । सर्भरमा के भेटियो भन्ने बयान पनि भइसकेको छ । श्रीमान्, हिजो राति फोन गरीगरी बोलाएर, लाइन लगाएर उजुरी दिन आउ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ । यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु । आज मैले श्रीमान्सँग भन्नु पर्ने हुन्छ, कहाँसम्मको अन्याय गरिएको छ भन्ने कुरा । मेरो पक्षमा कार्यक्रम हुँदा खेरि सहकारी ठगीलाई कारबाही गर भन्दै पार्टीका कार्यकर्ता मात्र होइन जिम्मेवार नेताहरुलाई सडकमा पठाउँछन । यो देशले आशा गरेका नयाँ मान्छे बोकेर बसेका छौं।उनीहरु शान्त रुपमा आन्दोलन गरेर बसेका छन्। शान्त आन्दोलनमा पार्टीका मान्छे पठाएर बिथोल्ने काम हुन्छ । वृद्ध बा–आमाहरु आएका छन् । त्यस्ता मान्छेलाई बिथोल्ने कार्य हुन्छ । अनि हिंसा भड्काउने कार्य हुन्छ । के आफ्नो बारेमा शान्त रुपमा आवाज उठाउन पनि पाईदैन श्रीमान् ? स्वतन्त्र रुपमा प्रदर्शन गर्न पनि पाईदैन श्रीमान ? शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरिन्छ र भनिन्छ नयाँ दल पनि उस्तै हुन् ! दुई तिहाईको सरकार मेरोविरुद्ध षड्यन्त्र गरिरहेको छ । यतिखेर न्यायालय बाहेक कसैको आशा हुन सक्दैन श्रीमान् । मलाई न्यायलयको आशा छ, त्यसकारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान । एउटा जाँच एउटा कक्षमा मान्छेले कति पटक दिन्छ श्रीमान ? म यो ठूलो आवाजका लागि क्षमा चाहान्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठूलो भएको हो ।तत्कालिन प्रधानमन्त्रीले प्रहरीलाई बोलाएर, सीआइवीलाई बोलाएर, महान्यायाधिवक्तालाई बोलाएर सोधेर, तिनले दिएका पत्रको आधारमा उजुरी छैन, मुद्दा छैन, कतै प्रतिवादी होइन भनेर संसदमा भन्नु भएको होइन । त्यतिखेरका सत्तसाझेदार अहिलेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका कुरा अहिले काम लागेन ? सहकारी छानबिन संसदीय समितिका सभापतिले विभिन्न टेलिभिजनमा उहाँको संलग्नता छैन, केही कतै देखिएन, संस्थागतमा कुनै निर्णय गरिएको छैन भनेर बताउनु भएको होइन? प्रहरी प्रमुखले संसदीय समितिमै बयान दिनुभएको होइन? गर्न बाँकी केही छैन श्रीमान।तरपनि सहकारी ठगेको मुद्दा लगाइएको छ, संगठित अपराधसमेत भनिएको छ । म बिदेशमा बेचिएका चेलीहरुलाई देशमा ल्याउने संगठित अपराधमा लागेको रहेछु श्रीमान् सजाय पाऊँ। म बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइलाई नेपालमा ल्याउने संगठित अपराधमा लागेको मान्छे हो, सजाय पाऊँ श्रीमान्। म बाढीले बगाएको बस्ती मधेसमा बनाउने संगठित अपराधमा हिंडेको अभियुक्त हुँ, सजाय पाऊँ श्रीमान् । म दुर्गम कालिकोटमा अस्पताल बनाउन गएको मान्छे हो, मलाई त्यो संगठित अपराधमा पनि मुद्दा चलाइयोस् श्रीमान ।

श्रीमान्, जुन तहको राजनीति र जुन तहको अन्याय ममाथि भएको छ, संसारले हेर्दै छ । मैले आफूलाई सम्हालेर बसेको छु । एउटा परिस्थिति बनेपछि श्रीमान् समक्ष आफ्नो कुरा राख्न पाएँ। यो मेरो लागि सौभाग्यको कुरा हो । तर, मैले केही पनि गर्न नहुने ! मैले चुनाव लड्न नहुने, सांसद÷मन्त्री हुन नहुने । अनि, म नागरिक हुन नहुने । विना आधार र प्रमाण म हिरासतमा बस्नु पर्ने? ६÷६ दिनसम्म राखेर मसँग जम्मा ४ घण्टा बयान लिइएको छ । ल्याएर राख्ने, लिङ्गरिङ गर्ने अनि बयान भएको छैन भनेर म्याद थप्न माग्ने? सल्लाह भए बमोजिम, सरकारले घेराबन्दी गरे बमोजिम मलाई अन्य थप मुद्दा, सम्पत्ति शुद्धीकरण, यो शुद्धीकरणसम्म लगाउने? सहकारी पीडित कतिले आत्महत्या गरे, मलाई आत्महत्या दुरुत्साहनको पनि अभियोग लगाइदिनुस् । यो चाँही किन छोड्नु र श्रीमान् ? मेरो आक्रोश श्रीमानप्रति होईन । उजुरी परेका तिनै सहकारीहरु ठाउँ–ठाउँ पुर्याउने कुरा गरिँदै छ । मलाई साहारा, सुप्रिम, सानो पाइला सहरकारी भएका ठाउँमा लैजाने कुरा छ । श्रीमान् मैले अब दिनुपर्ने कतिवटा जाँच बाँकी छ? म अन्यायको शिखरमा उभिएर न्यायको आशा गरेर श्रीमान्तर्फ हेरेर बसिरहेको छु । नियमित भएको प्रक्रियाले के भन्छ मलाई थाहा छैन । मलाई न्यायलयबाहेक अरु केही विश्वास, भरोसा र आश छैन । यतिखेर जब म प्रतिपक्षमा छु, जतिखेर देशमा दुई तिहाईको शक्तिशाली सरकार छ त्यो शक्ति नागरिकको वा अरु कसैको मुख थुन्न वा अन्याय गर्न दुरुपयोग नहोस् । यो बेलामा कोर्ट अझ बढी सक्रिय हुनेछ भन्ने विश्वास लिन्छु । म फेरि पनि पीडाका कारण आक्रोशमा बदलिएको अभिव्यक्ति स्वीकार गरिदिनुहुन्छ भनेर बिनम्रपूर्वक क्षमा माग्दै आफ्नो कुरा टुग्याए श्रीमान ।

रविले आक्रोशित हुँदै भनाइ राखेपछि न्यायाधीश पौडेलले चर्को नबोल्न आदेश दिएका थिए । ‘आफ्नो कुरा राख्दा आक्रोशित हुँदै चर्को बोल्नु पर्दैन, यो अदालत हो’, न्यायाधीश पौडेलले रविलाई सम्झाए त्यसपछि सम्हालिएका रविले आफू अन्यायमा परेकाले बोलीमा आक्रोश निस्किएको भन्दै माफी मागे ।

रविका पक्षमा वकालत गर्नका लागि करिब १५ जना अधिवक्ता अदालत पुगेका थिए, तर समय नपुगेको भन्दै जम्मा ६ जनाले बहस गरे ।अधिवक्तासमेत रहेकी रास्वपा सांसद सोविता गौतमले समेत बहस गरिन् ।

रविका यति कुरा सुनेपछि लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले बिहीबार सात दिनको म्याद थपेको छ । गत शुक्रबार (कात्तिक २ गते) पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले पक्राउ परेकै दिनदेखि लागु हुने गरी पहिलोपटक ६ दिनको म्याद दिएको थियो ।

दोस्रोपटक थपिएको म्याद कात्तिक १४ गते राति बजेसम्म हुन्छ । म्याद सकिएको भोलिपल्ट अदालतमा हाजिर गराउनुपर्ने हुन्छ ।तर, दोस्रोपटक थपिएको म्याद सकिएको भोलिपल्ट अर्थात् कात्तिक १५ गतेदेखि तिहारको सार्वजनिक बिदा छ ।

१५ गतेदेखि १९ गतेसम्म सार्वजनिक बिदा नै छ । त्यसकारण उनलाई २० गते मंगलबार मात्र अदालतमा लगिने छ । अदालतमा फेरि म्याद थप गर्ने÷नगर्ने भन्नेबारे बहस हुने छ । त्यतिबेला म्याद थपियो भने तिहार बिदासमेत गणना हुन्छ ।

उता जिल्ला अदालत रुपन्देहीबाट समेत रवि र छविसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुप्रिम सहकारी ठगीका विषयमा जारी भएको यो पुर्जीले कास्की पछि रविलाई रुपन्देही लगिनेछ ।

Tags: #रविको तिहार पनि हिरासतमा#रविलाई प्रहरीबाटै ह्यारेसमेन्ट#रुपन्देहीमा पनि पक्राउ पुर्जी

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.