×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

साउथ सुपरस्टार थलापथी पनि राजनीतिमा

१२ कार्तिक २०८१

१२ कार्तिक ,  एजेन्सी ।

भारतीय राजनीतिमा भारतको सिनेक्षेत्रबाट प्रतिनिधित्व गर्नेको सूचीमा अब साउथ सुपरस्टार विजय थलापथी पनि थपिएका छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार जोसेफ विजय चन्द्रशेखर अर्थात थलापथी प्रत्यक्ष राजनीतिमा होमिएका छन् ।

Advertisement

उनको दल ’तमिलगा वेत्री कझगम (टीभीके)’ ले आधिकारिकता पाएको छ । अब उनले आफ्नो दलबाट निर्वाचनसमेत लड्न सक्नेछन् । दलले आधिकारिता पाएपछि आइतबार पहिलो ¥याली तथा आमसभा लमिलनाडुको विल्लुपुरममा सम्पन्न भएको थियो ।

सो सभामा जनसागर उर्लियो । थलापथीको समर्थनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाए । उनले गत फेब्रुअरीमै पार्टी स्थापना गरेका थिए । थलापथीले आइतबार आमसभालाई सम्बोधन गर्दै द्रविड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई अलग नगर्ने बताए ।

’हामी द्रविड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई अलग गर्दैनौं,’ उनले भने, ’यी दुई यो माटोका दुई आँखा हुन्, हामीले आफूलाई कुनै खास पहिचानमा सीमित राख्नु हुँदैन।’ उनले आफ्नो पार्टीको विचार धर्मनिरपेक्षता र सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेको बताए ।

उनले त्यहीअनुसार पार्टी सञ्चालन गर्ने समेत बताए । उनले आफ्नो पार्टीले सरकारी कामकाजका लागि तमिल र अंग्रेजी भाषा उपयोग गर्ने बताए । उनको दल टीभीके मैदानमा आएपछि अब तमिलनाडुको आगामी विधानसभा चुनाव निकै रोचक हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तमिलनाडुमा द्रविड मुन्नेत्र कझगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) को प्रभुत्व रहेको छ । यहाँ भारतीय जनता पार्टी (भाजपा) को समेत प्रभाव बढ्दो छ । थलापथीका बाबु समेत राजनीतिमै छन् ।

तर थलापथीले भने आफ्नो पार्टी र बाबुको पार्टीबीच कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले आफू अभिनय करियर र कमाइ छोडेर राजनीतिमा प्रवेश गरेको बताए । थालापथी हाल ५० वर्षका भए । उनी साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार हुन् ।

उनले सरकार, बिगिल, बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् । उनी हाल उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक थिए । विजयले आफ्नो पहिलो फिल्मको पारिश्रमिक ५०० पाएका थिए ।

विजयले १० वर्षको उमेरमा फिल्म वेत्रीबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले १८ वर्षको उमेरमा चलचित्र ‘नालय थिरपु’ बाट मुख्य कलाकारको रुपमा काम गर्न थाले । उनको वास्तविक नाम भने जोसेफ विजय चन्द्रशेखर हो ।

उनको जन्म २२ जुन १९७४ मा मद्रासमा भएको थियो । उनका बुबा एस. ए चन्द्रशेखर तमिल फिल्म निर्देशक थिए भने उनकी आमा शोभा चन्द्रशेखर पार्श्व गायिका थिइन् । तर उनका बुबा फिल्म निर्देशक भए पनि, विजयले बाल्यकालमा निकै गरिबिको सामना गर्नुपरेको थियो ।

उनी सानो हुँदा आमा शोभाले पार्श्व गायनबाट दिनको सय रुपैयाँ कमाउँथिन् । यसबाटै उनको परिवारको गुजारा चल्थ्यो । विजय राजनीतिमा प्रवेश गर्ने पहिलो साउथ सुपरस्टार भने होइनन् ।

दक्षिण भारतीय चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै राजनीतिमा लाग्ने सुपरस्टार हुन् चिरन्जीवी । २००७ देखि २०१७ सम्म उनले कुनै पनि चलचित्रमा अभिनय गरेनन् । यही क्रममा उनले आफ्नो राजनीतिक करियर सुरु गरे ।

यद्यपि आफ्नो कार्यकालमा चिरञ्जीवीले मगधीरा र ब्रुुस्ली–द फाइटरमा दुई क्यामियो भूमिका खेले । २००८ मा उनले आन्ध्र प्रदेश राज्यमा प्रजा राज्यमा पार्टी खोलेर राजनीतिमा थप सक्रिय भएका थिए ।

जयललिताले पनि सन् १९६१ देखि १९८० सम्मको अवधिमा १४० फिल्ममा अभिनय गरेर आफूलाई चलचित्र उद्योगमा सफल अभिनेत्रीको रूपमा स्थापित गरेपछि राजनीतिमा लागेकी थिइन्।

उनी एक अभिनेत्रीको रूपमा मात्रै नभइ उनको बहुमुखी प्रतिभा र उनको नृत्य कौशलको लागि पनि चर्चित थिइन् । १९८२ मा जयललिता एमजी रामचन्द्रनद्वारा स्थापित पार्टी एआइएडीएमके मा सामेल भइन्, जो उनको बारम्बार सह–स्टार पनि थिए।

१९९१ मा उनी तमिलनाडुको मुख्यमन्त्री समेत भइन् र सो पद धारण गर्ने सबैभन्दा कान्छी व्यक्ति थिइन् । ७५ दिनसम्म अस्पतालमा भर्ना भएपछि जयललिताको ५ डिसेम्बर २०१६ मा हृदयघातका कारण निधन भएको थियो ।

एमजीआर रामचन्द्रन, जसलाई के. रामचन्द्रन भनेर चिनिन्छ । उनी एक प्रसिद्ध भारतीय अभिनेता र एक चलचित्र निर्माता थिए जो पछि राजनीतिज्ञ बने । उनी १९७७ देखि १९८७ सम्म १० वर्ष तमिलनाडुको मुख्यमन्त्री बने ।

उनलाई तमिलनाडुमा सांस्कृतिक प्रतिमा र तमिल फिल्म उद्योगका सबैभन्दा प्रभावशाली अभिनेताहरू मध्ये एक मानिन्थ्यो । उनी तमिलनाडुका जनतामा निकै लोकप्रिय थिए, उनलाई मक्कल थिलागाम भनिन्थ्यो, जसको अर्थ जनताको राजा हो ।

कोनिडेला कल्याण बाबु, जो पवन कल्याण भनेर चिनिन्छन् । उनी एक भारतीय अभिनेता, निर्देशक, लेखक र राजनीतिज्ञ हुन्। उनी प्रसिद्ध अभिनेताबाट राजनीतिज्ञ बनेका चिरञ्जीवीका कान्छो भाइ हुन् ।

कल्याणले थोली प्रेमामा अभिनय गरे, जसले १९९८ मा तेलुगुमा उत्कृष्ट फिचर फिल्मको लागि प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कार जित्यो । उनी २०१३ को फोर्ब्स इन्डियाको शीर्ष १०० सेलिब्रेटीहरूको सूचीमा २६औँ स्थानमा थिए ।

सन् २०१४ मा उनले जनता सेना पार्टीबाट राजनीतिमा डेब्यु गरेका थिए । नन्दमुरी तारका रामा राव, एनटीआर भनेर चिनिन्छन् । उनी आफ्नो अभिनय करियर सुरु गरेसँगै कृष्ण र राम जस्ता हिन्दू देवताहरूको चित्रण गरेर प्रसिद्ध भए ।

सिनेमाभन्दा बाहिर एनटीआरले १९८२ मा तेलुगु देशम पार्टी (टीडीपी) स्थापना गरेर राजनीतिमा प्रवेश गरे । उनी तीन पटक आन्ध्र प्रदेशका मुख्यमन्त्री भए र दुवै क्षेत्रमा नमेटीने छाप छोडे ।

कमल हसन २०१८ मा आफ्नो पार्टी मक्कल निधि मैम एमएनएम स्थापना गरेर राजनीतिमा सामेल भए । उनी कोइम्बटूर दक्षिण निर्वाचन क्षेत्रबाट चुनाव लडे । तर, २०२१ को तमिलनाडु विधानसभा चुनावमा उनको बोली असफल भयो ।

कमल हासन फिल्म उद्योग र एमएनएम को अध्यक्षको रूपमा आफ्नो भूमिका दुवैमा संलग्न छन्। विजयकान्त अभिनेता बनेर नेता बने । उनले २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेताको रूपमा काम गरेका थिए ।

Advertisement

२००५ मा, देसिया मुरपोक्कु द्रविड कझगमको संस्थापक बने । सन् २०१६ मा चुनावी भाषणका क्रममा उनले आलोचनाको सामना गर्नुपरेको थियो । उनको गतवर्ष निधन भएको थियो । जसले तमिलनाडुको राजनीतिमा एउटा अध्यायको अन्त्य गरेको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top